पश्चिमा एनजीओ आइएनजीओ चीन विरोधी गतिविधी बढाउँदै

२८ जेठ, काठमाडौं ।
विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रियाशील एनजीओ र अनाईएनजीओको गतिविधिप्रति चीनले आशंका व्यक्त गरेको छ ।

चीनले एनजीओ र आईएनजीओले चीन बिरोधी गतिवधि गरिरहेको आशंका व्यक्त गरेको हो ।

नेपाल भ्रमणमा रहेका चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एडमरल सुन जियाङ्गुओले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा यस्तो आशंका व्यक्त गरेका हुन् ।

जंगी अड्डामा प्रधानसेनापतिसँग भएको भेटमा उनले भने,’पुनर्निर्माणमा आएका एनजिओ र आईएनजीओले कतै चीन विरोधी गतिविधि त गरिरहेका छैनन् रु’

उनले तिव्वतको सुरक्षाप्रति चासो राख्दै तिव्वतसँग जोडिएका जिल्लामा सक्रिय रहेका गैरसरकारी संस्थाको भूमिकाप्रति प्रश्न उठाएको स्रोतले बताएको छ ।

भेटमा उनले अधिकांश समय नेपालमा तिब्बतविरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा जोड दिए ।

उनले गत वर्षको भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा समेत चीनविरोधी गतिविधि भएको सूचना आफूले पाएको बताएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

झुक्केर पनि यी कम्पनीमा बिदेश काम गर्न नजानुस्

२८ जेठ, काठमाडौं । सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाको ५८ रोजगारदाता कम्पनीलाइ कालोसूचीमा राखेको छ ।

कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न गरेको पाइएपछि यी कम्पनीलाइ सरकारले कालोसूचीमा राखेको हो ।

कालोसूचिमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन् ।

यी कम्पनीका लागि म्यानपावर एजेन्सीले मागपत्र ल्याए पनि वैदेशिक रोजगार विभागले श्रम स्वीकृती दिदैन । कालोसूचीमा पर्नेमा साउदी अरेबिया, कतार, संयुक्त अबर इमिरेट्स र मलेसियाका कम्पनीहरु छन् ।

कालोसूचिमा पर्नेमा सबैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएइको १ कतारका २ र साउदी अरेवियाका ३ कम्पनी रहेका छन् ।

मलेसियाका केएफसी होल्डिङ, एएचएम कन्सल्टेन्सी एन्ड सेक्युरिटी सर्भिस, एचएलएच बुड इन्डष्ट्रिज लगायतका कम्नी कालोसूचिमा परेको विभागले जनाएको छ।

यस्तै युएइको अलहमेद डेभलमेन्ट कन्सट्रक्सन कम्पनी तथा सायदी अरेवियाको महरा एचआर कम्पनी इस्टन हेरिटेज कन्ट्रयाक्टिङ कम्नी एन्ड जी, क्लिनिङ एन्ड पेस्ट कन्ट्रल कम्पनी र सिड हदि अल दोसारी इस्टाब्लिसमेन्ट फर कन्ट्रयाक्टिङ कम्पनी कालोसूचिमा परेका छन् ।

कतारको कता अरब कन्ट्रयाक्टर लिमिटेड र खलित बिन फाहद ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनी कालोसूचिमा परको विभागल जनाएको छ । कारोबार दैनिकमा समाचार छ ।

उनले तिव्वतको सुरक्षाप्रति चासो राख्दै तिव्वतसँग जोडिएका जिल्लामा सक्रिय रहेका गैरसरकारी संस्थाको भूमिकाप्रति प्रश्न उठाएको स्रोतले बताएको छ ।

भेटमा उनले अधिकांश समय नेपालमा तिब्बतविरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा जोड दिए ।

उनले गत वर्षको भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा समेत चीनविरोधी गतिविधि भएको सूचना आफूले पाएको बताएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

