जाजरकोटमा ६५ प्रतिशत पुजिगत वजेट खर्च

जेष्ठ २८, २०७३ मा प्रकाशित
Published at 2016-06-10

455 views

२८ जेठ, जाजरकोट ।
आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहँदा जिल्लामा झण्डै ६५ प्रतिशत पुँजीगत वजेट खर्च भएको जनाइएको  छ । गत वर्षको तुलनामा यस वर्षको खर्च प्रगति राम्रो भएको वताइएको छ ।

विभिन्न सरकारी कार्यालय मार्फत खर्च हुने जिल्लाको कुल पुँजीगत वजेट हिजोसम्मको रेकर्डमा ५८ करोड ८८ लाख ३९ हजार ५ सय रुपैया भएको कोष नियन्त्रक याम बहादुर वुढाले जानकारी दिनुभयो  ।

जाजरकोटका  विभिन्न कार्यालय मार्फत विहिवार सम्म ३८ करोड २१ लाख ७ हजार तीन सय ३७ रुपैया ६१ पैसा खर्च भई निकासा भएको कोष नियन्त्रक वुढाले वताउनुभयो ।

रुकुमको चौरजहारी स्थित सडक डिभिजन कार्यालय मार्फत खर्च हुने २३ करोड ११ लाख ८३ हजार पुँजीगत वजेट जिल्लाको मात्र नभएर डोल्पा र रुकुम जिल्लाको पनि भएको वुढाको भनाई छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.