अवैध गिटी बालुवा निकाल्न नपाएपछि क्रसर मालिकको यस्तो चेतावनी

असार ७, २०७३ मा प्रकाशित | 870 views

७ असार, पर्वत ।
जिल्लाका क्रसर व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा गिटी बालुवाको अभाव भएको भन्दै एक ध्यानाकर्षण पत्र बुझाएका छन् ।

भूकम्प पछिको पुनःनिर्माण र भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने गिटी तथा बालुवाको निकासीको सम्बन्धमा सरकारले नियम खुकुलो पारेतापनि पर्वतमा भने सम्बन्धित निकायले झनै कडाई गर्दा व्यवसाय सञ्चालन गर्न कठिन भई गिटी बालुवाको अभाव भएको भन्दै क्रसर व्यवसायीले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समयमा जिल्लाका सरकारी निकायबिच समन्वयको अभावका कारण व्यवसाय सञ्चालनमा कठिनाई परेको पत्रमा उल्लेख गरिएको छ । सरकारी निकायकै कारण विकास निर्माण कार्य समेत प्रभावित बनेको समेत पत्रमा जानकारी गराईएको छ । नेपालमा मेसिन नभित्रिँदै २०४२ सालको कानून अहिलेको अवस्थामा उपयुक्त नभएको हुँदा उक्त ऐन लाद्न खोज्दा सम्पूर्ण विकास निर्माणका कार्यहरु ठप्प हुन सक्ने चेतावनी समेत पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै पत्रमा मिति २०७३ साल जेष्ठ २७ गतेको ढुंगा, गिटी, बालुवा केन्द्रीय अनुगमन समितिको बैठकका निर्णयहरु समेत उल्लेख गरिएको छ । केन्द्रिय अनुगमन समितिको बैठकका निर्णयहरु समावेश गरि धौलागिरी क्रसर व्यवसायी संघका अध्यक्ष विप्लव हमालले हस्ताक्षर गरेको उक्त पत्रमा जिल्ला भित्र बनिरहेका विकास निर्माण कार्यको लागि गिटी, बालुवाको आवश्यकता भएको उल्लेख गरिएको छ ।

पर्वत जिल्ला चुरे क्षेत्र पनि नभएको र पर्वत जिल्लाका उत्पादित गिटी, बालुवा भारतसम्म पुग्न पनि असम्भव भएको तसर्थ यहाँ उत्पादित सामाग्रीहरु यही जिल्ला भित्र र बागलुङ र म्याग्दीसम्म पुग्दछ । जिल्लामा ढुंगा, गिटी, बालुवाबाट जिल्ला विकास समितिको कार्यालय पर्वतले मात्र पचासौं लाख राजश्व बाट जिल्लाको समग्र विकासमा थोरै भएपनि टेवा पुग्दै आईरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तर केही समय यता आएर सरकारी निकाय बीच नै तालमेलको अभावले गर्दा ढुंगा, गिटी, बालुवा जस्तो निर्माणको लागि चाहिने अत्यावश्यक सामाग्रीहरुको जिल्लामा अभाव हुन गई विकास निर्माण कार्यहरु नै प्रभावित बन्न पुगेको उक्त पत्रमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web