काठमाडौं,असार ८ । नेपाल नेसनल मार्सल आर्ट गेम्स कोन्फिडेरेसन (एनएनएमजीसी) को अध्यक्षमा प्रवीणकुमार कार्की निर्विरोध चयन भएका छन् । कोन्फिडेरेसनको दोश्रो साधारणसभाले कार्कीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन ग¥यो ।

उपाध्यक्षमा अन्जन धमला, कल्पदीप राई र दीपक श्रेष्ठ, महासचिवमा दिनेश शर्मा, सचिवमा सन्जु महर्जन र विजय श्रेष्ठ तथा कोषाध्यक्षमा मनोज खड्का रहेका छन् । सदस्यहरुमा देवजंग पण्डित, प्रेमबहादुर कोइराला, प्रकाशबाबु थापा, सन्तोष श्रेष्ठ, केशवकृष्ण डंगोल, अर्जुनबाबु श्रेष्ठ, कृष्णबहादुर रावत, सुनीता घिमिरे तथा लीलाप्रसाद काफ्ले छन् ।

काठमाडौं, असार ८ । नेपाल रेन्बुकाइ कराते डो संघको दोश्रो साधारणसभाले रेशमलाल लामा (तामाङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । लामा अघिल्लो कार्यसमितिमा महासचिव थिए ।

प्रेमलाल बोम्जनले सह–अध्यक्ष, कमलराज लामाले वरिष्ठ उपाध्यक्ष, शिवबहादुर बस्नेतले उपाध्यक्ष, बुद्धवीर लामाले महासचिव, डिलकुमारी नेपालले सचिव तथा सुस्मिता गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए । युद्ध लामा, रमेश तामाङ, दशरथ चन्द, रामप्रसाद खनाल, शेशुका राई तथा हीरादेवी राई सदस्यमा चयन भए ।

अनिता परियार र गणेश विक उपाध्यक्ष तथा गोविन्दकुमार महर, पेमा तामाङ, तिलक भण्डारी, जितकुमारी घर्ती मगर र आशिष आले मगर सदस्यमा मनोनित भएको नवनिर्वाचित अध्यक्ष लामाले जनाएका छन् ।

काठमाडौं,असार ८ । अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा ज्यान जोगाउन सफल रहेका २४ नेपाली आज नेपाल फर्किएका छन् । उनीहरु आफ्नो साथीको शवसँगै सरकारले पठाएको चार्टर विमानमार्फत घर फर्किएका हुन् । सँगैका साथी गुमाउँदा विमानस्थलमा उनीहरु शोकमग्न अवस्थामा देखिएका थिए । उनीहरुले अब अफगानिस्तान नजाने घोषणा गरेका छन् ।

सरकारले यसअघि नेपाल फर्कन चाहने नेपालीहरूलाई सम्पर्क गर्न भनेको थियो। एयरबस ३२०–२३३ सो जहाजमा अफगानिस्तानबाट नेपाल फर्किन चाहने अन्य नेपालीलाई निःशुल्क ल्याउने व्यवस्था गरिएको थियो। पाकिस्तानका लागि कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्यालले अफगानिस्तान पुगेर सो कार्यका लागि संयोजन गरेका थिए ।

नुवाकोट

1) रत्नबहादुर तामाङ

2) विक्रमप्रसाद तामाङ

3) पूर्णबहादुर गुरुङ

4) रौत तामाङ

5) प्रेम तामाङ

6) ईन्द्र तामाङ

7) सुप तामाङ

8) लालबहादुर तामाङ

9) आइतसिंह तामाङ

कास्की

10) बेलप्रसाद गुरुङ

11) मणिराम खनाल

12) पूर्णबहादुर गुरुङ

13) खेमबहादुर गुरुङ

14) भगवान बञ्जारा

प्युठान

15) विक्रम विष्ट

तनहुँ

16) केयरसिंह राना

मोरङ

17) खुसीलाल धिमाल

सुनसरी

18) वीरबहादुर खत्री

काभ्रे

19) श्याम तामाङ

काठमाडौं

20) नवराज खड्गी

21) चमकसिंह राई

पाल्पा

22) मानबहादुर थापा

चितवन

23) सत्यनारायण श्रेष्ठ

गोरखा

24) दुर्गा लामा

काठमाडौं,असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानमा आतंककारी हमलामा कायरतापूर्ण भएको बताएका छन् । सोमबार मारिएका नेपालीहरुको शव बुझ्न बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको भन्दै यस्तो घटनालाई कायरतापूर्ण बताएका छन्।

ओलीले ज्यान गुमाएका परिवार र घाइतेहरुलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले मृतकका शव राखिएका कफिनमाथि फुल चढाएर श्रद्धान्जलि व्यक्त गरेका थिए । उनले मृतक परिवारजनप्रति समवेदना समेत प्रकट गरे ।

मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विमानस्थलमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुगेका थिए।

North Korea has test-fired two mid-range ballistic missiles from its eastern coast, says South Korea.

