२८ जेठ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावको उम्मेदवारीका लागि हिलारी क्लिन्टनलाई समर्थन गरेका छन् ।

ओबामाले आफु संलग्न डेमोक्याट्रिक पार्टीको तर्फबाट आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि क्लिन्टनलाई समर्थन गर्ने बताएका हुन् ।

डेमोक्याट्रिकको तर्फबाट क्लिन्टन र सिनेटर बर्नी सान्ड्रेस प्रतिस्पर्धामा छन् । राष्ट्रपति ओबामाले सिनेटर सान्ड्रेससँगको छलफलपछि क्लिन्टनलाई आफ्नो समर्थन रहेको औपचारिक घोषणा गरेका हुन् ।

ओबामाले भिडियो सन्देश जारी गर्दै क्लिन्टन राष्ट्रपतिको जिम्मेवारीका लागि अहिलेसम्मकै उत्कृष्ट र योग्य व्यक्ति रहेको बताएका छन् ।

राष्ट्रपति ओबामा र क्लिन्टनले चाँडै नै राष्ट्रपति चुनवाको संयुक्त प्रचारप्रसार अभियान सुरु गर्ने तयारी गरेको पनि अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

२८ जेठ, जाजरकोट ।
आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहँदा जिल्लामा झण्डै ६५ प्रतिशत पुँजीगत वजेट खर्च भएको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्षको खर्च प्रगति राम्रो भएको वताइएको छ ।

विभिन्न सरकारी कार्यालय मार्फत खर्च हुने जिल्लाको कुल पुँजीगत वजेट हिजोसम्मको रेकर्डमा ५८ करोड ८८ लाख ३९ हजार ५ सय रुपैया भएको कोष नियन्त्रक याम बहादुर वुढाले जानकारी दिनुभयो ।

जाजरकोटका विभिन्न कार्यालय मार्फत विहिवार सम्म ३८ करोड २१ लाख ७ हजार तीन सय ३७ रुपैया ६१ पैसा खर्च भई निकासा भएको कोष नियन्त्रक वुढाले वताउनुभयो ।

रुकुमको चौरजहारी स्थित सडक डिभिजन कार्यालय मार्फत खर्च हुने २३ करोड ११ लाख ८३ हजार पुँजीगत वजेट जिल्लाको मात्र नभएर डोल्पा र रुकुम जिल्लाको पनि भएको वुढाको भनाई छ ।

२८ जेठ, अर्घाखाँची ।
बुटवलबाट सन्धिखर्कको लागी छुटेको देउराली यातायात ब्यबसायी समितिको लु १ ज १४४६ नम्बरको जिप हिजो बेलुका ९ः३० मा नरपानिमा दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा नुबाकोट बरबास बस्ने बर्ष ४० कि हरिकला घर्तीमगर ,सोहि ठाउँका बर्ष ४५ बर्षकै चोपबहादुर घर्तीमगर ,सनपा १ बस्ने साबित्रा बेलबासे, कपिलबस्तु घर भई हाल सन्धिखर्क बस्ने बर्ष ३५ कि सुनिता पटेल ,सोही ठाउँकै बर्ष ५० कि रुमाली पटेल रहनु भएको छ । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भै रहेको छ ।

घाईतेहरु मध्ये बर्ष ५० कि रुमाली पटेलको टाउकोमा चोट लागे पनि खतरा मुक्त रहेको जिल्ला अस्पतालका प्रमुख डा।जगनाथ तिबारीले बताउनु भएको छ ।

दुर्घटना चालकले मादक पदार्थ सेबन गरेका कारण भएको आरोप यात्रुहरुले लगाएका छन् । घटनाबारे छानबिन गर्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यलयका प्रमुख रेशम राना भाटले जानकारी दिनुभएको छ ।

२८ जेठ, काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ 'इक्यान'ले आजदेखि बृहत शैक्षिक मेला सुरु हुँदैछ ।

राजधानीको भृकुटीमण्डपमा हुने इक्यान मेला सोमबारसम्म चल्नेछ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको परामर्श दिन मेला गर्न लागेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।

परामर्श दिने संस्थाहरुको दुई सय २५ स्टल हुनेछ । त्यस्तै २५ वटा पेभिलियन पनि हुनेछ । मेलाले व्यवसाय प्रबद्र्धन गर्ने र सरोकारवाला अभिभावक, विद्यार्थीलाई सुचित गराउने मुख्य उद्येश्य राखेको छ ।

