विराटनगर, असार १२ । नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने गरेका छन् । अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अरन खटनमा चल्छन्। सामान्य कर्मचारीसरहनै उनीहरू मासिक तलब बुझ्छन्।

गोल्छा अर्गनाइजेशनको जग बसाल्ने र यो औधोगिक घरानाको सुत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात उनका पनाती अभिमन्यू गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन्। विदेशमा पढाइ पुरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र इन्फरमेसन टेक्नोलोजि अन्तर्गत एनिमेशन विधामा ग्याजुएड अनुज्ञा भारतको नयाँ दिल्लीमा जागिरे रहेका आजको अन्नपूर्णमा कुमार लुइँटेल र मनोज बस्नेतले लेखेका छन्। अनुज्ञा गोल्छा अर्गनाइजेशनका निर्देशक सुरेन्द्र गोल्छाकी छोरी हुन्। अभिमन्यु शेखर गोल्छाका छोरा र सुरेन्द्रका भतिजा हुन्। सुरेन्द्रका अर्का भतिजा पनि लण्डनमा पढ्दा त्यहाँको एक सिनेमा हलमा काम गर्थे।

एजेन्सी,असार १२ । क्रोएशियालाई हराउदै पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ । आईतवार विहान भएको प्रि(क्वार्टरफाइनलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली युरो कपको अन्तिम ८ मा प्रवेश गरेको हो। जितसँगै पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।

फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६ औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाई महत्वपूर्ण जित दिलाए। क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियन किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।

यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा गोल भएको हो। खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेको थियो।

सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा पनि उ सेमिफाइनलबाट बाहिरिएको थियो । त्यसको विपरित पछिल्ला पाँच संस्करणमा क्रोएशियाले पहिलो पटक नकआउट चरण खेलेको थियो ।

१२ असार, काठमाडौं ।
साहित्यकार तथा सञ्चारकर्मी जितेन्द्र रसिकको चौथो कृति ‘काफिया’ गजल सङ्ग्रह र कवियत्री ऋद्धी लक्ष्मी कायस्थको कविता सङ्ग्रह ‘मौनता बोल्छ’ राजधानीमा लोकार्पण गरिएको छ ।

भक्तपुर साहित्यसमाज द्धारा आयोजना गएिको कृति लोकार्पण कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेल, विशेष अतिथि गीत तथा गजलकार राजेन्द्र थापा, महाकवि चन्द्रप्रसाद न्यौपाने, समाजसेवी कृष्णलाल प्रधान, गीतकार गोपी कृष्ण ढुङ्गाना लगायतले सामुहिक रुपमा कृतिको लोकार्पण गरिएको हो ।

बागबजारको हार्दिक होटलमा भएको कार्यक्रममा गजलकार रसिकले गत वर्ष गएको भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दी सम्वन्धि गजलहरु लोकार्पित कृतिबाट वाचन तथा गायन गरेका थिए । कवियत्री ऋद्धी लक्ष्मी कायस्थले मौनता बोल्छ र एनआरएन शिर्षकको कविता वाचन गर्दा सहभागीहरु स्तव्ध बन्न पुगेका थिए ।

कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडलेल जितेन्द्र रसिकको पहिलो गजल सङ्ग्रह प्रकाशनको १० वर्षपछि चौथो कृतिको रुपमा आएको दोस्रो गजलसंङ्ग्रह भित्र देश बोलिरहेको बताउनु भयो । । रसिकको रेकर्ड भैसकेका गजलहरु पनि सङ्ग्रहमा सङ्ग्रहित रहेका छन् ।

कार्यक्रममा गीत/गजलकार तथा आख्यानकार राजेन्द्र थापाले रसिकका सबै गजलहरु गेयात्मक रहेकाले गायनको लागि अति उपयुक्त गजल भएको बताउनु भयो । । उनले गजल पछिल्लो समय वाचनको लागि पनि लेखिने गरेको र त्यस्ता गजलहरु सशक्त हुँदै आएको चर्चा गरे । कार्यक्रममा महाकवि चन्द्र प्रसाद न्यौपानेले अमेरिका बस्दै आएकी कवियत्री ऋद्धी लक्ष्मी कायस्थका कविता सङ्ग्रह ‘मौनता बोल्छ’ कृति नामैले काफि भएको बताउनु भयो ।

कार्यक्रममा गीतकार तथा साहित्यकार गोपीकृष्ण ढुंगानाले काफिया गजल सङ्ग्रह जीवन र जगतको लागि भएको बताउनु भयो । कार्यक्रममा सभापति तथा धभक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनकर्मिले काफिया गजल सङ्ग्रह सिक्न चाहने र आधारभूत गजल सिद्धान्त जान्न चाहनेको लागि उपयुक्त कृति रहेको बताउनु भयो । ‘काफिया’ गजल सङ्ग्रह १ सय ३२ पृष्ठमा सङ्ग्रहित छ ।