कोरिया लुम्बिनीलाई विश्व शान्ति शहर बनाउन सहयोग गर्न तयार

२८ जेठ, कोरिया ।
गौतमबुद्ध जस्मस्थल लुम्बिनीलाई विश्व शान्ति शहर बनाउन दक्षिण कोरियाले सक्दो सहयोग थप गर्न तयार रहेको बताएको छ ।

कोरियाको अन्तर्राष्ट्रिय सहायता निकाय कोयकाले नेपालको भुकम्प पछिको पुर्ननिर्माण र पुर्वाधार विकासमा थप सहयोग गर्न तयार रहेको जनाएको हो ।

चार दिने कोरियाा भ्रमणमा रहेका नेपालका पर्यटन सचिव सहितको टोलीसँगको भेटमा कोयकाका उप–प्रमूख सुङ्गो छोइले भुकम्पपछिको पुर्ननिर्माण र पुर्वाधार विकासमा थप सहयोग गर्ने जानकारी दिएको छ ।

पर्यटन सचिब शंकरदास बैरागीले कोयका कार्यालयमा पुगेर कोयका उप–प्रमूख छोइसँग भेटघाट र छलफल गरेका थिए । भेटमा सचिव बैरागी नेतृत्वको नेपाली अधिकारी र कोयकाका अधिकारीबीच द्धिपक्षिय सम्बन्ध र कोयकाले गर्ने आर्थिक सहयोगको विषयमा छलफल भएको थियो ।

कोरियास्थित नेपाली दुतावासले जारी गरेको प्रेस विज्ञप्तीमा छलफलमा कोयकाका उप–प्रमूख छोइले संस्थाको भावि परियोजना र भुकम्पपछिको पुर्ननिर्माण तथा पुर्वाधार विकासमा सहयोगका बारेमा जानकारी दिएको बताइएको छ ।

छोइसँगको भेटमा सचिब बैरागीले कोयकाले नेपालको सामाजिक र आर्थिक क्षेत्रको विकासमा  पु¥याउदै आएको सहयोगको प्रशंसा गर्दै भावि दिनमा पनि थप सहयोग गर्न आग्रह गरेका छन् । त्यस्तै उनले भुकम्प प्रभावितका लागि आवश्यक आवास निर्माण, स्वास्थ्य पुर्वाधारका सार्थ प्राविधिक जनशक्ति पठाएर सहयोग गर्न आग्रह गरेका छन् । प्रतिउत्तरमा कोयकाका उप–प्रमूखले नेपालको आर्थिक विकासमा सक्दो सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी कोयका र नेपालका अधिकारीबीच व्यापार, उद्योग, जलवायू परिवर्तन, जल व्यावश्थापन, लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गर्ने लुम्बिनी गुरुयोजनामा  सहयोग र त्यसको सम्भाव्यताका विषयमा छलफल भएको दुतावासले जनाएको छ ।

त्यसैगरी सचिब बैरागी नेतृत्वको टोलीले हिजैबाट राजधानी सोलमा शुरु भएको एक्तीसौ कोरिया वल्ड ट्राभल मेलामा राखिएको नेपाली स्टलको अवलोकन गरेका थिए । नेपाल पर्यटन बोर्ड र नेपाली दुतावासले संयुक्त रुपमा स्टल राखेका छन् । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य अनुरुप मेलामा नेपाली स्टल राखिएको हो ।

मेलामा नेपाल स्टल हेर्न आउने कोरियनहरुले नेपालबारे चासो पूर्वक जानकारी लिनुका साथै बुद्धजन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा, नेपालमा सौन्दर्य र पयर्टनबारे चासो राखेको स्टलमा सहभागी नेपाली प्रतिनिधिहरुले बताएका छन् ।

