अर्जेन्टिनालाई हराउँदै चिलिले उचाल्यो कोपा अमेरिका उपाधि

असार १३, २०७३ मा प्रकाशित | 1345 views

१३ असार, काठमाडौं ।

चिली लगातार दास्रो पटक कोपा अमेरीका कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

अमेरीकामा सोमबार बिहान सम्पन्न फाईनलमा चिलीले अर्जेन्टिनालाई पेनाल्टि सुटआउटमा ४÷२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।

यस भन्दा अघिको कोपा कपमा पनि अर्जेन्टिना चिली संग पेनाल्टि सुटआउट मै पराजित भएको थियो ।
निर्धारीत समय र थपिएको अतिरीक्त समय गोल रहित बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय टाईब्रेकर बाट गरिएको थियो ।

चिलीका खेलाडीहरुले सर्वाधिक गोल कर्ता, उत्कृष्ठ किप्पर र प्रतियोगिता कै सर्वत्कृष्ठ खेलाडीको उपाधि गरी उत्कृष्ठ विधामा प्रदान गरिने तिन ओटै उपाधि पनि प्राप्त गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका चिलीका स्ट्राईकर ईडूराडो भारगासले सर्वाधिक गोल कर्ताको उपाधि स्वरुप एउटा गोल्डेन बुट अर्थात सुनको फुटबल खेल्ने जुत्ता प्राप्त गरेका थिए ।
उत्कृष्ठ किप्परको उपाधि पनि चिली का गोल रक्षक क्लाउडीयो ब्राभोले प्राप्त गरेका थिए ।

उनले उपाधि स्वरुप एउटा गोल्डेन ग्लभ अर्थात सुनको गोल रक्षकले लगाउने पन्जा प्राप्त गरेका
थिए ।

यसैगरी चिलीका एलेक्सिस् सानचेज प्रतियोगिता कै सर्वत्कृष्ठ खेलाडी घोषित भएका थिए ।
उनले उपाधि स्वरुप सुनको फुटबल प्राप्त गरेका थिए ।

टाई ब्रेकरमा अर्जेन्टिनाका चर्चित फुटबल हस्ती लियोनल मेस्सीले पेनाल्टिमा गोल गर्न चुकेका थिए । फाईनल खेल सकिएको केहि समय मै मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यास लिएका छन् ।
यो समेत गरेर अर्जेन्टिनाले नौ बर्षको अवधिमा ४ वटा ठूला प्रतियोगिताका फाईनलमा पराजय भोगेको छ ।

मेस्सीले अफुले सक्दो प्रयास गरे पनि केहि हुन नसकेकोमा दुख व्यक्त गर्दै अब राष्ट्रिय टिमको आफ्नो यात्रा समाप्त भएको पत्रकारहरुलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web