The meeting of the Public Account Committee today has decided to call the Information Minister and the Information Secretary to take the information why its direction delivered to Nepal Television was not implemented yet.

The committee directed the Ministry to put the NTV General Manger and some other officials away from their responsibility until the probe committee's report was implanted. A probe committee was formed to investigate into the embezzlement connected with the GM and other officials.

The committee has stated that why its direction was not implemented, adding that the Ministry surprisingly replied with taking suggestions from the Attorney General rather implementing its directive.

प्रचण्डले धोका दिएपनी सरकार ढाल्न नदिने एमाले र बाँकी सत्ताघटकको निर्णय (विज्ञप्ति सहित)

२८ असार, काठमाडौं ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारमा रहेका बाँकी दलहरुले ओलीको साथ नछोड्ने निर्णय गरेका छन् ।

प्रचण्डले ओली सरकारलाई धोका दिएको निष्कर्ष निकाल्दै सत्ता घटक दलहरुको बैठक र एमालेको छुट्टै बैठकले सरकारको संवैधानिक बचाउ गर्ने निर्णय गरेको हो ।

यस्तो छ सत्तारुद्ध दल र नेकपा एमालेको बैठकपछि जारी छुट्टा छुट्टै विज्ञप्ति
सत्तारुढ दलको बैठक

सरकारले नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिपछी उत्पन्न परिस्थितीको दृढता पूर्वक सामना गर्ने निर्णय गरेको छ ।

वर्तमान सरकारबाट बाहिरिने माओवादी निर्णयपछीको परिस्तथित र अवको रणनीतिका बिषयमा छलफल गर्न माओवादी वाहेकको सत्तारुढ दलको साँझ प्रधानमन्त्री निवास वालुवाटारमा वसेको बैठकले प्रधानमन्त्रीले राजिनामा नदिने र सवै परिस्थितीको प्रजातान्त्रिक रुपमा दृढता पूर्वक सामना गर्ने निर्णय गरेको उपप्रधानमन्त्री सि पी मैनालीले जानकारी दिनुभयो ।

सविधानको कार्यान्वयन, राष्ट्रहित र स्वाभिमानका लागि काम भै रहेको परिस्थितीमा माओवादी केन्द्र सरकारबाट बाहिरिनुले देशमा अस्थिरता चाहने तत्वलाई वल पुर्याउने ठहर बैठकले गरेको उपप्रधानमन्त्री मैनालीले जानकारी दिनुभयो ।

मितिः २०७३/०३/२८
प्रेश वक्तव्य

नेकपा एमाले स्थायी कमिटिको ४० औं विशेष बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बस्यो । बैठकले देहायको विशेष निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ ।

वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको यथार्थ सर्वविधितै छ ।

सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ ।

वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा,आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ ।

नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक अगाडि बढ्नेछ । राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि काम कार्बाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई नेकपा (एमाले) आह्वान गर्दछ ।

नेकपा (एमाले) उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्नेजानकारी गराउदछौं ।

ईश्वर पोखरेल
महासचिव

‘प्रधानमन्त्री ज्यु यो लडाई शेरबहादुर र प्रचण्डसँग होइन यिनका मालिक मोदीसँग हो’

सम्माननीय प्रधानमन्त्रि ज्यु,
यो लडाइ शेरबहादुर, प्रचन्ड र पार्टि भित्रका केहि दलाल तथा विस्तारवाद र साम्राज्यवादका पाल्तु कुकुरहरु सग होइन ।
यो लडाइ त यिनका मालिक९मोदि० सगको हो । यसर्थ यो लडाइ जित्नु छ ।

देशको स्वाभिमान र स्वाधीनता का खातिर तपाईलाइ यो ठुलो अवसर पनि हो । जोकोहिले यस्तो अवसर प्राप्त नगर्ने सक्छन जुन तपाईलाइ मिलेको छ ।

निर्णय तपाइको हातमा छ कायर भयर लुरुक्क छोड्नेकि विर भएर सामना गर्ने ,इतिहास रच्ने कि ?