The first launch was considered to have failed, travelling about 150 km before landing in the sea.

But the second, launched hours later, flew about 400 km and reached an altitude of 1,000 km, the most effective test to date.

A confirmed successful test would mark a step forward for North Korea after four failed launches in recent months.

Both launches are believed to have been intermediate-range Musudan missiles.

South Korea's Joint Chiefs of Staff said Seoul and the US were "carrying out an in-depth analysis" of the second missile, and did not say whether it was considered a success.

North Korea, which is developing nuclear weapons, is banned by UN resolutions from any use of ballistic missile technology.

८ असार, काठमाडौं ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अवैध कामदार विदेश पठाउने क्रम रोक्न र त्यसरी पठाउने म्यानपावरलाई कारवाही गर्न सरकारलाई कडा निर्देशन दिएको छ ।

व्यवस्थापिका संसद अन्र्तगतको समितिको आजको बैठकले भारतीय विमानस्थल प्रयोग गरी अवैधानिक रुपमा तेस्रो मुलुकमा कामदार पठाउने क्रम रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिले अफगानिस्तान लगायतका प्रतिबन्धित मुलुकमा अवैधानिकरुपमा कामदार पठाउने म्यानपावर कम्पनीमाथि कारवाही गर्न पनि निर्देशन दिएको हो ।

समितिले बुधबारको बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल गरी काबुल घटनाको सत्य तथ्य पत्ता लगाउन तथा स्वदेश फर्कन चाहने नेपाली कामदारलाई नेपाल आउने व्यवस्था मिलाउन निर्देशन दिएको समिति सभापति प्रभु साहले जानकारी दिए ।

हिंसाग्रस्त मुलुक अफगानिस्तानको काबुलमा १२ जना नेपाली सुरक्षा गार्डको मृत्यु भएपछि बुधबार समितिको बैठक बसेको थियो । बैठकले भारतको बाटो हुँदै अवैधानिक रुपमा तेस्रो मुलुकमा कामदार पठाउने क्रम रोक्न कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति साहले बताए । अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिइएको छ ।

म्यानपावर कम्पनीहरुले युवाहरुलाई धेरै तलब दिलाउने प्रलोभनमा पारी अवैधानिक रुपमा अफगानिस्तान, सिरिया, इराक लगायनतका हिंसाग्रस्त मुलुकमा पठाउने गरेका छन् । अफगानिस्तानमा मात्र अवैधानिक रुपमा पुगेका नेपाली कामदारको संख्या १० हजारभन्दा बढी रहेको सरकारको अनुमान छ ।

बैठकले मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन हवाईजहाज पठाएकामा नेपाल सरकारलाई धन्यवाद दिँदै घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ ।

काठमाडौं,असार ८ । अफगानिस्तानको राजधानी काबुलमा गत आइतबार आत्मघाती आक्रमणमा मारिएका नेपालीहरूको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गएका छन्। काबुल हमलामा मारिएका र घाइते नेपालीहरु लिएर नेपाल वायुसेवा निगमको चार्टर गरिएको विमान अफगानिस्तानबाट काठमाडौंको लागि प्रस्थान गरेसँगै प्रधानमन्त्री संसद भवनबाट विमानस्थलका गएका हुन् । प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री कमल थापा,गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानु भएको छ ।

८ असार, काठमाडौं ।
आतंककारीको आत्मघाती बम हमलामा मारिएका १२ नेपाली युवाको शव लिन गएको नेपाल एयरलाइन्सको बिमान थप २४ जना नेपालीलाई पनि लिएर काठमाडौं आइपुगेको छ ।

नेपाल सरकारको निर्णपछि आज बिहानै त्यस तर्फ उडेको नेपाल वायु सेवा निगमको विमानले सिधा उडान भरेर काबुलबाट काठमाडौं उडान गरेको हो ।

मृतक नेपालीको शव बुझ्न र तथ्य बुझ्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा पनि विमानस्थल पुगेका छन् ।

परराष्ट्र मन्त्रालयले बिमानमा अफगानिस्तानमा रहेका २४ जना नेपाली पनि लिएर आएको बताएको छ । उनिहरुले अफगानिस्तानमा थप काम नगर्ने बताउँदै सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई बिमानमा आउन भनेपछि उनिहरु आएका हुन् ।

काबुल आक्रमणमा घाइते भएका अन्य पाँच नेपालीलाई भने बुधबार उपचारको लागि भारतको नयाँदिल्ली लगिएको छ ।

