७ असार, मुगु ।
मुगु जिल्लाको सदरमुकाम गमगढी देखि रारा तालको मिलि सम्म १७ किलोमिटर मोटर बाटोको निमार्ण कार्य संम्पन्न भएको छ ।

ए.डि.बी. स्वीस सरकार र नेपाल सरकारको गरी १२ करोड रुपयाँको लागतमा उक्त सडक निर्माण कार्य संम्पन्न भएको हो ।

गमगढी देखि रारा तालको मिलि पाटन सम्म मोटर पुगे पछि राराताल घुम्न आउने पर्यटकहरुलाई सहज भएको जिल्ला बिकास समिति मुगुले जानकारी दिएको छ ।

16.12¡ÆC