गरिब नेपालीलाई मदिरा र सुर्तीजन्य पदार्थ, ठूलालाई विलासी वस्तु

७ असार, काठमाडौं ।

गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता रहेको पाइएको छ ।

गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रतिशत मात्रै उपयोग गरेको देखाएको आजको कारोबार दैनिकमा समाचार छ ।

सर्वेक्षणअनुसार गरिबले खाद्यान्न तथा गैरमदिराजन्य पेय, मदिराजन्य तथा सुर्तिजन्य र आवास तथा उपयोगिताका बस्तु बढी प्रयोग गरेको देखिएको छ ।

खाद्यान्न तथा पेय र आवासबाहेक सबै वस्तु तथा सेवा धनीहरुले बढी प्रयोग गर्नेगरेको अध्ययनको निष्कर्ष छ ।  राष्ट्र बैंकले पाँच समूह बनाई कुन समूहले कस्ता वस्तु तथा सेवामा कति खर्च गर्छन् भनेर अध्ययन गरेको छ ।

अध्ययनमा धनी बढेसँगै विलासी तथा खाद्यान्यवाहेक अत्यावशयक सेवामा पनि उनीहरुको खर्चको रकम बढेको देखाएको छ ।  जनस्वास्थ्यमा हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा पनि गरिबले नै बढी खर्चने गरेको पाइएको छ ।

सबैभन्दा गरिब २० प्रतिशतले मदिरा तथा सुर्तीमा २।१५ प्रतिशत खर्च गर्छन् भने माथिल्ला धनी २० प्रतिशतले ०।८६ मात्रै यसमा खर्च गर्ने गरेका छन् ।

पाइलट पनि नक्कली । १८ पाइलटले जागिर छाडे

७ असार, काठमाडौं ।
एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि बिभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजिनामा दिन थालेका छन् ।

दुई महिनामा २२ जनाले राजिनामा दिएका आजको नयाँ पत्रिका देनिकले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले गोमा एयरका को९पाइलट बिशाल कार्कीलाई पक्राउ गरेको थियो ।

आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्यापसबाट नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए ।

कार्की पक्राउ पछि अन्य पाइलटहरुले पनि धमाधम राजिनामा दिन थालेको सिआबीका निर्देशनक डिआइजी नवराज सिलबालले बताए ।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेजस्तै पाइलट पेसामा पनि उस्तै प्रवृत्ति देखिएको थियो ।

अवैध गिटी बालुवा निकाल्न नपाएपछि क्रसर मालिकको यस्तो चेतावनी

७ असार, पर्वत ।
जिल्लाका क्रसर व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा गिटी बालुवाको अभाव भएको भन्दै एक ध्यानाकर्षण पत्र बुझाएका छन् ।

भूकम्प पछिको पुनःनिर्माण र भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने गिटी तथा बालुवाको निकासीको सम्बन्धमा सरकारले नियम खुकुलो पारेतापनि पर्वतमा भने सम्बन्धित निकायले झनै कडाई गर्दा व्यवसाय सञ्चालन गर्न कठिन भई गिटी बालुवाको अभाव भएको भन्दै क्रसर व्यवसायीले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समयमा जिल्लाका सरकारी निकायबिच समन्वयको अभावका कारण व्यवसाय सञ्चालनमा कठिनाई परेको पत्रमा उल्लेख गरिएको छ । सरकारी निकायकै कारण विकास निर्माण कार्य समेत प्रभावित बनेको समेत पत्रमा जानकारी गराईएको छ । नेपालमा मेसिन नभित्रिँदै २०४२ सालको कानून अहिलेको अवस्थामा उपयुक्त नभएको हुँदा उक्त ऐन लाद्न खोज्दा सम्पूर्ण विकास निर्माणका कार्यहरु ठप्प हुन सक्ने चेतावनी समेत पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै पत्रमा मिति २०७३ साल जेष्ठ २७ गतेको ढुंगा, गिटी, बालुवा केन्द्रीय अनुगमन समितिको बैठकका निर्णयहरु समेत उल्लेख गरिएको छ । केन्द्रिय अनुगमन समितिको बैठकका निर्णयहरु समावेश गरि धौलागिरी क्रसर व्यवसायी संघका अध्यक्ष विप्लव हमालले हस्ताक्षर गरेको उक्त पत्रमा जिल्ला भित्र बनिरहेका विकास निर्माण कार्यको लागि गिटी, बालुवाको आवश्यकता भएको उल्लेख गरिएको छ ।