सोमबार अफगानिस्तानको काबुलमा काममा जाँदै गरेका नेपाली सुरक्षागार्ड बोकेको बस अगाडी एक आत्मघाती बम हमलाकारीले आफुलाई विस्फोट गराउँदा १२ नेपाली सहित २ भारतीयको मृत्यु भएको थियो । विस्फोटमा परि ५ जना नेपाली घाइते भएका थिए ।

पर्वत, असार ८ । प्रसस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसय बनाउँला, छोराछोरीको पठनपाठन र लालनपालन गरौला भन्ने सुनौलो सपना बोकेर विदेशिएको मात्र ११ दिन पुगेको थियो ।‘हुने हार दैव नटार’ भनेझै केवल त्यो सपना र त्यो परिवारको खुसी लामो समय टिक्न सकेन पर्वतका दुई युवाको परिवारमा । बाबु घरबाट जान दिन फर्केर आउने बेला छोराछोरीले राखेका माग पनि आशमै हराए, श्रीमतीको सिउँदो पुछियो, घरपरिवार, आफन्त र सिङ्गो गाउँलाई नै शोकाकुल बनाएर संसारबाट बिदा भए दुई प्रवासी युवा ।

प्रसङ्ग हो काबुल घटनाको । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी पर्वतका दुई जनाको ज्यान गयो ।

ज्यान गुमाउनेमा पर्वत कुश्मानगरपालिका–२ स्थायी घर भई परिवारसहित काठमाडौँ गोङ्गबु बस्दै आएका विदुरबहादुर सुवेदी क्षेत्री र पर्वतकै कार्कीनेटा गाविस–६ का नवीनबहादुर क्षेत्रीको परिवार र गाउँ अहिले शोकमा डुबेको छ ।

कुश्मा नगरपालिका–२ पाङका विदुर परिवारसहित काठमाडौँमा बस्दै आएका थिए । गत महिना छुट्टिमा आएका सुवेदी क्षेत्री ११ दिन अघिमात्रै २८ जेठको उडानमा त्यहाँ पुगेका थिए । परिवारका चार भाइमध्ये साइला छोरा रहेका उनी नेपाली सेनाबाट अवकाश प्राप्त गरी सेक्युरेटी गार्डमा रोजगारीका लागि अफगानिस्तान पुगेका हुन् । स्थानीय छिमेकी चित्रबहादुर क्षेत्रीका अनुसार उनका दुई छोरा र श्रीमती काठमाडौँको गोङ्गबुमा बस्दै आएका छन् ।

उनको जन्म गाउँ पर्वतको कुश्मा नगरपालिका–२ पाङको गाउँ भने उनको मृत्युको खबरले शोकमा डुबेको छ । आक्रमणमा परि १२ जनाको मृत्यु भएको थियो ।

यता नवीन क्षेत्रीको मृत्युको खबरले पनि कार्कीनेटा शोकमा डुबेको छ । सशस्त्र प्रहरी बलमा कार्यरत रहेर अवकाश प्राप्त भएपछि २०६५ सालदेखि अफगानमा सेक्युरेटी गार्डमा रोजगारीका लागि गएका थिए । उनी बेलाबखत घरमा आउने जाने क्रममा जेठ २८ गतेकै दिन अफगान प्रस्थान गरेका थिए ।

कार्कीनेटा गाविस–६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नवीन परिवारका माइला छोरा हुन् । उनका बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमासहित एक श्रीमती र एक छोरी छन् । उनको श्रीमती र छोरी पनि काठमाडौँमा नै बस्दै आएको क्षेत्रीका दाइ ९मामा छोरा० कमल खत्रीले जानकारी दिनुभयो ।

लामो समय सशस्त्र प्रहरी बलमा कार्यरत रहे पनि मनग्गे आम्दानी नभएपछि घरपरिवार, छोरीको विवाहदान राम्रोसँग गरौला भन्ने सपना बोकेर उनी विदेशिएका थिए । उनको मृत्युपछि घरपरिवार भावविह्वल बनेको छ ।

उनी गत जेठ ८ मा गाउँमै आएर पूजा लगाएर अब एकपटक अफगानिस्तान जाने त्यसपछि नजाने बताएका थिए । अफगानिस्तान असुरक्षित छ कति बेला के हुन्छ थाहा छैन त्यसैले धेरै समय त्यहाँ बस्नु उचित छैन भनेको स्थानीयवासी विश्वराज शर्माले स्मरण गर्दै भने, ‘अब ऊ कहिल्यै नफर्किने भयो ।’