देशलाइ विस्तारवादको पाउमा छोडेर गुम्नाम हुने त्यो तपाइको कुरा हो तर अहिले सम्म नझुकेको तपाइको शिर हार मानेर घर फर्केनेवाला छैन यदि हार्यो भने सन् २०३० सम्ममा नेपाललाइ सिक्किमिकरण गर्ने विस्तारवादी पाल्तु कुकुरहरुको योजना सफल हुनेछ ।

जित्यो भने विश्वसामु आफुलाइ उदयमान विशाल नेपालका रुपमा उभ्याउन सफल हुनेछौं । बरु आवश्यक पर्छ भने तपाई हिटलर अनि मुशोलोनि बनेर आउनुस लाखौं जनता यो विस्तारवाद विरुद्धको मुक्ति मोर्चामा होमिन तयार छ ।

खुट्टा नकमाउनुस् र नडगमगाउनुस, हामि देशभक्त स्वाभिमानी युवाहरु तपाइको साथमा छौं ।

यो लडाइ हारियो भने देशले ठुलो मुल्य चुकाउनु पर्नेछ र हामिले गद्दारको पगरि भिर्नु पर्ने छ ।

यसर्थ यो लाडाइ जित्नु छ, हामि देशको वलिदानि हेर्ने चाहान्नौं बरु देशका लागि आफुलाइ बलिदानी गर्ने तयार छौं ।
तपाई अघि बढ्नुस हामि ढाल बनेर उभिन तयार छौं । यो युद्ध हो हामिले जित्नु छ ।

जय नेपाली स्वाभिमान !!!

-नेत्र मैनाली

साम्राज्यवादी हत्केलाको सुतलि बम-भरत दाहाल

इण्डीयनहरूकाे असभ्य सत्ताले
अाफूले उपहार दिएकाे हेलिकाेप्टरकाे भुक्तनि बिल पठाएकाे समाचार अाएपछि
अाजै मात्र मैले याे घटनालार्इ अाफूले चाराे ख्वाएका बचेराहरूका लागि 'गर
या मर'काे संकेतका रूपमा दिएकाे चेतावनी पनि हाे भन्ने टिप्पणी गरेकाे
थिएँ। बिल भुक्तानि समाचारकाे १२ घन्टा नबित्दै एमाअाेवादी केपी सरकारबाट
बाहिरियाे।

एमाअाेवादीलार्इ सरकारबाट निकाल्न शेरबहादुरले गरिदिएकाे
कबुलियतनामाका ७ वटा बुँदाहरूमा पुष्पकमल दाहालले केपीसंग किचकिच गर्नका
लागि तेर्स्याएका कुनै पनि मागहरू मूर्त
रूपमा लेखिएका छैनन्, केवल तमसुके भाषा नै छ। यसबाट सहजै के कुरा बुझिन्छ
भने सरकार ढाल्नका लागि दाहाल विवसताकाे नियतिबाट गुज्रिंदै अाएका थिए।

माअाेवादी नेताहरूकाे जीन्दगीकाे लगाम हेगका बाेसहरूले फुत्कार्इ सकेका
छन्। उनीहरूले अार्जन गरेकाे श्रीसंपत्तिकाे पाेकाे तिनै बाेसहरूका बैंकमा
खात लागेकाे छ। 'शान्ति प्रकृया' टुंगिएकाे फैसला गर्ने न्यायाधिशहरू पनि
तिनै हुन्। १० बर्षकाे लामाे कालखण्डमा डेरा दिने, गाेलि दिने,
स्याटालार्इट फाेनहरू दिने, तालिम दिने सबैकाम तिनकै हुन्।

यति
मात्रै हाेर्इन, माअाेवादी नेताहरूले लेफ्ट-रार्इट गर्दै अटलबिहारी
वाजपेयीकाे कार्यालयमा अाफै बिन्तिपत्र हालेका छन्। बिन्तिपत्रमा बाेसलार्इ
हानि गर्ने कुनै काम नगरिने बाचा छ। यतिबेला नेपालसंग चीनकाे संबन्ध
विस्तारका कारणले बाेसहरू निकै ठूलाे संकटमा फसेका छन्। याे संकट टार्न
हत्केलाकाे सुतलि बम पट्काउनै पर्ने थियाे।

अर्काकाे हातमा
समातिएकाे सुतलि बमबाट स्थिरताकाे अाशा गर्नेहरू महामूर्ख थिए। तर सवाल यति
मात्र छैन। केपीले अाफूमाथि हानिएकाे सुतलि बमलार्इ के कसरि प्रतिकार
गर्छन् भन्ने कुराले उनकाे राष्ट्रवादलार्इ अन्तिम परिक्षण गर्नेछ। उनी
कित्ताबन्दीकाे बाटाेमा जानेछन् वा तिनै गिराेहहरूसंग अर्काे समिकरणकाे
बाटाेमा जानेछन् ?

