अर्जेन्टिनाका कप्तान मेसीद्वारा सन्यासको घोषणा

असार १३, २०७३ मा प्रकाशित | 1281 views

एजेन्सी,असार १३ । स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।  फुटबलको पुरानो प्रतियोगिता कोपा अमेरिकाले एक सय वर्षको शतकीय यात्रामा अर्जेन्टिना पराजित भएसँगै मेस्सीले सन्यासको घोषण गरेका हुन् । चिलीविरुद्धको खेलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्।

आँखाभरि आँशु झारेका मेसीले अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आफूले राष्ट्रिय टिमबाट लिएको सन्यायको निर्णयबारे बयान गर्दै भने,‘राष्ट्रिय टिमबाट खेल्न मलाई पुग्यो।’ चिलीविरुद्धको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि मेसी मैदानमै रुदै आफ्नो यात्रा यहीसम्म भएको र अब सकिएको बताएका छन्। च्याम्पियन बन्न नसक्दा दुखी भएको मेसीले बताए।

मेसीको नेतृत्वमा अर्जेन्टिना तीन मुख्य फाइनलमा पराजित भएको छ। सन् २०१४ को विश्वकपमा जर्मनीसँग हारेको अर्जेन्टिना लगातार दुई पटक कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको हो।

मेसीले अर्जेन्टिनी टिमसँग कोपाको फाइनलमा हार बेहोरेको पनि यो तेस्रो पटक हो। सन् २००७ को कोपा फाइनलमा ब्राजिलसँग पराजित हुँदा पनि मेसी अर्जेन्टिनी टिमका सदस्य थिए।

अमेरिकामा भएको कोपा अमेरिका सेन्टेनारियोमा मेसीले ५ गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड कायम गरे। उनले गाब्रियल बाटिस्टिुटाको नाममा रहेको ५४ गोलको रेकर्ड तोडेका हुन्। तर अर्जेन्टिनालाई उपाधि दिलाउन नसक्दा उक्त रेकर्डले मेसीलाई कुनै खुसी दिन सकेन।

सन् २००५ मा हंगेरी विरुद्धको खेलबाट अर्जेन्टिनाका लागि डेब्यु गरेका मेसीले २००६ मा क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए। त्यसपछि अर्जेन्टिनाका लागि ११२ खेल खेलेका मेसीले कुनै पनि ठुला अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न सकेनन्।  सोमबार बिहान भएको फाइनल जित्दै इतिहास रच्ने मेस्सीको सपना अधुरै बन्यो ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सीले क्लबमा राम्रो गरे पनि राष्ट्रका लागि केही गर्न नसकेको आरोप लाग्ने गरेको छ । यो पटक कोपा अमेरिकाको उपाधि उचाल्दै मेस्सीले विरोधीको आरोप खण्डन गर्न चाहन्थे । तर त्यस्तो हुन सकेन । समूह चरणदेखि सेमिफाइनलसम्म राम्रो प्रदर्शन गरेका मेस्सी पेनाल्टीमा चुक्दा टिम हार्न बाध्य भयो । गएको वर्ष भने मेस्सीले टाइब्रेकरमा गोल गरेका थिए ।

२३ वर्षपछि राष्ट्रलाई आफ्नो कप्तानीमा कोपा अमेरिकाको उपाधि दिलाउने मेस्सीको सपना अधुरै रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web