पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः ‘संविधान बनेर राष्ट्र हार्नु हुदैँन’

जेष्ठ १५, २०७३ मा प्रकाशित | 1209 views

काठमाडौं,जेठ १५ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई संविधानको भन्दा पनि राष्ट्रको विकट अवस्थाको चिन्ता रहको जनाएका छन् । पूर्व राजाले देश जर्जर अवस्थामा पुगेको र जनता धर्मराएको  आफ्ना विभिन्न जिल्ला भ्रमणको क्रममा जनस्तरमा सुनेको र अनुभव गरेको जनाएका छन् ।प्रजातन्त्रको आडमा सबै बर्ग, समुदाय र सिंगो राष्ट्रलाई समेटेर अघि बढ्नुपर्छ । तर यी सबै राष्ट्रिय आदर्श आज किन भताभुंग हुँदैछन् ?’ उनी भन्छन्’राष्ट्र बचाउन, राष्ट्रियताको सम्बर्धन गर्न र सबै दुःखदर्द हटाउन दूरदर्शी दृष्टि चाहिन्छ । सही, स्वस्च्छ र समन्वयकारी नेतृत्व चाहिन्छ । सबैको सर्वमान्य दरो मियो चाहिन्छ । ‘

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक युवाज घिमिरेसँग दमकमा कुराकानी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्रपछि राजनीतिक दलहरुले जनताको समस्या समाधान गर्न नसकेकोले जनतामा वितृष्णा पैदा भएको भन्दै घुमाउरो पारामा राजतन्त्र जनताको मियो बन्ने बताए । उनले आफूले जनहितका लागि भन्दै राज्यसत्ता छाडेपनि बितेका १०/११ वर्षमा आएका सरकारले राष्ट्रको गहनतम जिम्मेवारी बहन गर्न नसकेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web