यसबेलाकाे अावश्यकता साम्राज्यवादका विभिन्न
गिराेहहरूकाे सहमति नभएर देशभक्तहरू र देशघाति गिराेहहरूका बीचकाे
ध्रुविकरण हाे। यतिबेलाकाे जरूरत सबै साम्राज्यवादीहरूका विरूद्धमा जनताकाे
पंक्ति निर्माणकाे हाे। यस्ताे भूमिका निर्वाह गर्ने तत्परता नदेखाएर
जनमतकाे अपमान गरेकाे खण्डमा केपी अाेलीकाे भविष्य रहने छैन।

संरक्षक र माहिकालाई आईटीएफको ग्रान्ट

काठमाडौं,असार २८ । नेपाली लनटेनिस खेलाडी संरक्षकभूषण वज्राचार्य र माहिका राणाले आईटीएफको ग्रान्ड स्ल्याम डेभलोप्मेन्ट फन्डबाट समान १–१ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

ट्राभल ग्रान्ट वापत प्राप्त उक्त रकम बराबरको चेक अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले उनीहरुलाई मंगलबार हस्तान्तरण गरे ।

ट्राभल ग्रान्ट वापत दुवै खेलाडीले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्ने हुन्छ । दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका दुवैले अब तेश्रो प्रतियोगिताका रुपमा आईटीएफ यू–१८ विश्व ¥याङकिङ प्रतियोगिता खेल्न बुधबार सिंगापुर जाँदैछन् । प्रतियोगिता जुलाई १६ देखि २३ तारिखसम्म सञ्चालन हुने छ । यसअघि संरक्षक र माहिका दुवैले थाइल्यान्डमा भएको दुई प्रतियोगिता खेलीसकेका छन् ।

सिंगापुरको प्रतियोगितामा संरक्षक र माहिका अलावा माहिकाकी जुम्ल्यहा दिदी मायांकाले पनि प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकका रुपमा सूर्यभूषण वज्राचार्य सिंगापुर जाँदैछन् ।

चेक हस्तान्तरण कार्यक्रमपछि टोलीलाई अध्यक्ष राणा र उपाध्यक्ष पाण्डेले मंगलबारै बिदाइ गरे । टोली बुधबार सिंगापुर प्रस्थान गर्दैछ ।

शिरिष र गौरिका रियोको लागि छनोट

काठमाडौं,असार २८ । ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ्ग र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष अशोक बज्राचार्यले बताए ।

रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रिस्टायलमा र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले जाकारी गराए ।

पत्रकार सेमिनार सुरु

काठमाडौं,असार २८ । राष्ट्रिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा तीन दिने पत्रकार सेमिनार सोमबार सुरु भएको छ । विश्वमा खेलकुदको गतिविधीमा बृद्धि भईरहेको र त्यसका सुचनाहरु जन समक्ष सम्प्रेषण गर्दै आदर्श खेलकुद संस्कार श्रृजना गर्ने मुख्य हतियार पत्रकारीता भएको तथ्यलाई अनुभुती गर्दै नेपालमा पनि खेलकुद गतिविधीका सुचनाहरु जन समक्ष प्रस्तुत गर्दै सचेत गर्ने कार्यलाई अझ प्रभावकारी बनाउने उद्धेश्यले राष्ट्रिय खेलकुद परिषदले नेपाली खेलकुद पत्रकारहरुको लागि सेमिनार संचालन गरेको हो ।

तीन दिने सेमिनारमा नेपालका छापा तथा विद्युतिय माध्ययमका ३० खेलकुद पत्रकारहरुको सहभागिता रहेको छ । सेमिनारमा सहभागि पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकार आचार संहिता, गोपाल बस्नेतले उद्घोषण कला, खेलकुद बिज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले खेलकुद बिज्ञान र पत्रकारिता, पि. खरेलले ईफेक्टिभ युज एन्ड सोर्स अफ स्पोर्टस् मेडिया, राजु सिल्वालले टेलिभिजन एज मास मेडिया, सुलोचना सिजख्वले फिटनेश म्यानेजमेन्ट, आरती चटौतले स्किल अफ कम्युनिकेशन र कार्यशाला तथा विकाश कार्कीले फोटाग्राफी र फोटो पत्रकारिताको बारेमा ज्ञान प्रदान गर्ने छन् । यस अघि सेमिनारको माननिय सुचना तथा संचार मन्त्री शेरधन राईले पानशमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

कांग्रेस-माओवादीबीच ७ बुँदे सहमति,प्रचण्ड र देउवा पालै-पालो प्रधानमन्त्री (पत्र सहित)

