१४ जेठ, डोटी ।
डोटी जिल्लाको जिजोडामाण्डौं गाविस अन्तरगत कच्चि सडकमा गत चैत्र १० गते राती जिप दुर्घटनामा परि ज्यान गुमाउने ९ जना यात्रुहरुको ४५ औं पुण्य तिथिका अबसरमा आयोजना गरिउको शोक सभामा बोल्ने अधिकांस बक्ताहरुले अविभावक गुमाउनु परेको पिडा ब्यक्त गरेका छन् ।

गणेश मावि जैनोली डोटीले आयोजना गरेको शोक सभामा बिद्यालय ब्यवस्थान समीतिका अध्यक्ष यज्ञराज पन्त सभावती रहनु भएको थियो भने प्रमुख अथिती सिताराम क्याम्पस उच्चाकोटका क्याम्पस प्रमुख चेतराज भट्ट रहनु भएको थियो ।

कार्यक्रममा त्यसक्षेत्रका बुद्घिजिवी, स्थानीय बासि, ब्यापारी, राजनितिक दलका स्थानीय प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
शोकसभामा बोल्दै सिताराम क्याम्पस व्यवस्थापन समीतिका अध्यक्ष हरीप्रसाद पन्तले संस्कृत सहित दुई विषयमा विद्यावारिधि गर्नुभएका प्रा. डा. पन्तका अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, भुवनेश्वरी लगायतका कृतिहरुको स्मरण गर्दै देशले उहाँजस्ता साहित्यकार गुमायर ठुलो क्षेती ब्यहोरेको कुरा बताए ।

त्यस्तै गणेश मावि जैनोलीका प्रधानाध्यापक गीरीराज अवस्थिले साहित्य, शिक्षा र पशु क्षेत्रका हस्ति गुमाउनु पर्दाको पिडालाई आलङ्कन गर्दै सम्पर्ण सुदूरपश्चिम र देश नै अविभावक गुमाउनु परेकोमा दुःख व्यक्त गर्नु भयो ।
प्रमुख अथितीको आसनबाट बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा सिताराम क्याम्पसका क्याम्पस प्रमुख चेतराज भट्टले शिक्षा क्षेत्रमा स्व. ब्यक्तिहरुले पु¥याएको योगदानको चर्चा गर्दै उहाँको योगदान लक्ष बाटोलाई कसैले भुल्न नहुने र उहाँहरुको अनुसरण गर्दै जानु पर्ने बताउनु भयो ।

शोक सभालाई सम्बोधन गर्दै बिद्यालय व्यवस्थापन समीतिका अध्यक्ष यज्ञराज पन्तले सुदूरपश्चिमकै शान राखेका ब्यक्तित्व पद्मकन्या क्याम्पस काठमाण्डौंका तिन प्राध्यापक सहित नौ जना गुमाउदा यस क्षेत्र लगायत सम्पुर्ण नेपालले नै अविभावक गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै मृतआत्माको चिर शान्तिको कामना गरेका थिए ।
बिहान जिप दुर्घटना भएको ठाउँमा जलपान कार्यक्रम गरेपछि सुरु भएको शोकसभामा बोल्ने अधिकांस ब्यक्तिहरुले स्व. डा. जयराज पन्त लगायत अन्य ब्यक्तिहरुको चर्चा गर्दै दुःख ब्यक्त गरेका थिए ।

जिप दुर्घटनामा परि पद्मकन्या क्याम्पस काठमाण्डौंका प्राध्यापक साहित्यकार एवम् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षिय डा। जयराज पन्त, उहाँकी धर्मपत्नी ५५ वर्षिया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्त, डा. पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैर सरकारी संस्थामा कार्यरत डा। गणेशराज र उहाँका भाइ केशवराज पन्त लागायत अन्य ४ जनाले ज्यान गुमायका थिए । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत हुनुहुथ्यो ।

आन्फो जन्मथलो डोटीको जिजोडामाण्डौं गाविस – ८ जैनोली गाउँमा २०७३ वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनानुसार वाङ्डुग्रीसैनबाट जिजोडामाण्डौं तर्फ जाँदै गरेको अवस्थामा उहाँहरु सवार ना १ ज ३२९४ नं। को जिप २०६२ चैत्र महिनाको १० गते राती ९ बजे दुर्घटना भएको थियो ।

23.12¡ÆC