६ असार, काठमाडौं ।
महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ का कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रबार राति १० बजेसम्म समूहमै मदिरा सेवन गरेका तीन जनाको शनिबार मृत्यु भएको थियो ।

चरौंदीमा बस दुर्घटना, चालक सहित २ जनाको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको धुषा – १ चरौँदीमा आज बिहान बस दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौं आइरहेकोे ना ५ ख २०८१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक कृष्णलाल शाह र यात्रु भारतको नयाँ दिल्ली घर भएका रत्नलाल शर्माको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय धादिङले जनाएको छ ।
बसमा ४० यात्रु रहेकामा अन्य अन्य यात्रुहरु भने सकुशल रहेका छन् ।

चट्याङ लागेर मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका– ५ वनखेतकी २२ वर्षीया दिपा भट्टको आज चट्याङ लागेर मृत्यु भएको छ ।

धान रोपाइँ गरिरहेका बेला खेतमै उनलाई चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीसँगै रहेकी सोही ठाउँकी २५ वर्षीया रेखा भट्ट चट्याङ लाग्दा घाइते भएकी छन् ।

15.12¡ÆC