डिजिटल प्रिन्टलिंक भक्तपुरले प्रकाशित गरेको यो कृतिको मुल्य १ सय पचास रुपैयाँ रहेको छ । त्यस्तै ‘मौनता बोल्छ’ कविता सङ्ग्रह दिलिप राजा कायस्थले प्रकाशन गरेको हो । यो कृति १ सय पृष्ठमा ५२ कविता अटाएका छन् भने मुल्य १ सय पचास रुपैयाँ रहेको छ ।

गजलकार रसिकको यस अघि ३ कृतिहरु क्रमस हृदयस्पर्शी छालहरु(गजल सङ्ग्रह–२०६३), तारापुञ्ज (फाँचल सङ्ग्रह २०६५) एलियनको पृथ्वी भ्रमण(बालकथा सङ्ग्रह–२०७२) प्रकाशित छन् भने १६ वर्षदेखि कर्मको रुपमा सञ्चार क्षेत्रमा कार्यरत रसिक हाल सगरमाथा टेलिभिजनको समाचार शाखामा कार्यरत छन् ।

पप्पु गुरुङ्, ११ असार, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कार्यालयले आफुले खरिद गरेको सवारी साधन राख्ने स्थान नभएर घाम पानीमा खुला अकाशमा राख्दै आएको छ् । जसले गर्दा नयाँ सवारी साधन बिग्रिने सम्भावना बढेर गएको छ् । हालै खरिद गरेको लाखौ सवारी साधन घाम, पानीेबाट बिग्रिने अवस्थामा रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आफ्नै भवन नहुदा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको हातामा सवारी साधन थन्काउनु परेको नगरपालिका कार्यायले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले खरिद गरेको टिप्पर, ट्याकटर लगाएतका सवारी साधन सुरक्षित राख्ने ब्यवस्था नभएको कारण दिन दिनै घाम पानीमा रहेको कारण बिग्रिने अवस्थामा रहेको नयाँ शक्ती नेपाल दोधारा चाँदनी नगरकमिटीका संयोजक पदम बहादुर सिंहले बताउनुभएको छ् । “लाखौं रुपियाको सवारी साधन नगरपालिका कार्यालयले लापरवाही गरको छ्” नयाँ शक्तीका संयोजक सिंहले भने । तत्कालै सवारी साधनको सुरक्षित राख्ने ब्यवस्था गर्नु पर्ने सिंहको भनाई छ् ।

११ असार, विराटनगर ।
शनिवार विहानदेखी परेको वर्षाका कारण विराटनगरक्षेत्रका सयौ घर डुवानमा परेका छन ।

वर्षाको पानीको निकास नभएपछी विराटनगर उपमहानगरपालीकाका २२ वटै वडा डुवानमा परेका छन । सयौ सर्वसाधारणको घरघरमा पानी पसेको छ ।

सडकभरी पानी जमेका कारण वाहिर निस्कन समेत समस्या भएको छ ।

पानीको निकास नहुदा मुख्य सडक, सहायक सडक तथा चौक चौराहामा दुइ फिटसँम्म पानी जमेको
छ ।

जसले गर्दा सर्वसाधारण तथा सवारी साधनहरुलाइ समेत आवत जावतमा समस्या भएको छ ।

११ असार, काठमाडौं ।
यो साताको सोमवार मात्र घटेको नेपाली शेयर बजारको परिसूचक पहिलो दिनको तुलनामा ४४.०२ अंकले बढेर अन्तिम दिन १६६६.२९ अंकमा पुगेको छ ।

परिसूचक बढे पनि यो साताको कारोवार रकम भने १५.७६ प्रतिशतले घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १४७ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ३२ हजार १८ कारोबारहरुबाट सात अर्ब ८२ करोड २९ लाख ४३ हजार रुपैयाँ बराबरका एक करोड १० लाख ९४ हजार ५ सय ७० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ अन्य समूहको बाहेक सबै समूहको कारोवारमा सुधार भएको छ ।

यो साता बिमा समूहको कारोवारमा मात्र ३१९ अंकले र जलविद्युत समूहको कारोवार १८६.४९ अंकले सुधार भएको छ ।

यो साता कारोबार रकमको आधारमा लुम्बिनी जनार इन्स्योरेन्स, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम र कारोबार संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेका छन ।

