ओबामाद्धारा राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनलाई समर्थन

जेष्ठ २८, २०७३ मा प्रकाशित
Published at जेष्ठ २८, २०७३

1126 views

२८ जेठ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावको उम्मेदवारीका लागि हिलारी क्लिन्टनलाई समर्थन गरेका छन् ।

ओबामाले आफु संलग्न डेमोक्याट्रिक पार्टीको तर्फबाट आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि क्लिन्टनलाई समर्थन गर्ने बताएका हुन् ।

डेमोक्याट्रिकको तर्फबाट क्लिन्टन र सिनेटर बर्नी सान्ड्रेस प्रतिस्पर्धामा छन् । राष्ट्रपति ओबामाले सिनेटर सान्ड्रेससँगको छलफलपछि क्लिन्टनलाई आफ्नो समर्थन रहेको औपचारिक घोषणा गरेका हुन् ।

ओबामाले भिडियो सन्देश जारी गर्दै क्लिन्टन राष्ट्रपतिको जिम्मेवारीका लागि अहिलेसम्मकै उत्कृष्ट र योग्य व्यक्ति रहेको बताएका छन् ।

राष्ट्रपति ओबामा र क्लिन्टनले चाँडै नै राष्ट्रपति चुनवाको संयुक्त प्रचारप्रसार अभियान सुरु गर्ने तयारी गरेको पनि अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.