पप्पु गुरुङ्ग-दोधारा चाँदनी । करिब १ वर्ष पछि १५ वर्षिय लिला सुनार (नाम परिवतर्तन गरिएको) भारतको दिल्ली मोतिनगरबाट माईती नेपाल कञ्चनपुरले हिजो उनलाई दोधारा चाँदनी नगरपालिका वडा नं. ९ उद्धार गरेर ल्याएको छ् । लिलाले करिब १ महिना सम्म जून क्रुरता भोग्नु पर्यो त्यो संसारमै अकल्पनीय छ । यसमा कसैको दोष नभै आफ्नै दोष ठान्छन् । घरबाट फुपुको लहैलहैमा लागेर भारत नगएको भए यत्रो दु:ख पाउने थिएनन् । उनलाई आफ्नै फुपु सोना सुनारले मोटो रकम लिएर बिक्री गरेपछि उनलाई आफन्तको समेत बिश्वास उठेको उनि बताउछन् । ललितालाई शारीरिक सम्पर्क राख्न बाध्य पारियो ।

सानै उमेरमा शारिरीक सम्बन्ध राख्दा उनलाई निकै कष्ट भएको उनि बताछन् । एउटा सानो अध्यारो कोठामा बन्दमा बस्न बाध्य भए । उनी १ महिना सम्म राम्रो संग सुत्न समेत नदिएर दिनरात खरिदकर्ता किसन सुनारको यौन प्यास मेटाउन बाध्य पारियो । उनले रातमा पनि राम्रो संग सुत्न पाएनन् । यसै सन्द्रर्भमा माईती नेपाल कञ्चनपुरले दिल्लीको मोतिनगरबाट उद्धार गरेर दोधारा चाँदनी नगरपालिका वडा नं. ९ ललितालाई ल्याएपछि उनि संग पत्रकार पप्पु गुरुङ्गले उनकै घरमा गरिएको संक्षिप्त कुराकानी :–

“आज घरबाट बाहिर निस्कन समेत सकिरहेको छैन् । सबैले मलाई हेरेको देख्दा डर जागेर आउछ् । सबैले मलाई हेर्दै कुरा गरेको देख्दा आफैलाई खिन्नता भएर आउछ् । मेरो फुपुहरु सिता र सोना सुनार हो । उहाँहरु २ फुपु दिल्ली बस्नु हुन्थ्यो । दुबै फुपुहरु बिवाह पछि उहाहरु दिल्लीमा बस्दै आउनुभएको छ् । एक वर्ष अघि मेरो फुपु सिता सुनार दिल्लीबाट दोधारा चाँदनी आउनुभएको थियो । उहाँले मलाई काम लागाईदिन्छु भनेर मलाई आफु संग लग्न थाल्नु भयो । मेरो घरमा मेरो बुवा सधै मदिरा सेवनमा दिन बित्ने गर्छ । आमा सानै छदा बितिसक्नु भयो ।

घरमा बाजे, बज्यै हुनुहुन्छ् । घरमा नुन संग रोटी खाएर दिन बित्थ्यो । घरको आर्थिक समस्याले मैले स्कुल देख्न पनि पाईन् । मैले पनि आफ्नो घरको आर्थिक कठिनाईको बारेमा निकै सोचे । फुपु संग काम गर्न दिल्ली जाने सुर कसे । मेरो भबिष्य कता मोड्ला भन्ने सोच्नै सकिन् । पछि आएर जान ईच्छा पनि जाग्यो । त्यस साँझ खान खाई सकेपनि सुत्न ओछ्यानमा सुते । अबेर सम्म निन्द्रा लागेन् । त्यस रात मलाई खुशी र दुखको पिडा मनमा लिएर निकै लामो परिकल्पना गरे ।

