माओवादी केन्द्रमा नयाँ प्रस्ताव: महाधिवेशनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी

असार १३, २०७३ मा प्रकाशित | 876 views

काठमाडौं,असार १३ । नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि संगठन चुस्त, दुरुस्त बनाउने गरी कार्यविधिमा छलफल थालेको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्यविधिमाथि छलफल गरेको हो ।   पार्टीको संगठनात्मक कार्यविधि बनाउन १० जेठमा वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन भएको थियो। विभिन्न माओवादी घटकहरूसँगको एकतापछि माओवादीको संगठनात्मक संरचना भद्दा भएको भन्दै आलोचना भइरहेका वेला उसले महाधिवेशनपछि संगठनलाई प्रभावकारी बनाउने गरी कार्यविधि तयार पारेको छ। माओवादीले आगामी माघसम्ममा महाधिवेशन गर्ने तयारी थालेको  नयाँ पत्रिका दैनिकमा समाचार छ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई समानुपातिक बनाउने भएको छ। केन्द्रीय कमिटी भने १ सय ५१ सदस्यीय हुनेछ। जसमा ५० प्रतिशत खुला, ४० प्रतिशत विशेष व्यवस्था र १० प्रतिशत मनोनयनको व्यवस्था गर्ने मापदण्ड माओवादीले बनाएको छ। अब माओवादीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web