नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक बुधबार

असार ७, २०७३ मा प्रकाशित | 815 views

काठमाडौं,असार ७ । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ।  बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कोङ सनयु ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न काठमाडाैं आइपुग्ने कार्यक्रम छ। परामर्श बैठकमा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल हुनाका साथै विगतमा दुई मुलुकबीच भएका सम्झौताको कार्यान्वयनबारे पनि विचारविमर्श हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका बेला भएका सन्धिसम्झौताको कार्यान्वयनलाई अघि बढाउने सम्बन्धमा पनि छलफल हुन सक्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए। काठमाडाैंमा रहँदा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसँग पनि बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको ती अधिकारीले बताए।

यसअघि उक्त बैठक बेइजिङमा भएको थियो। हरेक वर्ष आयोजना हुने उक्त बैठक गत वर्षको भुइँचालो र अन्य कारणले हुन सकेको थिएन। बैठकमा नेपाल सरकारका तर्फबाट गृह, कानुन, न्याय तथा संसदीय मामिला, वाणिज्य, आपूर्ति, रक्षा, उद्योग, कृषि विकास, शिक्षा, वन तथा भूसंरक्षण, सङ्घीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार, ऊर्जा मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web