काठमाडौं,असार २८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । नेकपा माओवादी केन्द्रलेओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको केही घण्टा नबित्दै नेपाली कांग्रेस र माओवादीबीच भएको सातबुँदे सहमति सार्वजनिक हो । सातबुँदे सहमतिमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

नयाँ सरकारको नेतृत्व आधा–आधा समय मिलाएर लिने सहमति बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गत असोज महिनामा दिएको समर्थन फिर्ता लिँदै माओवादी सरकारबाट बाहिरिएपछि संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा पहिलो चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्ने सहमति भएको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिपत्र

जनताको चहना अनुसार १२ बुँदे समझदारी, २०६२/०६३ को जनआन्दोलन, बिस्तृत शान्ति सम्झौतासम्मको सहमति र सहकार्यलाई स्मरण गर्दै, संबिधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको ऐतिहासिक उपलब्धिमा गर्भ गर्व गर्दै नेपाली जनताको साझा सम्पत्ति नेपालको संविधानलाई सबै नेपालीले स्वीकार गर्ने वातावरण सुनिश्चित गर्न, संबिधानको कार्यन्वयन गर्न, संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, बिनाशकारी भूकम्पबाट भूकम्पबाट उत्पन्न समस्याको निराकरण गर्न, बेरोजगारी, महंगी, कालोबजारी र दैजिक उपभेाग्य बस्तुको अभावका जनताले भोग्नु परेको पिडा समाधान गर्न नेपाली समाजमा ब्याप्त असन्तोष र निराशा समाप्त पार्दै देशलाई शान्ति, स्थिरता, आर्थिक सम्बृद्धि एवं विकासतर्फ अग्रसर गर्ने प्रतिवद्धता व्यक्त गर्दै निम्नलिखित सहमति गर्दछौं

१. नेपालको संबिधान जारी भएसँगै देशभित्र देखा परेको असन्तुष्टि, तराई मधेसमा भएको आन्दोलन, थारु लगायत सबै आदिबासी जनवातिका अधिकार सम्वन्धि सवाल समेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकन लगायतका लगायतका बिषयमा सम्बोधन गर्न आवश्यक शंसोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक सहमतिको वातावरण बनाउने ।

२. नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनका लागि आवश्यक नीति, संरचना र कानूनी व्यवस्था गर्ने । स्थानीय तहको सङ्ख्या र सीमांकन निर्धारण गर्न गठित आयोगबाट चाँडै कार्य सम्पन्न गरी स्थानीय तहको निर्वाचन र प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने ।

३. संक्रमणकालीन न्यायको बिषयलाई सम्बोधन गर्न गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप आयोत र ब्यक्ति बेपत्ता सम्बन्धि आयोगसँग सम्बन्धित कानून आवश्यक संसोधन गरी समाजमा शान्ति तथा मेलमिलाप स्थिति बनाउन आयोगहरुलाई प्रभावकारी रुपले कार्य गर्ने वातावरण बनाउने । सशस्त्र संघर्षको क्रममा मारिएका मृतकका परिवार, बेपत्ता भएका व्यक्तिका परिवार, अंगभंग भएका ब्यक्ति र विस्थापित भएका ब्यक्तिले पाउनुपर्ने बाँकी रहेको क्षतिपूर्ति रकम उपलब्ध गराउने । सशस्त्र संघर्षको अवधिका जग्गा सम्बन्धि विवाद सहमतिका आधारमा समाधान गर्ने ।

४. बि. सं. २०७२ साल बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पका कारण भएको जनधनको क्षति र यसबाट उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिई पीडितहरुलाई राहत प्रदान गर्ने, पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई राष्ट्रिय अभियानका रुपमा तीव्र गतिमा अगाडि बढाउने ।

५. देशमा शान्ति सुरक्षा र सुशासनलाई प्रत्याभूत गर्न, कालोबजारी, कृत्रिम अभाव, महंगी अन्त गरी दैनिक उपभोग्य सामाग्री सहज उपलब्ध हुने ब्यवस्था गर्ने ।

६. नेपालको संविधान परिकल्पना गरे बमोजिम देशमा शान्ति स्थिरता, सुशासनको प्रत्याभूति गर्दै अर्थिक समृद्धि तथा बिकासको अभियान सञ्चालन गर्ने ।

७. उपर्युक्त प्रतिबद्धता कार्यान्वयन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार गठन गर्ने । यसका लागि नेकपा माओवादी केन्द्रले तत्काल एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि आवश्यक सबै प्रक्रियाहरु अवलम्वन गर्ने ।