पर्वत जिल्ला चुरे क्षेत्र पनि नभएको र पर्वत जिल्लाका उत्पादित गिटी, बालुवा भारतसम्म पुग्न पनि असम्भव भएको तसर्थ यहाँ उत्पादित सामाग्रीहरु यही जिल्ला भित्र र बागलुङ र म्याग्दीसम्म पुग्दछ । जिल्लामा ढुंगा, गिटी, बालुवाबाट जिल्ला विकास समितिको कार्यालय पर्वतले मात्र पचासौं लाख राजश्व बाट जिल्लाको समग्र विकासमा थोरै भएपनि टेवा पुग्दै आईरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तर केही समय यता आएर सरकारी निकाय बीच नै तालमेलको अभावले गर्दा ढुंगा, गिटी, बालुवा जस्तो निर्माणको लागि चाहिने अत्यावश्यक सामाग्रीहरुको जिल्लामा अभाव हुन गई विकास निर्माण कार्यहरु नै प्रभावित बन्न पुगेको उक्त पत्रमा जनाइएको छ ।

गमगढी मिली १७ किलोमिटर मोटर बाटोको निर्माण कार्य संम्पन्न

७ असार, मुगु ।
मुगु जिल्लाको सदरमुकाम गमगढी देखि रारा तालको मिलि सम्म १७ किलोमिटर मोटर बाटोको निमार्ण कार्य संम्पन्न भएको छ ।

ए.डि.बी. स्वीस सरकार  र नेपाल सरकारको गरी १२ करोड रुपयाँको लागतमा उक्त सडक निर्माण कार्य संम्पन्न भएको हो ।

गमगढी देखि रारा तालको मिलि पाटन सम्म मोटर पुगे पछि राराताल घुम्न आउने पर्यटकहरुलाई सहज भएको जिल्ला बिकास समिति मुगुले जानकारी दिएको छ ।

योग दिवश, योग म्याराथनमा नेपालको विश्व किर्तिमान

७ असार, काठमाडौं ।
अन्तरष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

अन्तरष्ट्रिय योग दिवसका अवसरमा मंगलबार विहान ७ बजे नारायणहिटी संग्राहालयको मुल सडक दरवार मार्गमा प्रधानमन्त्री के।पी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरिने भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

योग म्याराथनमा विश्व कीर्तिमान

योग म्याराथनमा विश्व कीर्तिमान कायम गर्न सफल उत्तम मोक्तानलाई गिनीज बुकको कर्तिमानी प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

वालमीकि विद्यापिठ र विश्व दर्शन अभियानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा योग म्याराथनमा विश्व कीर्तिमान कायम गर्नुभएका मोक्तानलाई डा। हरिप्रसाद पोखरेल र योगी विकासानन्दले वेलायतबाट प्राप्त प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

मोक्तान गत पौष २ देखि ४ गतेसम्म ५० घण्टा १५ मिनेट योगका विभिन्न आसन गरेर विश्व कीर्तिमान कायम गरी गिनीज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको हो ।

महिला तर्फ क्यानडाकी यसमिन गोले २०६७ साल साउनमा ३२ घण्टा योगका विभिन्न आसन गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

वरिष्ठ सङ्गीत प्रबन्धक शर्माविरुद्ध मुद्दा दायर

६ असार, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका वरिष्ठ सङ्गीत प्रबन्धक सुदेशराज शर्माले नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार वरिष्ठ सङ्गीत प्रबन्धक शर्माले सुरुको नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल भारतबाट सन् १९८७ मा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका अभिव्यक्ति स्वतन्त्रता बिरोधी : पत्रकार महासङ्घ

६ असार, काठमाडौैं ।
नेपाल पत्रकार महासङ्घले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेकोे भन्दै सच्याउन सरकारसँग माग गरेको छ ।

नयाँ माध्यमका रूपमा द्रुत विकास भइरहेको अनलाइन सञ्चारमाध्यमको विकास र विस्तारलाई यस्ता प्रावधानले अङ्कुश लगाउन खोजिएको महासङ्घले जनाएको छ ।

मदिरा सेवनबाट थप दुईको मृत्यु, बस दुर्घटनामा पनि दुईको मृत्यु

६ असार, काठमाडौं ।
महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ का कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रबार राति १० बजेसम्म समूहमै मदिरा सेवन गरेका तीन जनाको शनिबार मृत्यु भएको
थियो ।

चरौंदीमा बस दुर्घटना, चालक सहित २ जनाको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको धुषा – १ चरौँदीमा आज बिहान बस दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौं आइरहेकोे ना ५ ख २०८१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक कृष्णलाल शाह र यात्रु भारतको नयाँ दिल्ली घर भएका रत्नलाल शर्माको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय धादिङले जनाएको छ ।
बसमा ४० यात्रु रहेकामा अन्य अन्य यात्रुहरु भने सकुशल रहेका छन् ।

चट्याङ लागेर मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका– ५ वनखेतकी २२ वर्षीया दिपा भट्टको आज चट्याङ लागेर मृत्यु भएको छ ।