समाजमा निकै सरल, मिठो बोली भएका उनी परिवारका माइला छोरा हुन् । उनका बाबुको विगत दुई वर्षअघि मात्रै निधन भएको थियो । अहिले कार्कीनेटामा रहेको घरमा उनकी वृद्ध आमा बत्तीकुमारी मात्रै बस्दै आएकी छिन् । अहिले उनका चार दाजुभाइ र परिवार उनको शवको प्रतिक्षामा राजधानीमा गएका छन् ।

-सेतोपाटी

काठमाडौं,असार ८ ।श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तान घटनाको छानबिन र विश्लेषणपछि मात्र सरकारले त्यस मुलुकलाई रोजगारीका लागि खुला नै राख्ने वा बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने बताएका छन् । सरकारले सम्बन्धित मुलुकको आर्थिक अवस्था मानवअधिकारको अवस्था र सुरक्षाको अवस्था हेरेर मात्रै रोजगारीका लागि खुला गर्ने गरेको आजको अन्नपूर्णमा खबर छापिएको छ।

अफगानिस्तानमा घटेको घटना नेपालीप्रति नै लक्षित भएको पाईए त्यही अनुसार रोजगारीका लागि बन्द हुनसक्ने सम्भावना रहेको बताए । उनले भने, ‘एक दुई घटना हुँदैमा बन्द गरिहाल्ने वा खुला गर्ने भन्ने हुँदैन। अफगानिस्तानमा नेपाली नागरिकमाथि भएको आक्रमणको अध्ययन पनि नेपालीलाई नै लक्षित गरेर आक्रमण भएको पाइए त्यसको विश्लेषणपछि मात्रै सरकारले आवश्यक निर्णय गर्नेछ।’

काठमाडौं,असार ८ । नेपाली सेनाले आफूसँग भएको सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ। रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रायोजनमा समेत आफ्नो जहाजबाट चार्टन उडान गर्ने भएको खबर आजको अन्नपूर्णमा शम्भु कट्टेलले लेखेका छन्। रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित भएपछि नेपाली सेनाले विधिवत रूपमा रूपमा व्यापारिक उडान सुरू गर्नेछ। उक्त गठन आदेश राजपत्रमा प्रकाशित हुने प्रक्रियामा छ।

रक्षा मन्त्रालयले २०३६ सालमा गठन भएको शाही नेपाली सैनिक विमान सेवा व्यापारिक उडान विकास समितिका कतिपय प्रावधान स्पष्ट नभएकाले त्यसलाई खारेज गर्दै असार २ मा नयाँ विकास समितिलाई मूर्त रूप दिएको हो।

अघिल्लो आदेशअनुसार व्यापारिक उडानबाट आएको आम्दानीको पारदर्शिता र राजस्वबारे विवाद भएपछि सेनाले व्यापारिक उडान रोकेको थियो। सेनाले व्यापार गर्न नपाउने भन्दै विवाद भएपछि उद्धार तथा भीआईपी सवारीबाहेकका काममा नेपाली सेनाले सैनिक जहाजको प्रयोग बन्द गरेको थियो।

नेपाली सेनाको हवाई महानिर्देशनालयमा एउटा सुपर पुमा, दुईवटा एलुएट, तीनवटा एमआई १७, दुईवटा इक्वेरल, दुईवटा वेल र एउटा एलएच गरी ११ वटा हेलिकोप्टर चालू अवस्थामा छन् भने एउटा अर्को स्काई ट्रक सञ्चालनमा छ। भारतले अनुदानमा दिएको एउटा हेलिकोप्टर भने बिग्रिएर थन्किएको छ।

रक्षा मन्त्रालयले अहिले फेरि नयाँ समिति बनाएर सैनिक जहाजलाई व्यापारिक उडान भर्न दिने निर्णय गरेको हो। रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले सैनिक जहाजले चार्टर उडान गर्न पाउनेबारे गठन आदेश जारी भएको बताए। सिम्खडाले भने, 'आदेश राजपत्रमा छापिने प्रक्रियामा छ। त्यसपछि लागू हुन्छ।'

उनले अबउप्रान्त सैनिक जहाजहरूले निर्बाध रूपमा व्यापारिक प्रयोजनले उद्धार, विकास र अन्य महत्वपूर्ण कामका लागि उडान भर्न पाउने बताए। मन्त्रालयले सैनिक जहाजको उडानलाई व्यवस्थित बनाउन कार्यविधिसमेत तयार पार्नेछ।

काठमाडौं,असार ८ । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन् । उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन् । उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन् । चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँग आफ्नो सामिप्य पुष्टी गर्न पुस र फागुनमा बालुवाटारमै गएर ओलीको दाँतको उपचार गरेका थिए ।

पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ – श्रेष्ठको नेतृत्वमा अत्याधुनिक मोबाइल डेन्टल भ्यानसहित पुगेको चिकित्सकको टोलीले बिहान १० बजेदेखि १२ बजेसम्म ओलीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।