११ असार, काठमाडौं ।
दक्षिण अमेरीकि फुटबल संघ कोनमेबोलले जारी युरो कप फुटबल प्रतियोगिताको विजेता र जारी कोपा अमेरीका कप फुटबल प्रतियोगिताको विजेताबिच एउटा प्रतिस्पर्धा हुनु पर्ने प्रस्ताव अघि सारेको छ ।

कोनमेबोलका अध्यक्ष अलेक्जेन्ड्रो डोमिनिकले आफुले युरोपेली फुटबल संघ संग यस्तो प्रस्ताव राखे पनि उत्तर अभैm नआएको बताउनुभयो ।

कोपा अमेरीका कप फुटबल प्रतियोगिताको फाईनल खेल सोमबार बिहान अर्जेन्टिना र चिलीबिच हुने तय भईसकेको भए पनि युरो कपको नक आउट चरण शनिबार भर्खरै मात्र शुरु भएको छ ।

युरो कप फुटबल अन्तर्गत पर्चुगलका चर्चित फुटबल हस्ती क्रिस्चीयानो रोनाल्डोले प्रतियोगितामा फेरी अर्को कीर्तिमान बनाउने मौका पाएका छन् ।

समूह चरणको अन्तिम खेलमा गोल गर्दै लगातार चार वटा युरो कपमा गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले शनिबार मध्य राती क्रोएशिया बिरुद्धको हुने खेलमा गोल गर्न सके मिस्याल प्लेटिनिको नाममा रहेको युरो कपमा सर्वाधिक ९ गोलको कीर्तिमान संग बराबरी गर्ने छन् ।

रोनाल्डोले अहिले सम्म खेलेका जम्मा ४ युरोमा ८ गोल गरिसकेका छन् । उनले २ गोल गरेमा त झन् नँया कीर्तिमान नै बन्ने छ ।

पप्पु गुरुङ्-११ असार, दोधारा चाँदनी ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवरमा आज पनि हतियार सहित आएका भारतीय प्रहरीले मदिरा पसलमा छापा हानेको छ ।

दुई दिन पहिले हतियार सहित प्रवेश गरेर मदिरा उत्पादन र विक्री वितरण बन्द गर्न धम्की दिएर गएको भारतीय प्रहरीको टोली आज फेरी आएको हो । आज अपरान्ह हतियार सहित आएका भारतीय प्रहरीले एक मदिरा पसलबाट ३० लिटर मदिरा बरामद गरेर लिएर गएको बताइएको छ ।

नेपालका सुरक्षा निकायले नै गस्ती गर्नु पर्ने स्थानमा भारतीय प्रहरी आउन थालेको हो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक बिरेन्द्र वीर विश्वकर्माले भारतीय प्रहरी नेपाल आएको भए पनि मदिरा बरामद नगरेको बताउनुभयो ।

नेपालीले खोलेको पसलमा भारतिय बंगाली नागरिक काम गर्ने र सो पसलमा भारतीय नागरिकले मदिरा खाएर हो–हल्ला गर्ने भए पछि भारतीय प्रहरीले नेपालमा आएर सम्झाएको बुझिएको उहाले बताउनुभयो ।

नेपाली भू–भागमा भारतीय प्रहरीले छापा हानेको विषयमा भारतीय प्रहरी संग कुराकानी गरिने समेत प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । साथै उहाले कुतियाकवर र सुन्दरनगर क्षेत्रमा मदिरा उत्पादन र विक्रीवितरण नगर्न सूचना प्रवाह गरिएको र अटेरी बनेमा कारवाही गर्ने बताउनुभयो ।

उता स्थानियहरुले भारतिय प्रहरीहरुले समय समयमा नेपाली मदिरा पसलमा आएर घरेलु मदिरा अबैध भन्दै आफु संग लिएर जाने गरेको बताएका छन् । नेपाली प्रहरीले केहि नगर्ने तर भारतिय प्रहरीे सिमा क्षेत्रमा मदिरा पसल प्रति आपत्ती भएको बताउदै बेलाबखत छापा मार्ने गरेको सथानियहरुको गुनासो छ ।

“यो सरासर भातिय प्रहरीको ज्यादती भयो” नाउ उल्लेख सर्तमा कुतियाकवरका एक स्थानियले भने । दोधारा चाँदनीको कुतियाकवर र सुन्दरनगर लगायतका भारतीय सीमा क्षेत्रमा मदिराको उत्पादन र विक्री वितरण हुदै आएको छ । मदिराको कारोवार रोक्न नेपाल प्रहरी सक्रिय हुनु पर्नेमा नेपाली भूभागमा भारतीय प्रहरी आउन थालेको हो ।

