१४ जेठ, सुनसरी ।
सुनसरी सदरमुकाम इनरुवालाई शुक्रवार एक साथ ७ वटा घोषणा कार्यक्रम गरिदै छ । जिल्लाको सदरमुकाम भएर पनि विकासमा पछाडि परेकाले यो घोषणा कार्यक्रमले सकारात्मक र सार्थक सन्देश दिने अपेक्षा गरिएको छ ।

नगरपालिकाले स्थानीय नगरवासी, सरकारी तथा गैर सरकारी संस्थाहरु, नागरिक समाज र शिक्षक, वुद्धिजिविहरुको संयुक्त पहल र प्रयासमा एक साथ ७ वटा घोषणा कार्यक्रम गर्न लागेको जनाएको छ ।

नगरपालिकालाई बाल विवाह मुक्त, छुवाछुत मुक्त, खुल्ला दिसामुक्त, बाल श्रम मुक्त, पूर्ण साक्षर, पूर्ण खोप युक्त, पूर्ण जन्मदर्ता युक्त लगायतका विभिन्न ७ वटा घोषणा कार्यक्रम गरिदै छ । घोषणा कार्यक्रमको बारेमा स्थानीयहरुको मिश्रित प्रतिक्रिया रहेको पाइएको छ । नगरपालिकाले घोषणाको बारेमा सवै तयारी भएकाले कार्यान्वय पनि सोही अनुसार गर्ने जनाएको छ ।

कार्यकारी अधिकत रामचरित्र मेहताले कतिपय ठाउँमा पूर्वाधार विना घोषणा गरिएको र कति स्थानमा पूर्वाधार पुरा गरेर घोषणा गरेपनि जनचासोको अभावले नारामा सिमित बनेको अवस्था रहेकाले अरु क्षेत्रको समस्या र चुनौतीको अध्ययन गरि इनरुवा नगरपालिकाको घोषणा कार्यक्रमलाई साच्चैको कार्यान्वयन गर्न तर्फ लाग्ने बताउनुभयो ।

22.12¡ÆC