काठमाडौं,असार १२ । रिपब्लिक अफ आयरल्याण्डलाई हराँउदै आयोजक फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति लियोनमा भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २-१ ले हराँउदै फ्रान्स क्वाटरफाइनलमा पुगेको हो । खलको दोस्रो मिनेटमा बे्रडीले पेनाल्टी मार्फत अग्रताको आयरल्याण्ड पहिलो हाफमा अग्रता लिएपनि आयोजक फ्रान्सले गेन्जीमामले खेलको ५८ औ र ६१ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

त्यसपछि धेरै प्रयास भएपनि कुनै तर्फवाट गोल हुन सकेनन र फ्रान्स विजयी भयो । फ्रान्स समूह एको विजेताको रुपमा अन्तिम १६ मा आएको थियो भने उत्कृष्ट तेस्रोमा पर्दै प्रिक्वाटरफाइनलमा आएको आयरल्याण्डले अन्तिम १६ मा पर्न बलियो मानिएको इटालीलाई हराएको थियो । फ्रान्सले सन् २००० देखि युरोकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन । आयरल्याण्ड भने पहिलो पटक नकआउट चरणमा आएको हो ।

पप्पु गरुङ्, १२ असार, दोधारा चाँदनी । महाकाली झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रयासमा गरेको एक ब्यक्तीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ् । आज अपरान्ह महाकाली झोलुङ्गे पुलबाट हामफाले पछि स्थानियहरुले देखेको बताईएको छ् । तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीे नदीबाट उनको उद्धार गरिएको हो । उनलाई सकुशल दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका प्रहरी निरिक्षक शंकर सिंह धामीे जानकारी दिनुभएको छ् । अन्ताजी २६/२७ वर्षिय उक्त ब्यक्ती मानसिक सन्तुलन गुमाएको हुन सक्ने तथा भारतिय नागरिक हुनसक्ने आंकलन गरिएको छ् । अहिले अचेत अवस्थामा रहेको हुदा थप बिबरण थाहा हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ् ।

काठमाडौं,असार १२ । लैनचौर डोजोले ११ औं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ लैनचौर टिम च्याम्पियन बन्यो ।

नेपाल सितोरियो कराते डो संघ, घन्टाघर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै केन्द्रीय डोजो उपविजेतामा सीमित भयो । तेश्रो भएको आयोजक घन्टाघरले ४ स्वर्ण, ३ रजत र ९ कांस्य हात पा¥यो ।

पुरुषमा अर्जुनकुमार चन्द तथा महिलामा रोस्मा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै आयोजक घन्टाघरका हुन् । अर्जुनले १ र रोस्माले २ स्वर्ण जिते । त्यस्तै पुरुषमा आनन्दनगर डोजोका फिन्जु शेर्पा तथा महिलामा केन्द्रीय डोजोकी रश्मिला लामा उदीयमान खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राखेपका प्रेस सल्लाहकार रोहित दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २ सय ६० खेलाडीले २२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक हरि राउतले जनाएका छन् ।

काठमाडौं,असार १२ । मनमैजु डोजो प्रथम वादो किड्स कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनमैजुले ९ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । अल नेपाल वादोकाइ कराते डोद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनमैजुका साहिल घले र महिलामा मनकामनाकी सुस्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । बुङमती डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो भने मार्चपास्टमा त्रिलोक एकेडेमी उत्कृष्ट ठहरियो ।

पुरुषको २० केजीमा त्रिलोकका विकास घर्ती, २५ केजीमा मनमैजुका साहिल घले, ३० केजीमा बुद्धज्योतिका अयासजंग बखती, ३५ केजीमा मनमैजुका अनिल उप्रेती, ४० केजीमा मनमैजुका अनिश लामिछाने तथा एकल कातामा लिबर्टीका उदित श्रेष्ठले स्वर्ण जिते ।

महिलाको १५ केजीमा रोजमेरीकी आकृति बोगटी, २० केजीमा मनकामनाकी सुस्मिता श्रेष्ठ, २५ केजीमा मनमैजुकी मनमैजुकी दिब्या गुरुङ, ३० केजीमा मनमैजुकी विनिता चापागाईं, ३५ केजीमा मनमैजुकी जिया खड्गी, ४० केजीमा मनमैजुकी सविना श्रेष्ठ, ४५ केजीमा मनमैजुकी सोनी राई तथा एकल कातामा मनमैजुकी वर्षा बुढा मगर पहिलो भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेतलाई कदरपत्रद्वारा आयोजकले सम्मान गरेको थियो । वादोकाइका प्रमुख प्रशिक्षक मोहन महर्जनले बस्नेतलाई कदरपत्र प्रदान गरे । एकदिने प्रतियोगितामा २ सय ५५ खेलाडीले १४ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिताका सह–संयोजक विजय खड्काले जनाएका छन् ।