११ असार, काठमाडौं ।
साहित्यका कथा, कविता, निबन्ध, उपन्यास, नाटक विधा तथा कलाका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत आज विभिन्न स्रष्टालाई राजधानीमा सम्मान गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन र गृहमन्त्री शक्तिबहादुर बस्नेतले साहित्य विज्ञान प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रमा प्रा डा अभि सुवेदी, प्रा डा सञ्जीव उप्रेती, डा रामप्रसाद ज्ञवाली, डा नवराज लम्साल, प्रमोद खरेल, सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

यसैगरी बालप्रतिभा नीतिका पौडेल, गरिमा गुरागाईँ, प्रीतिमा सापकोटा र सविन घिमिरेलाई पनि ‘बालतारा सम्मान’ प्रदान गरिएको थियो ।

प्राध्यापक डाक्टर बासुदेव त्रीपाठी लिलाध्वज थापा साहित्य सम्मान २०६३ बाट पुरस्कृत तथा सम्मानित

नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्नुभएका प्राध्यापक डाक्टर बासुदेव त्रीपाठीलाई लिलाध्वज थापा साहित्य सम्मान २०६३ बाट पुरस्कृत तथा सम्मानित गरिएको छ ।

लिलाध्वज थापा साहित्य प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा डा। त्रिपाठीलाई पच्चीस हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

त्यस अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य, संस्कृतिको प्रवद्र्धन गर्न र संस्थागत विकास गर्न श्रष्टाहरुको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।

कार्यक्रममा प्राडा बासुदेव त्रिपाठी, सुधा त्रिपाठी, ज्योती भण्डारी लगायतले स्वर्गिय लिलाध्वज थापाले नेपाली साहित्यको अधिबृद्धिमा पु¥याउनुभएको योगदानका बारेमा बोल्नु भएको थियो ।

लिलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विनयध्वज थापाद्वारा लिखित कर्णालीको कुनोदेखि मानसरोवर सम्म नामक पुस्तकको कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गर्नुभएको थियो ।

११ असार, महोत्तरी ।
विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि महोत्तरी जिल्लामा विषाक्त मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विषाक्त मदिरा उत्पादन गन जगतबहादुर बुलन र बिक्री वितरण गर्ने विनोद महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

गत शुक्रबार र शनिबार विनोद महराको मदिरा पसलबाट खुल्ला मदिरा ल्याएर सेवन गरेकोमा सहसौला, गौशाला, र औरहीका गरि पाँच जनाको मृत्यु भएको थियो ।

११ असार, काठमाडौं ।
सरकारले कृषिको ब्याबसायिकरणका लागि कृषिमा यान्त्रिकरण, सहज क्रणको व्यवस्था लगायतका कार्यक्रमहरु अगाडी सारेपनि यूवाहरु रोजगारीका लागी विदेशीने क्रम वढदैगएपछी कृषि कामका लागि जनशक्तिको अभाव बढ्दै गएको छ ।

यस्तो अवस्थामा पनि वैदेशीक रोजगारवाट फर्कने कतिपय यूवाले भने विदेशमा सिकेको सिप प्रयोगगरि ब्याबसायिक कृषिमा लागेपछी राम्रो प्रतिफल प्राप्त गरेका छन् ।

पच्छिल्लो समयमा सरकारले कृषि क्षेत्रको विकासलाई महत्व दिएर वजेट विनियोजन गरेको छ भने युवालाइ कृषिमा आकर्षित गर्ने गरि कृषिमा अनुदानका कार्यक्रमहरु ल्याएको छ ।

११ असार, मुगु ।
मुगु जिल्ला सदरमुकाम गमगढी देखि २ दिन टाढा उत्तरी सोरु भेगका ७ ओटा गाबिसका जनताहरुलाई प्रशासनिक सेवा पुरयाउने उद्धेश्यले जिमा गाबिसको सोरुकोटमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

राहदानी, नागरिकता, लगायतका अन्य महत्वपूर्ण प्रशासनिक कामकाजहरु सोरुममै पाउने भएपछी त्यस क्षेत्रका बासिन्दाको २ दिन हिँडेर जिल्ला सदरमुकाम गमगढी धाउनु पर्ने बाध्यता हटेको छ ।

१ जना अधिकृत, २ जना नायब सुब्बा सहित ६ जना कर्मचारीहरुको ब्यबस्था गरिएको ईलाका प्रशासन कार्यलयवाट सोरु भेगका ३ हजार घर धुरीका १६ हजार जनताहरु लाभाम्बित हुने छन् ।

पाल्पाको रामपुरमा पनि इलाका प्रहासन कार्यालय सञ्चालनमा आएको छ ।

सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटलको दुरीमा रहेको रामपुरमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि त्यस क्षेत्रका नागरिकलाई नागरिकता, राहदानी बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।