एकातिर मैले कमाएको पैसाले मेरो घरको आर्थिक परिवर्तन गर्न सक्छु भन्ने खुशी थियो । मेरो भबिष्यले राम्रो मोड लिन्छ भन्नेमा म ढुक्क थिए । बिभिन्न परिकल्पनामा डुब्दै कति बेला सुतेछु पत्तोनै भएन् । साँझको भारतको खटिमा बसमा हामी बस्यौ । बसमा राती मलाई पट्कै निन्द्रा लागेन् । म एक्लै रमाई रहे । अलिक पैसा कमाएर घरको आवश्यकता पुरा गर्ने मेरो सपना आखा वरिपरी घुमिरह्यो । बिहान ८ बजे फुपु संग दिल्लीको अन्तराष्ट्रिय बस अड्डा पुग्यौं । कहिले नदेखेको त्यत्रो शहर देख्दा सपनाको संसारमा गए जस्तो लाग्यो मलाई । केहि घण्टामा हामी ट्याक्सी चढेर मोतिनगर पुग्यौं । एक साताको फुपुको घरमा बसाई रह्यो । पुसई देशी मदिरा पसलमा काम गर्नुृ हुन्थ्यो । फुपु कोठीमा झाडु, पोता लगाउने गर्नुहुन्थ्यो । म फुपुको २ छोरा र २ छोरी संग घरमा बस्थे ।

दिनचार्य राम्रै बित्दै गयो । मलाई मेरी फुपु सिताले नौकरीको लागी कुराकानी चलाउदै हुनुहुन्थ्यो । एक दिन मेरो अर्का फुपु सोनाको फोन आयो । मलाई केही दिनको लागी सोना फुपुले आफ्नो घरमा बोलाउनु भयो । उहाँको घर म बसेको सिता फुपुको घर देखि करिब ३ किलोमिटर थियो । सिता फुपुको छोरी धनसरी र मलाई केही दिनको लागी सोना फुपुको घर बस्न पठाउनु भयो । हामी २ जना सोना फुपुको घर पुग्यौ । उसै रात एक २० उमेर भएको किसन सुनार भन्ने मान्छे हामी बसेको सोना फुपुको घर आयो । मलाई र किसनलाई एकै कोठामा राखे । मैले किसन संग बस्न मानेन् । सोना फुपुले गाली गनुृ भयो । किसनले मेरो शरिरमा हात हाल्दै कुरा गर्न खोज्यो । मैलै उसको हात हटाउन प्रयास गर्दै गरे । उसले आफु संग बिवाह गर्न भन्यो । मैले मानेन् । उ रिसाएर फुपुलाई बोलायो ।

अर्का कोठामा रहेका मेरी सोना फुपुले आएर “तँ मान्दैनस्” भन्दै मलाई कुटपिट गनुृ भयो । म रोई मात्र रहे । अब मलाई डर लाग्न थाल्यो । मलाई मोटो रकम लिएर बेचेको कुरा मैले उनको कुराकानीबाट बुझ्न थाले । “यस्ले मान्दैन भने मेरो पैसा फिर्ता चाहियो” भन्दै किसन बाहिरियो । मलाई मेरो सोना फुपुले निकै सम्झाए । म मान्दै मानिन् । त्यो दिन मेरो रोएर बित्यो । म, मेरी सिता फुपुको घर जान्छु भने, तर मलाई घर बाहिर निस्कन समेत दिईएनन् । अर्को साँझ किसन र एक जना कालो कालो मान्छे मोटरसाईकल लिएर आयो । किसन र उसै संग आएको अर्को ब्यक्तीले जबरजस्ती मलाई मोटर साईकलमा हाल्यो । मेरी सोना फुपु हेरेर हासिरहे । म निकै चिच्याए । त्यत्ती बेला रातीको ९ बजेको हुनु पर्छ ।

मेरो आवाज सुन्ने कोही पनि भएनन् । मलाई करिब आधा घण्टाको बाटो हुदै एक घरमा पुगायो । मलाई एक कोठामा थुनेर किसन संग आएको अर्को मान्छे । घर जान्छु भन्दै गयो । त्यस राती मलाई किसनले बारम्बार यौन शोषण गर्यो । मेरो उमेर सानै भएको कारण उसको बढेमानको जिउ सकिन । दिन दिनैको किसनको यौन प्यास मेटाउन म, बाध्य बन्दै गए । उसले दिनभरी रातभरी मलाई कोठामा थुनेर कुटपिट गर्न बाहेक केही गरेन् । मेरो १ महिना अन्ध्यारो कोठामा बित्यो । समयमा खान पाईन, समयमा सुत्न पाईन् । दिनरातको कुटपिट र यौन शोषणले मेरो शरिरै थाकेर आउथ्यो ।

