अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

असार ८, २०७३ मा प्रकाशित | 750 views

एजेन्सी,असार ८ । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । बुधबार बिहान टेक्सासमा भएको सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले हराएर अर्जेन्टिना फाइनलमा पुगेको हो ।  अब उसले उपाधिका लागि कोलम्बिया र चिलीबीचको बिजेतासँग खेल्नु पर्ने छ । अर्जेन्टिनाको जितमा गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एजिक्युएल लाभेजीले एक एक गोल गरे । तेस्रो मिनेटमानै लाभेजीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए ।

३२ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लियो । अमेरिकामाथि हाबी भएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ५० र ८६ औं मिनेटमा गरी हेगुइनले दुई गोल गरेर ४–० को प्रभावशाली जित दिलाए । यो खेलमा अमेरिकाले एक पटक पनि पोस्ट प्रहार गर्ने सकेन । अमेरिका क्वाटरफाइनलमा इक्वेडरलाई २–१ हराएर सेमिफाइनलमा आएको थियो । यस्तै अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ हराएको थियो ।

कोपा अमेरिकाको इतिहासमा अर्जेन्टिना र अमेरिकाबिचको यो तेस्रो खेल हो । यसअघि सन् १९९५ मा अमेरिकाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । त्यसपछि सन् २००७ मा भएको खेलमा भने अमेरिका अर्जेन्टिनासँग ४–१ ले हारेको थियो । १४ पटकसम्म कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले सन् १९९३ पछि उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web