यस्तो हुँदैछ युरो र कोपा अमेरीका फुटवलका रोचक भिडन्तहरु

असार ११, २०७३ मा प्रकाशित | 1178 views

यस्तो हुँदैछ युरो र कोपा अमेरीका फुटवलका रोचक भिडन्तहरु

११ असार, काठमाडौं ।
दक्षिण अमेरीकि फुटबल संघ कोनमेबोलले जारी युरो कप फुटबल प्रतियोगिताको विजेता र जारी कोपा अमेरीका कप फुटबल प्रतियोगिताको विजेताबिच एउटा प्रतिस्पर्धा हुनु पर्ने प्रस्ताव अघि सारेको छ ।

कोनमेबोलका अध्यक्ष अलेक्जेन्ड्रो डोमिनिकले आफुले युरोपेली फुटबल संघ संग यस्तो प्रस्ताव राखे पनि उत्तर अभैm नआएको बताउनुभयो ।

कोपा अमेरीका कप फुटबल प्रतियोगिताको फाईनल खेल सोमबार बिहान अर्जेन्टिना र चिलीबिच हुने तय भईसकेको भए पनि युरो कपको नक आउट चरण शनिबार भर्खरै मात्र शुरु भएको छ ।

युरो कप फुटबल अन्तर्गत पर्चुगलका चर्चित फुटबल हस्ती क्रिस्चीयानो रोनाल्डोले प्रतियोगितामा फेरी अर्को कीर्तिमान बनाउने मौका पाएका   छन् ।

समूह चरणको अन्तिम खेलमा गोल गर्दै लगातार चार वटा युरो कपमा गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले शनिबार मध्य राती क्रोएशिया बिरुद्धको हुने खेलमा गोल गर्न सके मिस्याल प्लेटिनिको नाममा रहेको युरो कपमा सर्वाधिक ९ गोलको कीर्तिमान संग बराबरी गर्ने छन् ।

रोनाल्डोले अहिले सम्म खेलेका जम्मा ४ युरोमा ८ गोल गरिसकेका छन् । उनले २ गोल गरेमा त झन् नँया कीर्तिमान नै बन्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web