अर्जेन्टिनाका कप्तान मेसीद्वारा सन्यासको घोषणा

एजेन्सी,असार १३ । स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।  फुटबलको पुरानो प्रतियोगिता कोपा अमेरिकाले एक सय वर्षको शतकीय यात्रामा अर्जेन्टिना पराजित भएसँगै मेस्सीले सन्यासको घोषण गरेका हुन् । चिलीविरुद्धको खेलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्।

आँखाभरि आँशु झारेका मेसीले अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आफूले राष्ट्रिय टिमबाट लिएको सन्यायको निर्णयबारे बयान गर्दै भने,‘राष्ट्रिय टिमबाट खेल्न मलाई पुग्यो।’ चिलीविरुद्धको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि मेसी मैदानमै रुदै आफ्नो यात्रा यहीसम्म भएको र अब सकिएको बताएका छन्। च्याम्पियन बन्न नसक्दा दुखी भएको मेसीले बताए।

मेसीको नेतृत्वमा अर्जेन्टिना तीन मुख्य फाइनलमा पराजित भएको छ। सन् २०१४ को विश्वकपमा जर्मनीसँग हारेको अर्जेन्टिना लगातार दुई पटक कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको हो।

मेसीले अर्जेन्टिनी टिमसँग कोपाको फाइनलमा हार बेहोरेको पनि यो तेस्रो पटक हो। सन् २००७ को कोपा फाइनलमा ब्राजिलसँग पराजित हुँदा पनि मेसी अर्जेन्टिनी टिमका सदस्य थिए।

अमेरिकामा भएको कोपा अमेरिका सेन्टेनारियोमा मेसीले ५ गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड कायम गरे। उनले गाब्रियल बाटिस्टिुटाको नाममा रहेको ५४ गोलको रेकर्ड तोडेका हुन्। तर अर्जेन्टिनालाई उपाधि दिलाउन नसक्दा उक्त रेकर्डले मेसीलाई कुनै खुसी दिन सकेन।

सन् २००५ मा हंगेरी विरुद्धको खेलबाट अर्जेन्टिनाका लागि डेब्यु गरेका मेसीले २००६ मा क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए। त्यसपछि अर्जेन्टिनाका लागि ११२ खेल खेलेका मेसीले कुनै पनि ठुला अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न सकेनन्।  सोमबार बिहान भएको फाइनल जित्दै इतिहास रच्ने मेस्सीको सपना अधुरै बन्यो ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सीले क्लबमा राम्रो गरे पनि राष्ट्रका लागि केही गर्न नसकेको आरोप लाग्ने गरेको छ । यो पटक कोपा अमेरिकाको उपाधि उचाल्दै मेस्सीले विरोधीको आरोप खण्डन गर्न चाहन्थे । तर त्यस्तो हुन सकेन । समूह चरणदेखि सेमिफाइनलसम्म राम्रो प्रदर्शन गरेका मेस्सी पेनाल्टीमा चुक्दा टिम हार्न बाध्य भयो । गएको वर्ष भने मेस्सीले टाइब्रेकरमा गोल गरेका थिए ।

२३ वर्षपछि राष्ट्रलाई आफ्नो कप्तानीमा कोपा अमेरिकाको उपाधि दिलाउने मेस्सीको सपना अधुरै रह्यो ।

अर्जेन्टिनालाई हराउँदै चिलिले उचाल्यो कोपा अमेरिका उपाधि

१३ असार, काठमाडौं ।

चिली लगातार दास्रो पटक कोपा अमेरीका कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

अमेरीकामा सोमबार बिहान सम्पन्न फाईनलमा चिलीले अर्जेन्टिनालाई पेनाल्टि सुटआउटमा ४÷२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।

यस भन्दा अघिको कोपा कपमा पनि अर्जेन्टिना चिली संग पेनाल्टि सुटआउट मै पराजित भएको थियो ।
निर्धारीत समय र थपिएको अतिरीक्त समय गोल रहित बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय टाईब्रेकर बाट गरिएको थियो ।

चिलीका खेलाडीहरुले सर्वाधिक गोल कर्ता, उत्कृष्ठ किप्पर र प्रतियोगिता कै सर्वत्कृष्ठ खेलाडीको उपाधि गरी उत्कृष्ठ विधामा प्रदान गरिने तिन ओटै उपाधि पनि प्राप्त गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका चिलीका स्ट्राईकर ईडूराडो भारगासले सर्वाधिक गोल कर्ताको उपाधि स्वरुप एउटा गोल्डेन बुट अर्थात सुनको फुटबल खेल्ने जुत्ता प्राप्त गरेका थिए ।
उत्कृष्ठ किप्परको उपाधि पनि चिली का गोल रक्षक क्लाउडीयो ब्राभोले प्राप्त गरेका थिए ।