मेरो सानो उमेर भएको ले उसको बढेमानको जिउ मलाई धान्न सकिन । एक दिन मेरो सिता फुपुले थाहा पाएर उनिहरु बिरुद्ध भारतिय प्रहरीमा मुद्धा दर्ता गर्नु भएछ् । अचानक भारतिय प्रहरी र मेरी सिता फुपु आएर मलाई कोठाबाट लिन आउनु भयो । मैले मेरी फुपु भेट्ने बित्तिकै अंगालोमा बाधेर रोए । भारतिय प्रहरीले फुपु सोना सुनार, किसन सुनार गरि ४ जनालाई पक्राउ गर्यो, भने मलाई भारतमा रहेको निर्मल निवास भन्ने एक संस्थाले माईती नेपाल मार्फत कञ्चनपुरको दोधारा चाँदनी पुगायो ।”

एजेन्सी,असार ८ । साविकको विजेता स्पेन युरो कप २०१६ को समूह चरणमा क्रिएसियासँग पराजित भएको छ । फ्रान्समा जारी युरो अन्तर्गत समूह डी को अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित भएपछि स्पेन समूह डी को उपविजेता बन्दै इटलीसँगको भेट पक्का गरेको छ । बुधबार विहान भएको खेलमा क्रोएसियाले स्पेनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै ७ अंकका साथ समूह डीको विजेता बनेको क्रोएसियाले नकआउट चरणमा इटलीलाई छलेको छ ।

एजेन्सी,असार ८ । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । बुधबार बिहान टेक्सासमा भएको सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले हराएर अर्जेन्टिना फाइनलमा पुगेको हो । अब उसले उपाधिका लागि कोलम्बिया र चिलीबीचको बिजेतासँग खेल्नु पर्ने छ । अर्जेन्टिनाको जितमा गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एजिक्युएल लाभेजीले एक एक गोल गरे । तेस्रो मिनेटमानै लाभेजीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए ।

३२ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लियो । अमेरिकामाथि हाबी भएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५० र ८६ औं मिनेटमा गरी हेगुइनले दुई गोल गरेर ४–० को प्रभावशाली जित दिलाए । यो खेलमा अमेरिकाले एक पटक पनि पोस्ट प्रहार गर्ने सकेन । अमेरिका क्वाटरफाइनलमा इक्वेडरलाई २–१ हराएर सेमिफाइनलमा आएको थियो । यस्तै अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ हराएको थियो ।

कोपा अमेरिकाको इतिहासमा अर्जेन्टिना र अमेरिकाबिचको यो तेस्रो खेल हो । यसअघि सन् १९९५ मा अमेरिकाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । त्यसपछि सन् २००७ मा भएको खेलमा भने अमेरिका अर्जेन्टिनासँग ४–१ ले हारेको थियो । १४ पटकसम्म कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले सन् १९९३ पछि उपाधि जित्न सकेको छैन ।

काठमाडौं,असार ७ । विश्व विजेता जर्मनी र पोल्याण्ड युरो कप २०१६ को नकआउट चरणमा पुगेका छन् । जर्मनी समूह सीको विजेता र पोल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा मारियो गोमेजले गोल गरे । अर्को खेलमा पोल्याण्डले युक्रेनलाई समान १-० गोल अन्तरले नै पराजित गरेको छ । उसको जितमा ज्याकुब ब्लासचेकोस्कीले गोल गरे ।