माओवादीले सरकार छाड्यो, ओलीको ठाउँमा नयाँ सरकार बन्न यस्ता छन् संवैधानिक व्यवस्था

२८ असार, काठमाडौं ।
दुई महिना अघि मात्र एमाले सरकार छाड्ने निर्णय गरेर २४ घण्टा नवित्दै निर्णय फिर्ता लिएको प्रचण्ड नेतृत्वको माओवादीले आज पुन ओली सरकार छाड्ने निर्णय गरेको छ ।

एमाले नेतृत्वको सरकारबाट माओवादी किन बाहिरिएको भन्ने कारण समेत खुलाउँदै प्रचण्डले पत्रमा भद्र सहमती एमालेले पालना नगरेको आरोप लगाएका छन् ।

भ्रद भनिएको सहमती उल्लेख नगरेपनि आफुलाई बजेट भाषणपछि प्रधानमन्त्री बन्न सघाउने भनिएको एमाले बचन पुरा नभएको प्रचण्डको आशय सरकारबाट फिर्ता हुने निर्णय विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डले आफुले ओली सरकार छाडेपछि राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने दाबी समेत गरेका छन् ।

प्रचण्डले ओलीलाई लेखेको पत्रमा भनिएको छ९‘वर्तमान सरकारको नेतृत्वले ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा अब हाम्रो पार्टी यस सरकारमा सहभागी भइरहन राजनीतिक रुपमा उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं ।’

यस्तो छ माओवादीको पत्र

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली,
प्रधानमन्त्री कार्यालय,
सिंहदरबार काठमाडौं ।
विषयः सरकारबाट समर्थन फिर्ता लिएकोबारे ।
सम्माननीय प्रधानमन्त्री,
उपरोक्त सम्बन्धमा २०७२ साल जेठ १६ गते प्रमुख राजनीतिक दलहरुबीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ऐतिहासिक उपलब्धी हासिल भयो । तत्पश्चात संविधानको सर्वस्वीकार्यता र कार्यान्वयनको सर्वस्वीकार्यता र कार्यान्वयन गर्न, संक्रमणकालीन न्यायलगायत शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न, तराई मधेसमा भएको आन्दोलन एव् थारुलगायत सबै आदीबासी जनजातीका सरोकारको सम्बोधन गर्न , गत वर्ष विकाशकारी भूकम्पबाट प्रभावित जनतालाई राहत तथा पुर्ननिर्माणका लागि मुलुकमा राष्ट्रिय सहमति अत्यावश्यक रहेको हाम्रो पार्टीको धारणा रहँदै आएको छ ।
गत २०७३ बैशादख २३ गते नेकपा एमाले र हाम्रो पार्टीबीच भएको ९ बुँदे सहमतिको मर्म पनि यहि थियो । तर, वर्तमान सरकारको नेतृत्वले ९ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारमा सहभागि रहि रहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिले देखिनै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं । साथै हाम्रा पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं । हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विस्वास लिएका छौं

पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
वि.सं. २०७३ अषाढ २८ गते

यस्तो छ नेकपा माओवादी केन्द्रले ओली सरकारबाट फिर्ता हुने निर्णय गरेपछि ओली सरकार ढलेर नयाँ बन्ने संवैधानिक व्यवस्था
१६०. अविश्वासको प्रस्ताव ः

(१) संविधानको धारा २९८ को उपधारा (१३) बमोजिम प्रधानमन्त्रीमाथि व्यवस्थापिका–संसदको विश्वास छैन भनी व्यवस्थापिका–संसदको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरूले लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् ।

(२) उपनियम (१) बमोजिम प्रस्ताव पेश गर्न चाहने सदस्यहरूले कम्तीमा सात दिन अगावै सो कुराको लिखित सूचना महासचिव वा सचिवलाई दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम सूचना प्राप्त भएपछि सभामुखले प्रस्तावमाथि छलफल हुने दिन र समय तोकी सो कुरा सबै सदस्यहरूको अग्रिम जानकारीका लागि सूचनापत्रमा प्रकाशन गर्नेछ ।

(४) उपनियम (३) बमोजिम तोकिएको दिन र समयमा प्रस्तावक सदस्यहरूमध्ये पहिलो हस्ताक्षरकर्ता वा निजले अधिकृत गरेको सदस्यको नाम सभामुखले बोलाएपछि सो सदस्यले बैठकमा प्रस्ताव पेश गर्नेछ र निजले चाहेमा प्रस्ताव पेश गर्नु अघि सो सम्बन्धमा आफ्नो वक्तव्य दिन सक्नेछ ।