उनले उपाधि स्वरुप एउटा गोल्डेन ग्लभ अर्थात सुनको गोल रक्षकले लगाउने पन्जा प्राप्त गरेका
थिए ।

यसैगरी चिलीका एलेक्सिस् सानचेज प्रतियोगिता कै सर्वत्कृष्ठ खेलाडी घोषित भएका थिए ।
उनले उपाधि स्वरुप सुनको फुटबल प्राप्त गरेका थिए ।

टाई ब्रेकरमा अर्जेन्टिनाका चर्चित फुटबल हस्ती लियोनल मेस्सीले पेनाल्टिमा गोल गर्न चुकेका थिए । फाईनल खेल सकिएको केहि समय मै मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यास लिएका छन् ।
यो समेत गरेर अर्जेन्टिनाले नौ बर्षको अवधिमा ४ वटा ठूला प्रतियोगिताका फाईनलमा पराजय भोगेको छ ।

मेस्सीले अफुले सक्दो प्रयास गरे पनि केहि हुन नसकेकोमा दुख व्यक्त गर्दै अब राष्ट्रिय टिमको आफ्नो यात्रा समाप्त भएको पत्रकारहरुलाई जानकारी गराएका थिए ।

महानिरिक्षक राईले जुत्ताको तुना जवानलाई लगाउन लगाउँदा जनजातीहरु किन मौन ?

१३ असार, काठमाडौं ।
शसस्त्र प्रहरी महानिरिक्षक रहेका दुर्जकुमार राईले आफ्नो जुत्ताको तुना कस्न प्रहरी जवानलाई लगाएका छन् ।

काठमाडौं चन्द्रागिरी मन्दिर दर्शन गरेर फर्केपछि आफुले लगाएको जुत्ताको तुना कस्न लगाएपछि राईको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

यसअघि यस्ता गल्ती गर्दा अन्य थर तथा जातका ब्राम्हण जातिको चर्को बिरोध भएपनि यसमा जनजाती र मधेशी समुदायका भने मौन छन् ।

यसैलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा जनजातीहरुले गर्दा जे पनी सहि हुने भन्दै कथित जनजाती र तिनका नेता एवं अधिकारवादीहरुको चर्को बिरोध समेत भइरहेको छ ।

आउँदो साता देशैभरका नदीमा बाढीको सम्भावना !

काठमाडौं,असार १३ । भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ले भविष्यवाणी गरेको छ। कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ।  जल तथा माैसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य मुख्य नदीमा आउन सक्ने बाढीको अनुगमन गर्दै सर्वसाधारणलाई सतर्क गराउँदै आएको छ।

आउँदो साताको भविष्यवाणीपछि विभागले सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन काम थालेको छ। ‘ग्लोबल हाइड्रोलोलिजकल मोडेलहरुले घनघोर वर्षापछि बाढीको आंकलन गरेकाले हामीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएका छौं,’ शाखाका बाढी भविष्यवाणी विज्ञ विनोद पराजुलीले भने,‘सकेसम्म सर्वसाधारण सचेत होऊन् र धनजनको क्षति नहोस भन्ने हाम्रो उदेश्य हो।’

पराजुलीका अनुसार प्रमुख नदीहरुमा स्थापना गरिएका बाढी पूर्वानुमान केन्द्रहरुबाट रियल टाइम बेसिसका आधारमा प्राप्त हुने जलसतह र वर्षाको विवरणका आधारमा गरिने बाढी पूर्वानुमान सेवा विभागको वेवसाइटमा सेत हेर्न र थाहा पाउन सकिन्छ। कान्तिपुर दैनिकमा समाचार छ ।

