भन्सार छलेर मलखाद्य भित्रिन थाल्यो

जेष्ठ १४, २०७३ मा प्रकाशित | 1173 views

पप्पु गुरुगं-१४ जेठ, कञ्चनपुर ।
कञ्चनपुर जिल्लामा भारतीय मलखाद्य भन्सार छलेर भित्रिन थालेको छ । दोधारा चांदनी नगरपालीका हुदै महाकाली नदिमा रहेको झोलुंगे पुलवाट तस्करहरुले रातीको समयमा मलखाद्य भित्राउने गरेका छन ।

पुलको दुवै पट्टी प्रहरी पोष्ट रहेपनि उनीहरुको अगाडीवाट तस्करहरुले मोटरसाईकलमा दुई तिन वोरा गरेर पुलवारी भिमदत्तनगरपालीका १३ पिपरैयामा जम्मा गर्ने गरेको स्थानीयले वताएका छन ।

किसानहरुलाई एक वोरा समेत ल्याउन नदिने नेपाल प्रहरीले तस्करहरुलाई सांझ परेपछि सयै वोरा त्याउदा पनि कुनै कार्वाही नगर्नाले मिलेमतो रहेको पृष्ट हुने स्थानीय किसानहरुको आरोप छ ।

दिउसोको समयमा मोटरसाईकलमा मान्छे वोक्ने र राती भारतीय मलखाद्य नेपाल भित्राउने एउटा समुह नै सक्रिय रहेको भएपनि प्रहरीले कुनै कार्वाही नगरेको स्थानीय वताउछन । त्यसी भारतवाट ल्याएको मलखद्य स्थानीय किसानहरुले चर्को मुल्यमा किन्न वाध्य भएका छन ।

कृषि विकास कार्यालयले भारतवाट अवैद्य रुपमा भित्रीने मलखाद्यको गुणस्तर राम्रो नभएकोले प्रयोग नगर्न किसानहरुलाई पटक पटक आग्रह गरेपनि नेपाल सरकारको अनुदानको मलखाद्य समय र पर्याप्त नपाउने भएपछि किसानहरु त्स्करले ल्याएको भारतीय खाद्य प्रयोग गर्न वाध्य छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web