(५) उपनियम (४) बमोजिमको प्रस्तावमा छलफल गर्न सभामुखले समयावधि निर्धारण गर्नेछ र सो समयावधिको अन्तमा प्रधानमन्त्री वा निज अस्वस्थ भई वा काबू बाहिरको परिस्थिति परी बैठकमा आफैंै उपस्थित हुन असमर्थ भएमा निजद्वारा अधिकृत कुनै मन्त्रीले प्रस्ताव र छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछ ।

(६) उपनियम (५) बमोजिम प्रधानमन्त्री वा निजद्वारा अधिकृत कुनै मन्त्रीले जवाफ दिएपछि प्रस्तावक सदस्यले बैठकको अनुमति लिई प्रस्ताव फिर्ता लिन सक्नेछ ।

(७) उपनियम (६) बमोजिम प्रस्तावक सदस्यले प्रस्ताव फिर्ता नलिएमा सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछ ।

(८) अविश्वासको प्रस्तावमाथि व्यवस्थापिका–संसदको निर्णय मत विभाजनद्वारा हुनेछ ।

(९) यस नियम बमोजिमको प्रस्ताव व्यवस्थापिका–संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा प्रधानमन्त्री आफ्नो पदबाट स्वतः पदमुक्त हुनेछ ।
श्रोत www.can.gov.np

भारत जाँदै गरेको बस दुर्घटना कम्तिमा ५ जनाको मृत्यु

२८ असार, नेपालगञ्ज ।
नेपालबाट दिल्ली जाँदै गरेको यात्रुबस भारतको उत्तर प्रदेशमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बुटवलबाट नेपालगञ्ज जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना ४ ख ७६८७ नम्बरको बस बहराईच जिल्लाको रिसिया भन्ने स्थानमा गएराति ट्रकसँग ठोक्किएको हो ।

दुर्घटनामा ५ जना यात्रुको मृत्यु भएको जानकारी भारतीय प्रहरीबाट प्राप्त भएको बाँके प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिनुभयो ।

दुर्घटनामा २८ जना घाइते भएको राईले बताउनुभयो । घटनाको विस्तृत विवरण आइसकेको छैन । थप विवरण बुझ्न प्रहरी निरिक्षक प्रमोद कुमार क्षेत्रीको नेतृत्वमा नेपाली टोली घटनास्थलतर्फ गएको छ ।

बाढी पिडितलाई भूकम्प पिडित सरह क्षतिपुर्ति दिन ४३ सांसदको माग

२८ असार, काठमाडौं ।

प्रधानमन्त्रि के.पि ओलीसंग सुर्खेत बाँके बर्दिया र कञ्चनपुर जिल्लाका ४३ जना सांसदहरुले आज प्रधानमन्त्रि कार्यलयमा भेट गर्दै बाढिपिडितहरुलाई पनि भुकम्प पिडित सरह सरकारि सुबिधा दिन माग गरेका छन् ।

सांसदहरुले बाढिपिडितका लागि चालु आर्थिक बर्षमा विनियोजन गरिएको रकममा सानो अंश मात्रै खर्च भएको गुनासो गर्दै विनियोजित रकम पुर्ण रुपमा सदुपयो गर्ने संयन्त्र निर्माणका लागि अनुरोध पनि गर्नुभयो ।

प्रत्युत्तरमा ओलीले बाढि पिडितका समस्या समाधानमा सरकार संवेदनशील रहेको बताउनु भयो ।

प्रतिनीधि मण्डलको नेतृत्व नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।

Michigan courthouse shooting: Two deputies and gunman killed

An inmate being moved from a holding cell shot and killed two law enforcement officers at a courthouse in the US state of Michigan.

The officers, known as bailiffs in the US, provide security for courthouses.

The inmate, who was due in court, grabbed an officer's gun during a scuffle and opened fire, Berrien County Sheriff Paul Bailey said.

People in the courthouse took shelter before other officers shot and killed the inmate, Mr Bailey said.

A deputy sheriff and another person were also wounded and were taken to hospital, where they are in a stable condition.

The inmate was not identified, and Mr Bailey did not say what charges he was facing.

The shooting occurred is in the resort town of St Joseph – about 100 miles (160km) northeast of Chicago.

Mr Bailey called the deaths of his colleagues "terrible".

he said "Our hearts are torn apart. … I have known them for over 30 years. It's a sad day,"

25.33¡ÆC