एजेन्सी,असार १२ । कोपा अमेरिका स्थापनाको सयौं वर्षगाँठका अवसरमा भइरहेको कोपा अमेरिका फुटबल उपाधिको लागि सोमवार अर्जेन्टिना र चिली भिड्दैछन्। फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान नेपाली समयअनुसार ५:४५ बजे हुनेछ। गत वर्ष चिलीले आफ्नो घरेलु मैदानमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै ऐतिहासिक जित निकालेको बदला लिदै अर्जेन्टिनालाई २३ वर्षपछि उपाधि जित्ने दाउमा मैदान उत्रदैछ । १४ पटकको उपाधि विजेता भए पनि अर्जेन्टिना १९९३ मा कोपा अमेरिकाको उपाधि जिते यता महत्वपूर्ण उपाधिविहीन रहेको छ ।

जारी प्रतियोगितामा अर्जेन्टिनाले अमेरिकालाई तथा चिलीले कोलम्बियालाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । अर्जेन्टिना पेनाल्टी सुटआउटमा पटक पटक अभागी रहदै आएको छ । सन् २००६ को विश्वकपमा जर्मनीसँग, २०११ को कोपामा उरुग्वेसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो। सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो। यो पटक अर्जेन्टिनासामु उक्त हारको बदला लिने उपयुक्त मौका मिलेको छ भने मेसीलाई अर्जेन्टिनालाई २३ वर्षपछि कोपाको उपाधि दिलाउँदै इतिहासमा नाम लेखाउने अवसर हुनेछ।

काठमाडौं,असार १२ । पटक पटक आमरण अनशन बस्दै आएका डा.गोविन्द केसीले सरकारसामू आफ्नो चार बुँदै माग राख्दै दुई साताको अल्टिमेटम दिएका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनमा उत्रिदै आएका केसीले सरकारलाई दुई साताको अल्टिमेटम दिएका हुन् । उनले सरकार समक्ष ४ बुँदै विभिन्न माग गरेका छन् । उक्त माग पूरा नभए असार २६ गतेबाट पुनः आमरण अनशनमा बस्ने चेतावनी समेत दिएका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले लोकमानसिंह कार्की माथि तत्काल संसदले महाअभियोग को प्रक्रिया अघि बढाउन समेत माग गरेका छन् । आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शूल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरूद्ध पारेका, भ्रष्ट्रहरूलाई संरक्षण दिएका समेत स्पष्ट पारेका छन् ।

काठमाडौ,असार १२ । भूकम्पपीडितलाई सरकारले एकमुष्ट दुई लाख रुपैयाँ प्रदान गर्नुपर्ने माग गर्दै पटक पटक संसद वैठक अवरुद्ध पार्दै आईरहेको प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसलाई पुनर्निर्माण प्राधिकरण जवाफ दिएको छ । दुइपटक सम्म संसदमा प्रधानमन्त्रीलाई जवाफ दिन रोकेको नेपाली कांग्रेसलाई प्राधिकरणले भनेजस्तो भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख अनुदान उपलब्ध गराउन नसकिने बताएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञावलीले सुशील कोइराला नेतृत्व सरकारले दातृ निकायसँग गरेको सम्झौता अनुसार एकमुष्ठ अनुदान दिन नसकिने प्राधिकरणले स्पष्ट पारेको हुन् । कांग्रेसको माग अनुसार एक पटक रकम उपलब्ध गराउन नसक्ने भन्दै यसअघि ४ किस्तामा अनुदान दिने गरी भएको निर्णयलाई सच्याएर तीन किस्तामा अनुदान रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको बताएका छन् । सरकारले भूकम्पबाट पूर्णरुपमा क्षति भएका वा भत्काएर पुन बनाउनु पर्ने भए दुई लाख रुपैयाँ र आंशिक क्षति भएका घर मर्मत सम्भार गर्न ५० हजार रुपैयाँ दिने घोषणा यसअघि नै गरिसकेको छ ।

कांग्रेसले भने संसद बैठक अवरुद्ध पार्दै प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिन समेत दिएको छैन् । यसअघि संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नो माग सम्बोधन नगरिए संसद अवरोधदेखि पीडितहरुलाई लिएर जिल्ला जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको थियो। कांग्रेसले दुई लाख रुपैयाँसँगै कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेको २ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिने विषय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएको छ।