काठमाडौं,असार ७ । अफगानिस्तानको राजधानी काबुलमा तालिवानले आक्रमणमा ज्यान गुमाएका १२ जना नेपालीको शव र घाईतेलाई ल्याउन सरकारले जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री कमल थापाले शव ल्याउन जहाज पठाउने तयारी भइरहेको ट्वीटर मार्फत जानकारी दिएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत, अफगान सरकार र सरोकारवाला निकायहरुसँगको समन्वयमा शव ल्याउने पहल सुरु गरिएको परराष्ट्र मन्त्रालयले पनि जनाएको छ ।

सोमबार काबुलमा नेपाली सुरक्षा गार्ड सवार मिनि बसमा आत्मघाती आक्रमण हुँदा १२ नेपालीको मृत्यु भएको थियो भने ७ नेपाली घाइते भएका छन् । सबै नेपालीहरु रोजगारीको शिलशिलामा अफगानिस्तानमा रहेका थिए ।

काठमाडौं,असार ७ । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ।  बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कोङ सनयु ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न काठमाडाैं आइपुग्ने कार्यक्रम छ। परामर्श बैठकमा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल हुनाका साथै विगतमा दुई मुलुकबीच भएका सम्झौताको कार्यान्वयनबारे पनि विचारविमर्श हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका बेला भएका सन्धिसम्झौताको कार्यान्वयनलाई अघि बढाउने सम्बन्धमा पनि छलफल हुन सक्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए। काठमाडाैंमा रहँदा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसँग पनि बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको ती अधिकारीले बताए।

यसअघि उक्त बैठक बेइजिङमा भएको थियो। हरेक वर्ष आयोजना हुने उक्त बैठक गत वर्षको भुइँचालो र अन्य कारणले हुन सकेको थिएन। बैठकमा नेपाल सरकारका तर्फबाट गृह, कानुन, न्याय तथा संसदीय मामिला, वाणिज्य, आपूर्ति, रक्षा, उद्योग, कृषि विकास, शिक्षा, वन तथा भूसंरक्षण, सङ्घीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार, ऊर्जा मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। रासस

काठमाडौं,असार ७ । काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार मंगलवार बिहान ११:३४ मिनेट जाँदा नुवाकोट केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको परकम्प गएको हो । गत वर्ष वैशाख १२ मा गोरखालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्प यता परकम्प जाने क्रम रोकिएको छैन।

पप्पु गुरुङ्, ७ जेठ, दोधारा चाँदनी / कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा चट्याङ लागेर एक महिला घाईते भएका छन् । आज बिहान करिब ९ बजेर ३० मिनेट जादा दोधारा चाँदनी नगरपालिका वडा नं. ६, कालागड बस्ने ३८ वर्षिय लक्ष्मी रावत गम्भिर घाईते भएका परिवारजनले जनाएका छन् । आज बिहान बिहान घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा उनको दाहिने हात जलेको हो । समाचार तयार पारुन्जेल उपचारको लागी सिमावर्ती भारतिय बजारको निजी अस्पतालमा लग्ने तयारी भईरहेको परिवारजनले जनाएका छन् ।

देशलार्इ विदेशीहरूकाे बन्धक बनाएर नागरिकहरूलार्इ बाहिर पलायन गराउने अपराधि शासकहरूले अफगानिस्तानमा हत्या गरिएका निरपराध नेपालीहरूकाे मृत्यूप्रति निर्लज्जताका साथ दुःख प्रकट गरेका छन्। अाफ्नाे देशलार्इ उपनिवेश बनाएर वितण्डा मचार्इ रहेका साम्राज्यवादीहरूकाे सेवामा नागरिक मार्ने दलालहरूकाे जति निन्दा गरे पनि पुग्दैन। अफगानी जनताकाे हत्या गरेर त्यस देशकाे सार्वभाैमसत्ता नियन्त्रणा गर्न गएका अमेरीकि र यूराेपीयन साम्राज्यवादीहरू र तिनका चाकरहरू वास्तविक अातंकवादी हुन् नकि अफगानीहरू। भाेली हाम्राे देशमा तिनीहरूकाे हमला भएकाे खण्डमा हामी पनि प्रतिराेध गर्छाैं। साम्राज्यवादीहरूले राष्ट्रिय प्रतिराेध अान्दाेलनहरूलार्इ अातंकवादकाे संज्ञा दिएर अाफ्नाे अाैपनिवेशिक नीतिलार्इ उचित देखाउन प्रयास गर्दैछन्।

