<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार ७ । विश्व विजेता जर्मनी र पोल्याण्ड युरो कप २०१६ को नकआउट चरणमा पुगेका छन् । जर्मनी समूह सीको विजेता र पोल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । </span><span style="line-height: 1.42857143;">मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा मारियो गोमेजले गोल गरे । अर्को खेलमा पोल्याण्डले युक्रेनलाई समान १-० गोल अन्तरले नै पराजित गरेको छ । उसको जितमा ज्याकुब ब्लासचेकोस्कीले गोल गरे ।</span></p>
20.12¡ÆC