माओवादी केन्द्रमा नयाँ प्रस्ताव: महाधिवेशनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं,असार १३ । नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि संगठन चुस्त, दुरुस्त बनाउने गरी कार्यविधिमा छलफल थालेको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्यविधिमाथि छलफल गरेको हो ।   पार्टीको संगठनात्मक कार्यविधि बनाउन १० जेठमा वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन भएको थियो। विभिन्न माओवादी घटकहरूसँगको एकतापछि माओवादीको संगठनात्मक संरचना भद्दा भएको भन्दै आलोचना भइरहेका वेला उसले महाधिवेशनपछि संगठनलाई प्रभावकारी बनाउने गरी कार्यविधि तयार पारेको छ। माओवादीले आगामी माघसम्ममा महाधिवेशन गर्ने तयारी थालेको  नयाँ पत्रिका दैनिकमा समाचार छ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई समानुपातिक बनाउने भएको छ। केन्द्रीय कमिटी भने १ सय ५१ सदस्यीय हुनेछ। जसमा ५० प्रतिशत खुला, ४० प्रतिशत विशेष व्यवस्था र १० प्रतिशत मनोनयनको व्यवस्था गर्ने मापदण्ड माओवादीले बनाएको छ। अब माओवादीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेछ।

सिंहदरवारभित्रैको निर्माणमा अनियमितता

काठमाडौं,असार १३ ।  देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ । संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदर।बारकै निर्माणमा गैरजिम्मेवारिपना र अनियमितता हुने गरेेको औँल्याएको हो । सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन नाली निर्माण तथामर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपन र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको आजको राजधानी दैनिकमा समाचार छ ।

गैरजिम्मेवारीपनामा भएको उल्लेख गरिएको काहाँ कहाँ र कसरी अनियमितता भयो भन्ने स्पष्टसँग उल्लेख नगरिएपनि स्थलगत निरीक्षणका क्ममा सम्झौताअनुसारको काम पूरा नगरिएको, मापदण्डविपरीत कार्य गरेको, सरकारी निकायबीच समन्वय नभएको, काम अलपत्र छोडेकोलगायत अनियमितता उल्लेख भएको छ ।

यो प्रतिवेदनसँगै सिंहदरबारभित्रकै निर्माणमा त उचित रुपमा काम हुँदैन भने दूरदराजको अवस्था के होला भन्ने गम्भिर प्रश्न उठाएको छ ।

छुट्टिमा आएर अफगानिस्तान फर्कन चाहनेलाई अनुमति !

काठमाडौं,असार १३ । सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुकमा जान प्रतिवन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टिमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकोले नजान आग्रह गर्दै सर्वसाधरणलाई ट्राभल एडभाइजरी गर्ने र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

अफगानिस्तानको राजधानी काबुलमा क्याडेली दूतावासमा गार्डको काम गर्दै नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकबादी आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषदले  अफागनस्तिान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारीका लागि जान प्रतिवन्ध लागएको थियो । श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा स्वयं छुट्टीमा आएकालाई फर्काउन पहल गर्दै विभिन्न सरोकारवालासँग छलफलमा सक्रिय भएका छन् ।

युरोकप: बेल्जियम क्वाटरफाइनलमा, हंगेरी घर फर्कियो

एजेन्सी,असार १३ ।  हंगेरीमाथि शानदार जित हात पार्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा हंगेरीलाई ४–० ले हराएर बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो । बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, मिचु बाट्शुयी, इडन हर्जाड र यानिक काररास्कोले एक एक गोल गरे । खेलको १० औं मिनेटमा  टोबी अल्डिवेरोल्डको गोलबाट अग्रता लिएको बेल्जियमले पहिलो हाफ भने १० ले अग्रता लिएको थियो । थप गोल भने दोस्रो हाफमा गरेको हो ।

७८ औं मिनेटमा मिची बाट्सुयीले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै हजार्डले शानदार गोल गरे । खेलको अन्तिम मिनेटमा यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४९० को जित दिलाए ।

समूह एफको विजेताको रुपमा अन्तिम १६ मा आएको हंगेरी समूह इको उपविजेता बेल्जियमसँग पराजित भएर घर फर्किन बाध्य भयो ।   हंगेरीलाई हराएको बेल्जियमले भने क्वाटरफाइनलमा अब वेल्ससँग खेल्ने छ । वेल्स शनिबार भएको खेलमा नर्दन आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।

युरोकप: स्लोभाकियालाई हराउदै जर्मनी अन्तिम आठमा

एजेन्सी,असार १२ । जर्मनी युरोकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । आइतबार बेलुका भएको प्रिक्वाटरफाइनलमा तीन पटकको युरो विजेता जर्मनीले पहिलो पटक डेब्यू गरेको स्लोभाकिया ३-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  लिलेमा भएको खेलमा जर्मनीले खेलको  ८ औं मिनेटमा नै अग्रता लिएको थियो । दास्रो गोल भने खेलको ४३ औ मिनेटमा गोम्जाले गरेका थिए ।