काठमाडौं,असार १२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको नयाँ संविधान खारेज गरी पुनः हिन्दुराष्ट्र घोषणाका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । हिन्दुवादी संगठन हिन्दू जनजाग्रुति समितिले चीनको हस्तक्षेप रोक्न संविधान खारेजीको माग गर्न मोदीलाई अग्रह गरेको हो । नेपाल सरकार र भारत सरकारबीचको भातृत्वपूर्ण सम्बन्ध संकटमा परेको भन्दै जनजाग्रुति समितिको भारतको गोवामा शनिबार सम्पन्न अल इन्डिया हिन्दू कन्भेसनले यो माग मोदीसमक्ष राखेको समाचार भारतीय चर्चित पत्रिका इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले समाचार छापेको छ । नेपालप्रति चीनको बढ्दो प्रभाव भारतका लागि घातक हुने भन्दै समितिका राष्ट्रिय प्रवक्ता रमेश सिन्धेले भनेका छन् ‘त्यस कारण भारतले समयमै हस्तक्षेप गरी नेपाललाई पुनः हिन्दूराज्यमा फर्काउनुपर्छ ।’

१२ असार, टोकियो ।
नेपाली कराते टोली अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जापान आइपुगेको छ ।

यसै साता हुने प्रतियोगितामा नेपाल सहित १७ देशका खेलाडीले भाग लिंदैछन् ।

प्रतियोगितामा ४५ केजी तौल समूहमा लाक्पा दोर्जे शेर्पा र सुष्मा तामाङ तथा ५० केजीभन्दा माथिमा सुष्मा श्रेष्ठले भाग लिँदैछन् । टोलीमा तीन खेलाडी प्रशिक्षक सहित छ जना सहभागी छन् ।

यसअघि शेर्पाले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए भने तामाङ र श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउँदैछन् ।

टोलीमा नेपाल वादो फेडेरेसनका अध्यक्ष सञ्जय लामा, सचिव ओमप्रसाद ढकाल र प्रशिक्षक अरुणकुमार कार्की सहभागी रहेका छन् ।

१२ असार, टोकियो ।
नेपाली फूटवलका पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचन विदेशी फुटवल संस्थासँग आवद्ध भएर अहिलेसम्मकै ठूलो बार्षिक आम्दानी गर्ने पहिलो खेलाडी बनेका छन् ।

गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गर्दै बार्षिक ५५ लाख रुपैयाँको सम्झौता गरेका छन् ।

गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो ।

फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’ छ ।

डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ ।
डर्टमुन्डबाट हरेक वर्ष फलरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् ।

फनरुट्समा उनी स्पोर्टसको विद्याथीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लव, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मका बाल बेलाडीलाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका बाल खेलाडीलाई प्रशिक्षण दिन्छन् ।

गौचनले एकेडेमीबाट वार्षिक ५५ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । यस अलावा उनले शनिवार तथा विदाका दिनमा क्लव बाहिर अन्य ठाउँमा समेत घण्टाको हिसावमा फुटवल प्रशिक्षण दिने बताइएको छ ।

१२ असार, टोकियो ।
हेर्नलाई र देख्नलाई भव्य अनि शुखशयल देखिने देश हो जापान । तर यहाँ आउने विदेशीलाई मात्र हैन स्वयं कयौं जापानीलाई दुख र गरिविको कहरले छोडेको छैन ।

यहि गरिविको पिडामा आफ्नो आमालाई हत्या गरेर बाबुलाई आत्महत्या गर्न सघाउने एक महिलालाई जेल सजाय भएको छ ।

जापानको साटिमा जिल्ला अदालतले ४७ बर्षीया महिलालाई ४ बर्षको जेल सजाय तोकेको हो ।
अत्सुको नामिकता नाम गरेकी उक्त महिलाले आफ्नो आमालाई मारेको र बाबुलाई आत्महत्या गर्न मदत गरेको आरोपमा दोसी ठहर गरेपछि ४ बर्ष जेल सजाय सुनाएको हो ।

नामिकताले आफनो बाबुआमालाई गाडीमा राखि गएको नोबेम्बरमा नदिमा खसालेकी थिईन् ।

प्रहरीलाई उनले दिएको बयानमा उनले आफ्नो विरामी बाबुआमाले आत्महत्या गर्न चाहेको र त्यसमा उनले मद्दत मात्र गरेकी हुन् ।

नामिकताले प्रहरीको बयानमा उनीहरुको परिवारीक स्थिती कमजोर रहेको कारणले बाबुको सल्लाह बामोजिम सबै परिवार आत्महत्या गर्न खोजेको पनि बताएकी छिन् ।

बाबु आमाको हत्यापछि आफुपनि मर्न खोजेकी उनलाई प्रहरीले नदीको छेउमा चिसोले कठ्ङग्रिएको अर्धचेत अवस्थामा उद्दार गरेको थियो ।

उद्दारपछि उपचार गरेर निको पारेपछि प्रहरीले उनिमाथि आमा बाबु हत्या अभियोगमा मुद्दा चलाएको थियो ।

काठमाडौं,असार १२ । नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ। चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभउको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको खबर आजको कारोबारमा छापिएको छ।