परराष्ट्रमन्त्री कमल थापा चौथो पटक भारत जाँदै, यस्तो छ भ्रमण तालिका

जेष्ठ २८, २०७३ मा प्रकाशित | 929 views

२८ जेठ, काठमाडौं ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा चार दिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ ।  सार्क विश्व विद्यालयको दिक्षान्त समारोहमा भाग लिन परराष्ट्रमन्त्री थापा भारत जान लाग्नु भएको हो ।

नेपाल सार्क मन्त्रिपरिषद् अध्यक्ष रहेकाले त्यसैको हैसियतमा आगामी समारोहमा भाग लिन थापा भारत जान लाग्नु भएको हो । बिहान पौने ११ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री थापाका सहयोगी मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा सहभागी हुन जाने भनिए पनि त्यहाँ उहाँले राजनीतिक भेट समेत गर्ने जनाइएको छ । थापाको भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटघाट गर्ने कार्यक्रम तय भइसकेको छ ।

भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध मजबुत बनाउनु रहेको बताइएको छ । उहाँको भारत भ्रमण तीन दिनको हुनेछ । नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा थापाले भारत भ्रमण गर्न लाग्नुभएको चौथो पटक हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि नेपाल र भारतबीच उच्च राजनीतिक तहमा भेटवार्ता हुन सकेको थिएन ।

मन्त्री थापाको भ्रमणले पुनः दुई देशको उच्च राजनीतिक तहमा संवाद सुरु गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web