कोपा अमेरिका: उरुग्वे समूह चरणबाटै बाहिरियो

२८ जेठ, काठमाडौं ।

भेनेजुएलासँग पराजित हुँदै  कोपा अमेरिका फुटबल सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार विहान भएको खेलमा उरुग्वे भेनेजुएलासँग १-० गोल अन्तरले पराजितभएसँगै  लगातार दुई हारसँगै उरुग्वे अन्तिम खेल अघि नै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा मेक्सिकोसँग ३–१ ले पराजित भएको उरुग्वेलाई क्वाटरफाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नु पर्ने दबाबमा थियो ।

बेल्जियममा नेपाली महिलाद्वारा आत्महत्या

२८ जेठ, बेल्जियम ।
बेल्जियमको लुभेन शहरमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् ।

२९ वर्षीया नेपाली महिला सरिता थापाले आफनै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

बेल्जियममा व्यवसाय गर्दै आएका राजु थापाकी पत्नी सरिताको आत्महत्याको कारण खुल्न सकेको छैन ।

पाँच वर्षका नाबालक छोरा समेत रहेकी सरिता केही समययता डिप्रेसनमा रहेको बताइएको छ ।

बेल्जिमयस्थित अनलाइन इनफर्मेल डटकमले यसबारेमा लेखेपनि पुष्टि भइसकेको छैन ।

प्रहरीले थापाले आत्महत्या गरेको पुष्टि गरेको छ । सरिताका श्रीमान सन् २००० मा बेल्जियम आएका थिए भने सरिता सन् २००९ मा बेल्जियम आएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

कर्णेल कुमार लामा विरुद्ध बेलायती अदालतमा सुनुवाई हुँदै

२८ जेठ, लण्डन ।
द्धन्द्धका समयमा माओवादी बिरुद्धको कारवाहीमा चरम मानवअधिकार हनन गरेको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ ।

लण्डनको चर्चित सेन्ट पल्स गिर्जाघर नजिकै रहेको ओल्ड बेली केन्द्रिय फौज्दारी अदालतमा जस्टीस स्वीनीको इजलासमा लामा बिरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

लामा माथि कपिलवस्तु गोरुसिंगेस्थित सेनाको ब्यारेकमा थुनामा रहेका दुईजना सर्वसाधारणलाई यातना दिएको अभियोग छ । तर लामाले भने आरोप अस्विकार गर्दै आएका छन् । लामा सो समयमा गोरुसिंगेस्थित सेनाको ब्यारेकका प्रमुख रहेका थिए ।

लामा सन् २०१३ मा दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको शान्तिस्थापनार्थ खटेका बेला विदामा बेलायत रहेकी श्रीमती भेट्न जाँदा मेट्रो पोलिटन पुलिसले पक्राउ गरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र र सूर्यबहादुर थापाविरुद्ध आयोगमा उजुरी

२८ जेठ, काठमाडौं  ।

रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।

पीडित १५ परिवारले बिहीवार आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर उजुरी दिएका हुन् । उजुरी दिँदै उनीहरुले स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन् ।

पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका अलावा कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा । चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेललगायत विरुद्ध जाहेरी दिएका राजधानी दैनिकमा समाचार छ ।

सो घटनाहुदाँ कमल थापा गृहमन्त्री, अनन्तराज शर्मा पाण्डे गृहसचिव, प्यारजंग थापा प्रधानसेनापति थिए ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको समयमा राज्यपक्षद्वारा माओवादी जनसरकार प्रमसखर बाबुरमा लामासहित २२ जना माओवादी नेताकार्यकर्ताको सामूहिक हत्या गरिएको निवेदकहरुको दाबी छ । उक्त घटनापति माओवादी सरकारसँगको वार्ता भंग भएको थियो ।

देउवा विरुद्ध नै मोर्चाबन्दी,खुमबहादुरले भने तिमी दिन्छौ कि म दिउँ !