अफगानिस्तानमा नेपालीहरूकाे हत्या गराउने पश्चिमा साम्राज्यवादी र तिनका दलालहरू अातंकवादी मात्र हाेर्इनन्, यीनीहरूले नेपाल जस्ता देशहरूका नागरिक मराएर युद्धमा संलग्न गराउने प्रयास गर्न थालेका छन्। डीभि वा राेजगारीका अन्य बाटाबाट अमेरिका पुगेका नेपालीहरू मध्ये झण्डै ९ सयलार्इ अहिले अफगान युद्धमा हाेमिएकाे छ। लिविया र इराकमा पनि नेपालीहरू पठार्इएका छन्।

अफगानीहरूकाे निन्दा गर्नु भ्रम हाे। अन्य देशका नागरिकहरूलार्इ अफगानमा प्रयाेग गर्ने हत्याराहरू यसका लागि दाेषि हुन्। साम्राज्यवादी स्वार्थमा नेपालीहरूलार्इ युद्धमा संलग्न गराउने यहाँका अाततायिहरू अपराधि हुन्। अमेरिकि सुरक्षाा पंक्तिमा जागिर लगाउने नीतिलार्इ वैधानिकता दिएर नागरिकहरूलार्इ भाडामा प्रयाेग गर्न दिने हत्याराहरूमाथि प्रश्न उठाउनु पर्छ।

काठमाडौं,असार ७ । कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भएको चार महिना भएको छ। तर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सुनसान छ। पार्टी पदाधिकारीका साथै अन्य नेताहरूसमेत केन्द्रीय कार्यालय जाँदैनन्। विधानत: नयाँ कार्यसमिति गठन भएको दुई महिनाभित्रै बाँकी सदस्य र विभागहरू गठन भइसक्नुपर्नेमा अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन । अझै ११ केन्द्रीय सदस्य र तीन पदाधिकारी मनोनीत गर्न बाँकी छ। सदस्य मनोनयन र विभाग गठन नभएकाले अन्य नेता तथा कार्यकर्ताहरू शीर्ष नेताकै निवासमा बढी जाने गरेका छन्।

सभापतिसँग ७५ प्रतिशत व्यक्तिगत गुनासा

सभापति शेरबहादुर देउवासँग भेट्न पुग्ने नेता–कार्यकर्तामध्ये २५ प्रतिशत राजनीतिक र ७५ ले व्यक्तिगत समस्या सुनाउने गरेका छन्। ‘प्राय: व्यक्तिगत गुनासा नै लिएर पुग्ने नेता–कार्यकर्ता धेरै हुन्छन्,’ देउवानिकट स्रोत भन्छ, ‘२५ प्रतिशतजति पार्टीका समस्या लिएर पुग्छन्, तर ७५ प्रतिशत सरुवा, बढुवा, ठेक्कापट्टा, केन्द्रीय सदस्य विभागमा ल्याउनुपर्ने जस्ता व्यक्तिगत समस्या लिएर आउँछन्।

निवासमै भेटघाट गर्छन् देउवा

सभापति भएको चार महिनामा देउवा तीनपटक केन्द्रीय कार्यालय पुगेका छन्। जिल्ला दौडाहा र पार्टी बैठकबाहेक देउवा बुढानीलकण्ठको आफ्नै निवासमा नेता–कार्यकर्ता भेट्छन्।

भेटका लागि उनले बिहान ८ देखि ११ र बेलुका ३ बजेदेखि साँझसम्मको समय छुट्याएका छन्। उनका सहयोगी भानु देउवाका अनुसार एक दिनमा झन्डै डेढ सय नेता–कार्यकर्तासँग उनी भेट गर्छन्। अब छिटै देउवाले पार्टी कार्यालयमा नियमित कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले तयारी गरेको छ।