मेलामा आउने विद्यार्थीले अष्ट्रेलियाको नयाँ नितीको बारेमा जानकारी दिन बिशेष जोड दिने भएको छ । बिगतको मेलामा विदेशी शिक्षण संस्थाले सिधै स्टल राख्ने गरेको थियो । यसपाली इक्यान सदस्य मार्फत मात्रै स्टल राख्न पाउने नयाँ व्यवस्था गरेको छ ।

मेलामा अष्ट्रेलियाको १८ वटा, न्यूजिल्याण्डको आठ वटा शैक्षिक संस्थाले सहभागीता जनाउँदैछन् ।

२८ जेठ, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन 'सार्क'का मुख्य सचिवहरुको बैठक आज सकिदैँछ । काठमाण्डुमा हिजो सुरु सार्क मुख्य सचिव स्तरीय चौथो दुई दिने बैठकमा विभिन्न कार्यपत्र पेश भएका छन् ।

सार्क क्षेत्रमा आर्थिक समृद्धिका लागि बैठकले साझा एजेण्डा तय गर्नेछ । बैठकमा अफगानिस्तान र माल्दिभ्स बाहेक अन्य मुलुकका मुख्य सचिव तथा क्याविनेट सचिवहरुको उपस्थिति छ ।

आज सकिने दुई दिने बैठकमा सहभागी मुलुकहरुले आ आफ्नो मुलुकको सफल कार्यक्रमहरु प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

२८ जेठ, काठमाडौं ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा चार दिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ । सार्क विश्व विद्यालयको दिक्षान्त समारोहमा भाग लिन परराष्ट्रमन्त्री थापा भारत जान लाग्नु भएको हो ।

नेपाल सार्क मन्त्रिपरिषद् अध्यक्ष रहेकाले त्यसैको हैसियतमा आगामी समारोहमा भाग लिन थापा भारत जान लाग्नु भएको हो । बिहान पौने ११ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री थापाका सहयोगी मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा सहभागी हुन जाने भनिए पनि त्यहाँ उहाँले राजनीतिक भेट समेत गर्ने जनाइएको छ । थापाको भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटघाट गर्ने कार्यक्रम तय भइसकेको छ ।

भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध मजबुत बनाउनु रहेको बताइएको छ । उहाँको भारत भ्रमण तीन दिनको हुनेछ । नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा थापाले भारत भ्रमण गर्न लाग्नुभएको चौथो पटक हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि नेपाल र भारतबीच उच्च राजनीतिक तहमा भेटवार्ता हुन सकेको थिएन ।

मन्त्री थापाको भ्रमणले पुनः दुई देशको उच्च राजनीतिक तहमा संवाद सुरु गर्ने जनाइएको छ ।

२८ जेठ,एजेन्सी ।

मिनी विश्वकपको रुपमा हेरिने गरेको विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपको १५औं संस्करण आजदेखि फ्रान्समा सुरु हुदैछ । उदघाटन खेल आयोजक राष्ट्र फ्रान्सले रोमानियाको सामना गर्दैछ । विश्व बरियतामा १७औं स्थानमा रहेको फ्रान्स समूह ए मा बलियो टिमको रुपमा आफुलाई स्थान पाएको छ ।

२४ देशका टोलीले भाग लिने युरोकप २०१६ मा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । युरोकप विश्वकपपछिको दोस्रो चर्चित फुटबल मानिन्छ । प्रत्येक समूहमा रहेका चार मध्ये शीर्ष दुईमा रहने १२ टोली तथा तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टोली गरी अन्तिम १६ मा प्रवेश गर्ने छन् र नकआउट चरण शुरु हुनेछ ।