पहिलो हाफ २ गोलले अग्रता लिहुनेछ । जमर्नी समूह सीको विजेताको रुपमा अन्तिम १६ मा आएको हो । समूह बीको स्लोभाकिया भने उत्कृष्टएको जर्मनीले दोस्रो हाफको ६३ औ मिनेटमा गोल गर्दै खेल ३० को अग्रता लियो ।  त्यसपछि कुनै तर्फवाट पनि गोल हुन सकेन र खेल जर्मनीले जित्यो ।  इंगल्याण्ड, रसिया, वेल्स जस्ता टीम रहेको समूहबाट उत्कृष्ट तेस्रो हुँदै स्लोभाकिया अन्तिम १६मा आएको हो।

‘नेपाल डे फेस्टिवल’ अतिथि देवो भव : ‘नेपालको चिनारि र एकता प्रदर्शनको अवसर’-अध्यक्ष थापा

१३ असार, टोकियो ।
आगामी अगष्ट ६ र ७ तारिकमा जापानमा हुन लागेको नेपाल डे फेस्टिवललाई अतिथि देवो भवका रुपमा अघि बढाइने भएको छ ।

यसअघि जापानमा नेपाल चिनाउने अवसर र नेपाली बिच भेटघाटमा सिमित हुने ठानिएको नेपाल डेलाई आयोजक संस्था एनआरएन जापानले जापानी नागरिकलाई नेपाल चिनाउने र नेपालमा पर्यटकको रुपमा पठाउने लक्ष्य अघि सारेको छ ।

गैर आवासिय नेपाली संघले यसअघि नै घोषणा गरेको अतिथि देवो भवको नारालाई आत्मसाथ गर्दै एनआरएन जापनले नेपाल डे फेस्टिवललाई नेपालको पर्यटनसँग जोडेर अघि सारेको हो ।
अतिथि देवो भव कार्यक्रमको संयोजकको रुपमा एनआरएन आएसिसीका उपाध्यक्ष भवन भट्न रहनुभएको छ ।

नेपाल डे फेस्टिबल २०१६ को मुल आयोजक समितिको पाचौं बैठकले आइतबार यस्तो निर्णय गर्दै आफ्ना कार्यक्रमहरुलाई केही परिमार्जन समेत गरेको छ ।

बैठकमा एनआरएन जापानका अध्यक्ष सुदन थापाले नेपाल डे फेस्टिवल जापानमा सिङ्गो नेपालको चिनारि र नेपालको एकता कायम हुने सौभाग्य भएको बताउनुभयो । थापाले सौहार्दपुर्ण बातावरणमा पुर्ण मर्यादित ढंगले कार्यक्रम सम्पन्न गर्न र सहभागी हुन र गराउन आव्हान समेत गर्नुभएको छ ।

बैठकमा उपस्थित बिभागिय प्रमुखहरुले आ-आफ्नो बिभागको प्रगति बिबरण पेश गरेका थिए ।

गत हप्ता जापानमा रहेका नेपाली ब्यावसायीहरुसंग भएको छलफलमा नेपाली खानाको स्टलहरु बढि भएको साथै निर्णय लिने समय छोटो भएको गुणासोलाई मध्यनजर राख्दै आजको बैठकले नेपाल डे फेस्टेबलमा २० वटा भन्दा बढी खानाको स्टल नराख्ने साथै स्टलको बुकिङ गर्ने अन्तिम मितिलाई सारेर अगमी जुन २९ तारिखसम्मको लागि थप गर्ने निर्णय गरेको छ ।

बैठकले खानाको स्टल सिमित भएकोले समयमै आफ्नो लागि स्टल बुकिङ गर्नको लागि खानाको स्टल ब्यबस्थापन समिति मार्फत ब्यबसायीहरुलाई यथासिघ्र खबर गर्ने निर्णय समेत गरेका छन।

बैठकले नेपाल डे फेस्टिबल उद्घाटनका दिन मह जात्रामा र फेस्टिबलमा सहयोग गर्नुहुने प्रायोजकहरुलाई सधन्यवाद सहित प्रशंसा पत्रबाट सम्मानि गर्ने निर्णय गरेको एनआरएन जापान सचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