धान रोपाइँ गरिरहेका बेला खेतमै उनलाई चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीसँगै रहेकी सोही ठाउँकी २५ वर्षीया रेखा भट्ट चट्याङ लाग्दा घाइते भएकी छन् ।

देवीद्वारा किर्तिमानमा सुधार

काठमाडौं, असार ६  । १२ औं सागकी कास्य पदकधारी नेपाल प्रहरीकी देवी चौधरीले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको ५३ केजी तौल समूहको स्नाच तर्फ ५९ केजी भार बहन गर्दै सोमबार आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा सुधार गरेकी छिन् ।

उनले २०७० सालमा विरगञ्जमा सम्पन्न शालिमार प्रथम खुला भारोत्तोलन च्याम्पियनसिपमा ५८ केजी भार बहन गर्दै आफ्नो नाममा किर्तिमान कायम गरेकी थिईन् ।

उनले क्लिन एन्ड जर्कमा ७१ केजी भार बहनका गर्दै कुल १३० केजीका साथ स्वर्ण पदक प्राप्त गरिन् । बाँकेकी संजु चौधरीले स्नाचमा ४६ केजी र क्लिन एन्ड जर्कमा ५२ केजी गर्दै कुलमा ९८ केजीका साथ रजत र सेनाकी रिता गुरुङ्गले स्नाचमा ४० केजी र क्लिन एन्ड जर्कमा ५० केजी गरि कुल ९० केजीका साथ कास्य प्राप्त गरिन् ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ४८ केजी तौल समूहमा सेनाकी मनिषा रानाभाटले स्नाचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६१ केजी गरि कुल १११ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । दोश्रो स्थानमा रहेकी पुलिसकी संगिता राईले स्नाचमा ४७ केजी क्लिन एन्ड जर्कमा ५३ केजी गरि कुल १०० केजी भार बहन गरिन् । दाङ्गकी उमा चौधरीले स्नाचमा ४० केजी र क्लिन एन्ड जर्कमा ४५ केजी सहित कुल ८५ केजीका साथ कास्य पाईन् ।

अन्तराष्ट्रिय खेल परिसर सातदोवाटोमा भएको प्रतियोगिताको पुरुष ५२ केजीको जुनियर तर्फ सप्तरीका रामकुमार यादवले स्वर्ण प्राप्त गरे । उनले स्नाचमा ६० र क्लिनमा ७५ केजी गरि कुल १३५ केजी भार बहन गरे । ललितपुरका गणेश रानाभाटले स्नाचमा ५३ र क्लिनमा ६० गरि कुलमा ११३ केजीका साथ रजत र काठमाण्डौका रमेश पाठकले स्नाचमा ५० र क्लिनमा ५९ केजी गरि कुलमा १०९ केजीका साथ कास्य पाए ।

५६ केजी तौल समूहमा सेनाका तुलराम महतोले स्वर्ण पाए । उनले स्नाचमा ७५ केजी र क्लिनमा ९५ केजी गरि १७० केजी भार बहन गरे । दोश्रो स्थानमा बाराका अशोक कुमार शाह रहे । उनले स्नाचमा ५३ केजी र क्लिनमा ६० केजी गरि कुल ११३ केजी भार उचाले । उनले जुनियर तर्फ स्वर्ण पदक पाए । ललितपुरकी विरेन्द्र गुरुङ्गले स्नाचमा ५० केजी र क्लिनमा ६० केजी गरि कुल ११० केजी भार बहन गर्दै कास्य पाए ।

बजेटमाथि छलफल सुरु, संसदीय सुनुवाई समिति सभापतिको चुनाव हुने

६ असार, काठमाडौं ।
व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमाथिको छलफल सोमबारदेखि प्रारम्भ भएको छ ।

आजको बैठकमा वाणिज्य, विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, सामान्य प्रशासन र पशुपक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सुरु भएको छ ।

संसदीय सुनुवाई समितिका सभापतिको निर्वाचन
व्यवस्थापिका संसद अन्तर्गत संसदीय सुनुवाई विशेष समितिको सभापति पदको निर्वाचन यही असार ८ गते बुधवार हुने भएको छ ।

संसदको आजको विशेष समयमा प्रतिपक्ष दलका सांसदहरुले भूकम्प गएको १४ महिना वितिसक्दा समेत पुनर्निमाणको अभियान सञ्चालन गर्न नसकेको भनी सरकारको आलोचना गर्नुभयो ।

उहाँहरुले पूर्ववर्ती सरकारले घोषणा गरेको राहत र सहयोग एकमुष्ट रुपमा वितरणको व्यवस्था गर्न माग गर्दै पुनर्निमर्णको काम आवश्यक रुपमा अघि बढाउन नसकेको भन्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणको विघटनको माग गर्नुभयो ।