महाराजगन्जस्थित कोइरालानिवास सधैँ भरिभराउ

महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बिहानैदेखि भीड लाग्छ । पूर्वसभापति सुशील कोइराला बसेकै घरमा महामन्त्री शशांक बस्दै आएका छन्। आवतजावतमा सहज हुने भएकले पनि नेता–कार्यकर्ता शशांकनिवासमा बढी पुग्छन्।

पौडेलको कार्यालयमा भन्दा निवासमा बढी भीड

१३ औँ महाधिवेशनमा सभापतिमा पराजित भएका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय जाने तालिका बनाएका छन्। काठमाडौं हुँदा दिउँसो २ देखि ५ बजेसम्म कार्यालय पुग्ने तालिका रहेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए। तर, उनको निवास बोहोराटारमा बिहानैदेखि नेता–कार्यकर्ताको भीड लाग्छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

७ असार, टोकियो ।
मुटुरोगी भिमाकुमारी श्रेष्ठले आफ्नो उपचारको लागि आर्थिक संकलन बन्द गर्न आग्रह गरेकी छिन् । भोली मुटुको शल्यक्रिया हुन लागेकी भिमाले आफु अहिले फोन उठाएर कुरा गर्न पनि असमर्थ रहेको बताएकी छिन् ।

विद्यार्थी विषामा आएर अध्ययनरत भिमाको मुटुमा समस्या देखिएर स्वास्थ्य परिक्षण गर्दा भल्भ फेर्नुपर्ने भएको छ ।

मुटुको भल्भ फेर्न करिव १६ लाख जापानी येन लाग्ने र आफुसँग उक्त रकम नभएको बताएपछि जापानमा रहेका विभिन्न व्यक्ति र संस्थाहरुले उनको उपचारको लागि आर्थिक संकलन र सहयोग गरिरहेका छन् ।

अहिलेसम्म गरेको सहयोग र मायाको लागि जापानबासी नेपालीहरुप्रति कृतज्ञता प्रकट गर्दै आजका मितिदेखि आर्थिक सहयोग संकलन कार्य बन्द गरिदिन सम्बन्धित सबैमा भिमाले अनुरोध गरेकी छिन ।

भिमाले संकलित रकम आफ्नो खातामा राखिदिन र आजैबाट सहयोग उठाउन बन्द गर्न आग्रह गरेकी छिन् ।

मुटुको भल्भ फेर्ने क्रममा भोली अप्रेसन तथा केही दिन सघन कक्षमा उपचार हुने भएकाले भिमाले करिव ७ दिन कसैसँग बाहिरि सम्पर्क गर्न सक्ने छैनन् ।

त्यसैले भिमाले उपचार पछि आफुलाई प्राप्त सहयोगको सबै विवरण सार्वजनिक गर्ने बताएकी छिन् । भिमाको उपचारकै लागि भनेर उनको परिवारका सदस्यहरु पनि जापान आउने तयारीमा रहेको बताइएको छ ।

७ असार, काठमाडौं ।

कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रतयक्ष असर नेपाली कामदारमा पर्ने भएको छ ।

माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्दछन् ।

कोरियामा पानीजहाज उत्पादन गर्ने ठूला कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको हो ।

रोजगार अनुमति प्रणालीमार्फत कोरिया पुगेका आठ सय २५ नेपाली कामदार डेउ सिपविल्डिङ एन्ड मेरिन इन्जिनियरिङ कम्पनीका कार्यरत छन् । अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका आजको अन्नपूर्णमा समाचार छ ।

हुन्डाइ इन्ड्रस्ट्रिज कम्पनीले मे महिनाको पहिलो साता करिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङहेभी इन्ड्रस्टिजले स्वेच्छिक अवकासको योजना ल्याएको छ ।

२०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो । माग घटेपछि जहाज उत्पादक कम्पनीले गत माघदेखि जनशक्ति घटाउँदै लगेका छन् ।