बैठकले आजका मितिसम्म स्टल र आर्थिक सहयोग संकलनलाई बढि प्राथमिकता दिएको भएपनि अबदेखी सबै बिभागहरुले आआफ्नो क्षेत्र अन्तरगत पर्ने कार्यहरुलाई युद्धस्तरमा अघि बढाउन समेत निर्देश दिएको छ ।

यस्तै बैठकले जापानमा रहेका संघसंस्थाहरुका लागि ५०,००० येनमा स्टल उपलब्द गराउने निर्णय गरेको छ । तर यो सहुलित दरमा उनीहरुले आफ्नो क्षेत्र, संस्कृति, भाषा, भेषभूषाको प्रबर्धन बाहेकको कृयाकलापहरु गर्न र गराउन पाउने छैनन ।

यस दुई दिने महामेलामा जापानमा कार्यरत नेपाली तथा जापानी चिकिस्तकहरुले निशुल्क स्वस्थ्य परामार्श सेवा समेत दिने भएका छन ।

यस महामेलामा नेपाल र नेपालीको चिनारिको साथै नेपालको ब्यापारिक पक्ष संगै पर्यटन प्रवद्धन तिर बिशेष केन्द्रित रहने छ भने यसको मुल नारा 'अतिथि देव भव:' रहने बैठकले गरेको छ ।

जापान नेपाल डे फेस्टिवल स्टल बुकिङ जुन २५ तारिक सम्म

एनआरएन जापान सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउँदै

जापान 'नेपाल डे फेस्टिवल'को सूचना

नेपाल फेस्टिवल स्टल बुकिङ खुल्ला, आयोजक सहित विभिन्न समिति गठन"

गोविन्द केसी अनसन बस्ने भन्दा अख्तियारको यस्तो रडाको, केसीलाई मानसिक रोगीको संज्ञा

१२ असार, काठमाडौं ।
झण्डै एक सय बढी नक्कली डाक्टर पक्राउ परिरहेको बेलामा तिनै मुद्दा सहित यसअघि चार पटक अनसन बसिसकेका डा. गोविन्द केसी आफ्ना सबै माग पुरा नभएपछि फेरी अनसन बस्ने तयारीमा लागेका छन् ।

सामाजिक अभियन्ता केसीले दुई हप्ताभित्र माग पूरा नभए अनसन बस्ने चेतावनी सरकारलाई दिएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. केसीले चार बुँदे माग सार्वजनिक गर्दै आफ्ना माग पूरा नभए आमरण अनसनमा बस्ने घोषणा गरेका हुन् ।

आइतबार शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर प्राध्यापक केसीले ४ बुँदे माग पुरा नभए असार २६ गतेदेखि आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग सहित चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गर्नुपर्ने माग केसीले अघि सारेका छन् ।
तर केसीको पहिलो माग अर्थात् अख्तियारका विवादीत प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने कुराले अख्तियारले अपशब्द नै प्रयोग गरि विज्ञप्ति निकाल्न भ्याएको छ ।

डा. केसीले माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्नुपर्ने माग समेत गरेका छन् ।

विगतमा भएका सहमति सम्झौताको अक्षरस पालना गर्न माग गर्दै डा. केसीले जारी गर्नुभएको विज्ञप्ति यस्तो छ ।

महाअभियोग माग गर्दा जनताको करबाट तलब भत्ता खाएका लोकमानको यस्तो चर्तिकला

सामाजिक अभियन्ता डा। गोविन्द केसीले आइतवार पत्रकार सम्मेलन मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संसदवाट महाअभियोगक लगाउनु पर्ने माग गरेपछि अख्तियारले कडा भत्सना गरेको छ ।

आफ्ना माग पुरा नभए असार २६ गतेदेखि आवरन सनशन बस्ने घोषण गरे लगत्तै अख्तियार प्रमुख कार्कीको निर्देशनमा अपशब्द प्रयोग गर्दै कार्कीले आफ्नो बचाउ गर्न लगाएका छन् ।

यहाँसम्मकी अख्तियारले विज्ञप्तिमा केसीको मानसिक समस्या भएको क्षुब्द शब्द प्रयोग गर्दै उपचारको माग गरेको छ ।

आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोगले सरकारसँग आग्रह गर्दछु विज्ञप्तिमा भनिएको छ । साथै आयुक्त माथि लगाइएको आरोप पुष्टी गरी देखाउने समेत अख्तियारले विज्ञप्ति मार्फत डा. केसीलाई चुनौती दिएको छ ।