दलका महाधिवेशन देखी मन्त्री र नेताका संविधान, सरकार अनि पार्टीबारे सोमबारे भाषण

६ असार, काठमाडौं ।
तराई मधेस लोकतान्त्रिक पार्टी 'तमलोपा' को प्रथम राष्ट्रिय महाधिवेशन सोमबारबाट नवलपरासीमा शुरु भएको छ ।

महाधिवेशनको पार्टी अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गर्नुभयो ।

हाधिवेशनको उद्घाटन समारोह शुभकामना व्यक्त गदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा भएको भेदभाव हटाउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र मधेसको मागलाई समेटेर जाने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कनमा अड्किएको विषय मिलाउन आफू लाग्ने बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले राज्यका हरेक निकायमा जनसङ्ख्याका आधारमा मधेसीलाई समानुपातिक प्रतिनिधत्व हुनुपर्छ भन्नुभयो ।

महाधिवेशनमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबरा, भारतीय जनताका पार्टीका नेता भगतसिंह कोसियारी, राष्ट्रिय जनता दल केन्द्रीय उपाध्यक्ष रघुवंशप्रसाद सिंह लगायतले शुभकामना दिनुभएको थियो ।

महाधिवेशनमा २७ जिल्लाका एक हजार २०० प्रतिनिधि सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

संविधान पुनर्लेखन हुँदैन–सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको संविधान पुनर्लेखनको सर्त कुनै हालतमा सम्भव नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले पूर्वसांसद द्रोणाचार्य क्षेत्रीका स्मृतिमा स्थापना गरेको ‘द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा मन्त्री राइले मोर्चाले राखेको सात बुँदामध्ये एउटा बुँदाले उनीहरूको नियतमा अझै पनि खोट रहेको प्रस्ट देखिएको बताउनुभयो ।

उहाँले अहिलेसम्म सरकारको कारण नभई मधेसी मोर्चाकै कारण वार्ता हुन नसकेको आरोप लगाउनुभयो ।

माओवादी केन्द्रसँग एकता हुन सक्दैन– वैद्य

नेकपा 'क्रान्तिकारी माओवादी' का अध्यक्ष मोहन वैद्यले नेकपा ९माओवादी केन्द्र० सँग एकता हुन नसक्ने बताउनुभएको छ ।

पार्टीको राष्ट्रिय भेलाको आज काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष वैद्यले माओवादी दलहरुसँग कथित एकताका नाममा आफ्नो विचार, पार्टी र बचेको क्रान्तिकारी धारलाई ध्वस्त पार्न खोजिएको आरोप लगाउनुभयो ।

पार्टीका नेता सिपी गजुरेलले ‘पार्टीको भावी कार्यदिशा’बारे प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अब एकता, सङ्घर्ष र रुपान्तरणका बीचबाट अगाडि बढ्ने बताउनुभयो ।

सबैले मिलेर मुलुकको निकास खोज्नुपर्छ ः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समस्याबाट निकास दिन सबै दलले मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले आज इनरुवामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन गर्न सत्ता पक्षले आन्दोलनकारीको माग सम्बोधन गर्नु पर्ने बताउनु भयो । आन्दोलनकारी पनि बार्ताप्रती लचक हुनै पर्ने उहाँले बताउनुभयो ।

माया र एचएचसीएलाई उपाधि

काठमाडौं, असार ६  ।    माया र हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) ले तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । माया ब्वाइज र एचएचसीए गल्र्समा च्याम्पियन बने ।

साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा मायाले स्पोर्ट्स जोनलाई १८–१५ ले पराजित ग¥यो । मायाको जितमा दिवस अधिकारीले ७ अंक योगदान गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको गल्र्स फाइनलमा एचएचसीएले गोल्डेन स्ट्रिट वारियरलाई १६–१० ले हरायो । विजेताकी सुशीला तामाङले ६ अंक जोडिन् ।

ब्वाइजमा सीसीआरसीले गोल्फुटारलाई १५–१४ को साँघुरो अन्तरले पाखा लगाउदै तेश्रो भयो । गल्र्समा श्रीदिवाले तेश्रो स्थानमा चित्त बुझायो । श्रीदिवाले हेम्सको चुनौती १६–८ ले पन्छायो ।

प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिवस र सुशीला ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले साइपालमा प्लस टु अध्ययनका लागि समान ८०–८० हजार रुपैयाँ बराबरको छात्रवृत्ति पुरस्कार स्वरुप प्राप्त गरे ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, साइपालका प्रिन्सिपल सुमन नगरकोटी, रेफ्री संयोजक निरन्जन सत्याललगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा विभिन्न ७५ विद्यालयका १ सय २० टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक विनोद बुढाथोकीले जनाएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web