समूह ए

जेठ २८ फ्रान्स रोमानिया १२:४५ बजे राति

जेठ २९ अल्वानिया स्विट्जरल्याण्ड ५:४५ बजे बेलुका

असार १ रोमानिया स्विट्जरल्याण्ड ९:४५ बजे राति

असार १ फ्रान्स अल्वानिया १२:४५ बजे राति

असार ५ रोमानिया अल्वानिया १२:४५ बजे राति

असार ५ स्विट्जरल्याण्ड फ्रान्स १२:४५ बजे राति

समूह बी

जेठ २९ वेल्स स्लोभाकिया ९:४५ बजे राति

जेठ २९ इंगल्याण्ड रुस १२:४५ बजे राति

असार १ रुस स्लोभाकिया ६:४५ बजे बेलुका

असार २ इंगल्याण्ड वेल्स ६:४५ बजे बेलुका

असार ६ रुस वेल्स १२:४५ बजे राति

असार ६ स्लोभाकिया इंगल्याण्ड १२:४५ बजे राति

समूह सी

जेठ ३० पोल्याण्ड उत्तरी आयरल्याण्ड ९:४५ बजे राति

जेठ ३० जर्मनी युक्रेन १२:४५ बजे राति

असार २ युक्रेन उत्तरी आयरल्याण्ड ९:४५ बजे राति

असार २ जर्मनी पोल्याण्ड १२:४५ बजे राति

असार ७ युक्रेन पोल्याण्ड ९:४५ बजे राति

असार ७ उत्तरी आयरल्याण्ड जर्मनी ९:४५ बजे राति

समूह डी

जेठ ३० टर्की क्रोएसिया ६:४५ बजे बेलुका

जेठ ३१ स्पेन चेक गणतन्त्र ६:४५ बजे बेलुका

असार ३ चेक गणतन्त्र क्रोएसिया ९:४५ बजे राति

असार ३ स्पेन टर्की १२:४५ बजे राति

असार ७ चेक गणतन्त्र टर्की १२:४५ बजे राति

असार ७ क्रोएसिया स्पेन १२:४५ बजे राति

समूह ई

जेठ ३१ आयरल्याण्ड स्विडेन ९:४५ बजे राति

जेठ ३१ बेल्जियम इटली १२:४५ बजे राति

असार ३ इटली स्विडेन ६:४५ बजे बेलुका

असार ४ बेल्जियम आयरल्याण्ड ६:४५ बजे बेलुका

असार ८ इटली आयरल्याण्ड १२:४५ बजे राति

असार ८ स्विडेन बेल्जियम १२:४५ बजे राति

समूह एफ

जेठ ३२ अष्ट्रिया हंगेरी ९:४५ बजे राति

जेठ ३२ पोर्चुगल आइसल्याण्ड १२:४५ बजे राति

असार ४ आइसल्याण्ड हंगेरी ९:४५ बजे राति

असार ४ पोर्चुगल अष्ट्रिया १२:४५ बजे राति

असार ८ आइसल्याण्ड अष्ट्रिया ९:४५ बजे राति

असार ८ हंगेरी पोर्चुगल ९:४५ बजे राति

२८, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पहिलो बिदेश भ्रमण आज चीनबाट गर्दैछन् । पुन चीन भ्रमणको लागि आज १ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चौथो चीन दक्षिण एसिमा मेला, २४ औं चीन कन्मिङ आयात निर्यात व्यापार मेला र चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने भएका छन् ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, स्वकीय सचिव सुकबहादुर रोका, प्रेस संयोजक, पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाल लगायत ११ जना सहभागी छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो ।

चीनको साता व्यापी भ्रमण सकेर उपराष्ट्रपति पुन असार २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

२८ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघले द्वन्द्वबाट शान्ति स्थापनातर्फ अघि बढेका देशहरुमा सेनाका सट्टा प्रहरीलाई प्राथमिकता दिने भएको छ ।

त्यस्ता देशमा महिला तथा बालबालिकाको सुरक्षामा सेनाभन्दा प्रहरी प्रभावकारी देखिएको भन्दै प्रहरीलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

यही २० र २१ मा अमेरिकामा सम्पन्न राष्ट्रसंघीय प्रहरी प्रमुख (युएन कप्स) को सम्मेलन शान्ति मिसनमा कार्यरत उच्च अधिकारीहरुले प्रतिबेदन पेस गर्दै द्वन्द्वग्रस्त धेरैजसो देशमा सेनाभन्दा प्रहरीको काम प्रभावकारी भएको बताएका आजको नयाँ पत्रिकामा समाचार छ ।

युद्ध भइरहेका मुलुकमा सेनाकै प्रभावकारी भएपनि अन्य देशमा अर्धसैन्य बल र सिभिल प्रहरीको काम प्रभावकारी देखिएको आधारमा ती देशमा आगामी दिनमा प्रहरीलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।