२८ जेठ, काठमाडौं ।

नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुपर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यका बारे कुनै निर्णय नगरेको भन्दै पार्टी भित्रै उनको चर्को आलोचना सुरु भएको छ । आलोचना मात्रै होइन सभापति देउवा विरुद्ध नै मोर्चाबन्दी समेत सुरु भएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ–महाधिवेशनको समयमा उपसभापति बनाउने आश्वासन दिइएका खुमबहादुर खड्काले आफूलाई मनोनयन नगरे अब नसहने भन्दै आफ्नो पक्षमा भेला गरेका छन् । उनले पुष्पा भुसाललाई सहमहामन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

आफूलाई उपसभापति र कुलबहादुर गूरुङलाई वरिष्ठ नेता बनाउनुपर्ने खड्काको प्रस्ताव छ । खड्काले आफ्नी श्रीमतीलाई समेत केन्द्रीय सदस्य बनाउन देउवालाई दबाव दिएका छन् । महाधिवेशनमा दिइएको आश्वासन पूरा नभएको भन्दै खड्काले देउवालाई एक साता भित्र सबै काम सम्पन्न गर्न आग्रह गरेका छन् । आफ्नो आग्रहलाई लत्याइए राम्रो नहुने भन्दै खड्काले देउवा समक्ष धम्कीको नै भाषा बोलेको स्रोतको दावी छ ।

मैलै महाधिवेशनमा तिमीलाई जिताउन मैलै दिएको योगदानलाई भूलेर जवरजस्ती गरिए राम्रो हुन्न । खड्काले विमलेन्द्र निधि मार्फत देउवालाई सन्देश पठाएको शंकर भण्डारीले बताउँदै हिड्ने गरेका छन् । भण्डारीलाई समेत खड्काले वरिष्ठ सदस्य बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उता सभापतिमा पराजित रामचन्द्र पौडेलले पनि केन्द्रीय समितिको मनोनय र पदाधिकारी चयनमा फरक मतलाई समेत सम्मान गर्न आग्रह गर्दै आएका छन् । फरक मतलाई सम्मान नगर्ने तथा जोर जवस्ती गरिए महाधिवेशन प्रतिनिधिको बैठक बोलाएर सभापति विरुद्ध कुनै पनि प्रकारको कदम समेत चाल्न आफूहरु तयार हुनुपर्ने निष्कर्षमा पुगेका छन् ।

कनकमणिलाई अर्को संकट : अख्तियारद्धारा अरबौंको जग्गा रोक्का

२८ जेठ, काठमाडौं ।

तत्कालीन रानी जगदम्बाले परोपकारी भावनाले स्थापना गरेको ‘जदगम्बा दातव्य औषधालय’तथा स्वर्गीय मदनशमशेर राणाको नामा स्थापित ‘मदन धारा समिति’का नाममा रहेको ४८ बिघा र ५३ रोपनी जग्गा बेच्ने प्रयत्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जग्गा रोक्का राख्न बिहीबार भूमिसुधार मन्त्रालय र मालपोत कार्यालयलाई परिपत्र गरेको छ । जगदम्बाको आदेशबमोजिम २०१५ साल असोजमा साहित्यकार एम मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको दुलारी ५ मा रहेको उक्त जग्गा खरिद गरेको अख्तियारले जनाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ  ।

सीके राउतलाइ नजिक्याउने बाबुरामको कसरत

२८ जेठ , काठमाडौं  ।

तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन् ।

दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई नजिक्याउने कसरतमा लागेका हुन् ।

यसका लागि नयाँ शक्तिका नेता एवं पूर्व सभासद रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएको दाबी स्रोतको छ ।

राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य भेटवार्ता गर्दै आएका छन् । ललितपुरमा एक समर्थकको निवासमा बस्दै आएका राउतलाई नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेका छन् ।

भट्टरार्इ आफू संवैधानिक समितिको सभापति रहेका बेला सीके राउतलाई नेपालबाट तराई टुक्राउन जनमतसंग्रहको व्यवस्था राख्नु पर्ने अभिव्यक्ति रेकर्ड गराइका थिए । राउतलाई स्थापित गर्न भट्टराईको ठूलो हात रहेको मानिन्छन् ।

भट्टराई प्रधानमन्त्री छँदा राउत अमेरिकाबाट नेपाल आई रातारात मधेसको राजनीतिमा प्रवेश गरेका हुन् आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