अख्तियारको नौटंकी
अख्तियारले फेसबुक मार्फत पहिलो बिज्ञप्तिमा लेखेको भाषा बारेमा सर्वत्र आलोचना हुन थालेपछि अर्को विज्ञप्ति निकाल्दै पहिलो विज्ञप्ति सच्यायार मानसिक शब्द हटाएको छ ।

यस्तो छ लोकमान सिंह कार्कीको बचाउनमा अख्तियारले निकालेको विज्ञप्ति

विज्ञप्ति सहित प्रेस विज्ञप्तिः २०७३।०३।१२ गते । ————————————-

डा. गोबिन्द के.सी. द्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ । आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई चुनौति दिन चाहन्छ ।

जहाँसम्म काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परिक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ ।

प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग, डा. के.सी. लाई थप चुनौति दिन चाहन्छ र उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ । डा. के.सी. का तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ ।

यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा. के.सी.को सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् । वस्तुत: आयोग पदाधिकारीहरु बिरुद्द केन्द्रित पछिल्लो प्रस्तावलाई डा. के.सी.का यिनै सन्देहास्पद गतिबिधीका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह छ ।

चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. के.सी.ले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन ।

अद्याबधी राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा. के.सी.का कार्य प्रवृत्ति आफैंमा खेदजनक छन्। आयोग, डा. के.सी. लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिन चाहन्छ । सँगसँगै बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. के.सी.को मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ ।

डा. के.सी. ले स्वास्थ्य क्षेत्रको सुधारका नाममा उचो स्वर गरिरहँदा वहां आफैं कार्यरत त्रि.बि.शिक्षण अस्पतालको जर्जर अबस्थितिलाई झाँकेर हेर्नु वाञ्छित हुनेछ र वहाँमा सेवारत संस्थाप्रतिको न्यूनतम् दायित्वोध भएको खण्डमा शिक्षण अस्पतालको अस्वस्थताको उपचारका लागि आफूलाई तैनाथ गर्नु बुद्दिमानी हुनेछ । भ्रष्टहरुको माखेसाङ्गलोमा जेलिएका डा. के.सी. लाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आयोग थप सुझाब दिन चाहन्छ । वस्तुत: नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा. के.सी.का खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्दता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा बिदितै छ ।

साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ । आयोग यस्ता कुनैपनि काल्पनिक र निराधार आक्षेपहरुको भ्रममा नपर्न आम-जनमानसमा आग्रह गर्दछ । साथ-साथै आयोग, भ्रष्टहरुद्वारा प्रायोजित मनोगत लाञ्छनाकै आधारमा भ्रष्टाचार बिरुद्दको आफ्नो कर्तव्यपथबाट किंचित बिचलित नहुने तथ्य समेत स्पष्ट पार्न चाहन्छ ।

लोकमानका चम्चाहरू -भरत दाहाल

डा.गोबिन्द केसीलार्इ निकृष्टको उपमा दिंदै हिंड्ने अख्तियारका नेताहरू लोकमानका चम्चा हुन् ?

देशलाइ भ्रष्टाचारिले खाइसकेको देख्दादेख्दै, सबै जीवन प्रणालि माफिया सञ्जालले कब्जा गरिसकेको थाहा पाउँदा पाउँदै र नेता, कर्मचारीदेखि एनजिओकर्मिहरू सम्मका आलिशान महलहरू देख्दादेख्दै माखो नमारेर एकाध मानिसहरूलाइ निशाना साधेकै भरमा सुशासनको पगरि गुथ्न तम्सेका तिमीहरू भारतीय दलाल होइनौं भने कृष्ण सिटौलाको सुडान घोटाला काण्डमा हात हाल्ने हिम्मत गरेर देखाउ त ।

शेरबहादुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, हिसीला यमी, विजय गच्छेदार, प्रचण्ड, बाबुराम, बामदेव, माधव नेपाल, सेनाका जर्नेलहरू, प्रहरि हाकिमहरू, मन्त्रालयका सचिवहरू, काला बजारिया मारवाडिहरूमाथि हात हाल्न सक्छौ ? यिनीहरूको सम्पत्ति कहाँबाट जुटेको हो भन्ने कुरा देखाउन सक्छौ ?

गोबिन्द केसी जस्तो सामान्य नागरिकलाइ गालि गर्ने तिमीहरू दिल्लीका प्यादाहरू होइनौ भने सबै दलका मूख्य नेता र काला ब्यापारीहरूलाइ पक्रेर देखाउ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web