द्वन्द्वग्रस्त देशहरुमा खटिँदा सर्वसाधारणसँग ‘डिल’ गर्ने अनुभव र क्षता सेनाभन्दा प्रहरीमा राम्रो देखिएको छ । सम्मेलनमा नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका आइजिपी दुर्जकुमार राई सहभागी थिए ।

सम्मेलनमा आइजिपी आर्यालले शान्ति मिसनमा नेपालले महत्वपूर्ण योगदान दिएको तर त्यसअनुसार उच्च व्यवस्थापकीय पदमा जिम्मेवारी पाउनुपर्ने माग गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।

२८ जेठ, काठमाडौं ।
दक्षिण कोरियाले एकैपटक ५५ सय नेपाली युवालाई लेबर कन्ट्रयाक्ट दिएको छ ।

रोजगार अनुमति प्रणाली 'इपीएस' अन्तर्गत दक्षिण कोरियाले सन् २०१६ को जनवरी यता ५ हजार ५ सय बढीको ‘लेबर कन्ट्रयाक्ट’ दिएको हो ।

नेपालस्थित इपीएस कोरिया शाखाका अनुसार यसअघि सबै प्रक्रियामा छनौट भइ कोरिया जाने सूचिमा रहेका मध्ये ५५ सय जनाको श्रम सम्झौता भएको छ ।

‘यो वर्ष नेपाली कामदार लैजान कोरियाले विशेष चासो देखाएको छ । त्यसैले साढे ५ महिनाको अवधि मै अघिल्ला वर्षको तुलनमा उच्च श्रम सम्झौता पठाएको ईपिएस शाखाले जनाएको छ ।

कोरियाले फागुनको पहिलो हप्तादेखि नेपाली कामदारको छनोट सुरु गरेको थियो । कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फका कामदार छनौट अघि बढाएको छ ।

कोरियाले अब आगामी जुन महिनामा दोस्रो चरणको छनोट गर्नेछ । त्यसको चार महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् ।

कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हन्छन् । उनीहले परीक्षा पास भएकामध्येबाट आफुलाई आवश्यक पर्ने कामदार भाषा छान्न पाउँछन् ।

सन् २०१६ को लागि भएको भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका थिए । उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालनतर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका थिए । अघिल्लो वर्ष रोष्टरमा रहेका १ हजार जना पनि कोरिया जाने प्रतिक्षामा छन् ।

कोरियाले सन् २०१७ का लागि आगामी असारको ४ र ५ गते अर्को लटका लागि भाषा परीक्षा गर्दैछ । अहिले रोष्टरमा रहेका कामदारको छनौट सन् २०१८ को जनवरीसम्म जारी रहने बताइएको छ ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको थियो ।

२८ जेठ, काठमाडौं ।
आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटमा गरिएको नयाँ व्यवस्थाका कारण नेपालको सीमा क्षेत्रमा सञ्चालन भइरहेका नौ वटा मिनी क्यासिनो बन्द हुने भएका छन् ।

सरकारले गत जेठ १५ गते जारी गरेको आर्थिक विधेयकले आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने प्रावधान राखेका कारण आगामी साउन १ गतेदेखि एकैपटक नौ वटा मिनी क्यासिनो बन्द हुने भएका छन् ।

यो व्यवस्थाले हाल एउटा इजाजतपत्रले चारवटा मिनी क्यासिनो सञ्चालन गर्दै आएका व्यवसायीलाई अनिवार्य रुपमा संख्या घटाउनुपर्ने दबाब परेको छ ।

सरकारले आर्थिक विधेयकमार्फत एउटा मिनी क्यासिनोले वार्षिक ७५ लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने र एउटै नाम र सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

२८ जेठ, एजेन्सी ।
इन्डोनेसियाको बाली द्विपमा ६.२ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भुकम्प स्थानिय समय अनुसार बिहिबार बिहान ११ः १३ बजे गएको जनाईएको छ ।

भुकम्प पछि सुनामीको चेतावनी भने नदिइएको मौसमविज्ञान र भूगर्भ निकायका अधिकारीहरुले जनाएका छन् ।

‘अग्नी चक्र’भित्रपर्ने देश भएको हुनाले इन्डोनेसियामा बारम्बार भुकम्प जाने गरेको छ ।