रोनाल्डो विश्वकै महंगा खेलाडी, मेस्सी पछि परे

२७ जेठ, एजेन्सी ।
पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी भएका छन् । अमेरिकी म्यागेजिन फोर्ब्स निकालेको सर्वा्धिक पारिश्रमिक पाउने १० खेलाडीको सूचीमा रोनाल्डो एक नम्बरमा परेका हुन् ।

रोनाल्डोले यो वर्षको जुन १ सम्म ८८ मिलियन अमेरिकी डलर पारिश्रमिक बुझेको उल्लेख छ । रोनाल्डोले पारिश्रमीक बापत ५६ मिलियन डलर बुझेका छन् भने ३२ मिलियन डलर विज्ञापन वापत् बुझेका छन् ।

रोनाल्डोपछि सर्वा्धिक पारिश्रमिक पाउने खेलाडी हुन् बार्सिलोनाका स्टार लियोनल मेसीले पछिल्ला १२ महिनामा ८१.४ मिलियन  अमेरिकी डलर पारिश्रमिक बुझेको फोर्व्सले उल्लेख गरेको छ ।

सर्वा्धिक पारिश्रमिक पाउने खेलाडीको तेस्रो नम्बरमा भने बास्केटबलका स्टार लिवोर्न जेम्स छन् उनले ७७।२ मिलियन डलर कमाइ गरेका छन् । जेम्सले विज्ञापनमा खेलेवापत् बार्सिलोना र रियल मड्रिडका खेलाडीभन्दा बढी कमाइ गरेका छन्। उनले विज्ञापनबाट मात्रै ५४ मिलियन डलर कमाएका छन् ।

यस्तै चौथो स्थानमा रोजर फेडेरर छन् उनले ६७.८ मिलियन डलर कमाएका छन् भने पाँचौ स्थानका केभिन डुरान्टले ५६.२ मिलियन डलर, छैठौ स्थानका नोभाक जोकोभिचले ५५.८ मिलियन डलर कमाएका छन् ।

सातौं स्थानमा रहेका क्याम न्यूटनले ५३.१ मिलियन डलर, आठौंमा रहेका पिल मिकेलसनले ५२.८ मिलियन डलर कमाइ गरेका छन् ।

यस्तै कमाउनेको सूचीमा ९ नम्बरमा रहेका जोर्डन स्पिथले ५२.८ र १० नम्बरमा परेका कोबे ब्रायन्टले ५० मिलियन डलर पारिश्रमिक पाउँछन् ।

शेयर बजारको परिसूचक अहिलेसम्मकै उच्च

२७ जेठ, काठमाडौं ।
आन्तरिक शेयर बजारमा विहिबार शेयर बजारको परिसूचक नेप्से बढेर हालसम्मकै उच्च अंकमा पुगेको छ ।

बिहिबार १९ दशमलब ९ अंकले बढेर नेप्से हालसम्मकै बढी १ हजार ५६६ दशमलब ७० अंकमा पुगेको हो ।

यसैगरी, शेयर बजारमा विहिबार १३७ कम्पनीका १ अर्ब ८९ करोड ९४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको र यो कारोबार रकम पनि हालसम्मकै उच्च रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

विहिबार शेयर बजारमा बीमाको परिसूचक ५९५.४३ अंकले बढेर हालसम्मकै उच्च ८ हजार ६५४.३२ अंकमा पुगेको र असार नजिकिन लागेकाले नेप्से निरन्तर बढ्दै विहिबार उच्च अंकमा पुगेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताउनुभयो ।

असारमा कम्पनीहरुले लगानीको प्रतिफल दिने र बैंकहरुले जस्तै बीमा कम्पनीहरुले पनि पूँजी बढाउन लागेको भन्ने चर्चा बजारमा चलेकाले पनि शेयर कारोबार उच्च भएको प्रवक्ता पराजुलीले स्पष्ट गर्नुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web