भूकम्पपीडितलाई घर बनाउने अनुदान दिन प्राधिकरण र बैंकबीच समझदारी,यसरी हुनेछ अनुदान वितरण

जेष्ठ १४, २०७३ मा प्रकाशित
Published at 2016-05-27

883 views

काठमाडौं,जेठ १४ । भूकम्पपीडितलाई पुनर्निर्माण अनुदान रकम वितरण गर्नेबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले  नेपाल बैंकर्स एसोसियशन, डेभलपमेन्ट बैंकर्स एसोसियशन तथा फाइनान्सियल इन्स्टीच्यूसन एसोसियसनसँग समझदारी गरेको छ । सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शुक्रबार दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया, नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष उपेन्द्र पौडेल, डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष कृष्णराज लामिछाने र फाइनान्सियल इन्स्टीच्युसन एसोसिएशनका अध्यक्ष सरोजकाजी तुलाधरले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान पाउन छनोट सूचीमा परेका घरधनीहरुलाई बैंक खातामार्फत रकम उपलब्ध गराउनेछन् ।  अनुदान उपलब्ध गराउँदा सदरमुकाममा रहेका बैंकले प्रत्येक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकाम बाहिर रहेका दैनिक न्यूनतम २० वटा घरधनीको कारोबार निःशुल्क गर्ने सम्झौतमा उल्लेख छ । त्यसबाहेक प्रति घरधनी २ सय २५ रुपैयाँका दरले बैंकलाई भुक्तानी पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.