पत्रकार सेमिनार सुरु

असार २८, २०७३ मा प्रकाशित | 798 views

काठमाडौं,असार २८ । राष्ट्रिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा तीन दिने पत्रकार सेमिनार सोमबार सुरु भएको छ । विश्वमा खेलकुदको गतिविधीमा बृद्धि भईरहेको र त्यसका सुचनाहरु जन समक्ष सम्प्रेषण गर्दै आदर्श खेलकुद संस्कार श्रृजना गर्ने मुख्य हतियार पत्रकारीता भएको तथ्यलाई अनुभुती गर्दै नेपालमा पनि खेलकुद गतिविधीका सुचनाहरु जन समक्ष प्रस्तुत गर्दै सचेत गर्ने कार्यलाई अझ प्रभावकारी बनाउने उद्धेश्यले राष्ट्रिय खेलकुद परिषदले नेपाली खेलकुद पत्रकारहरुको लागि सेमिनार संचालन गरेको हो ।

तीन दिने सेमिनारमा नेपालका छापा तथा विद्युतिय माध्ययमका ३० खेलकुद पत्रकारहरुको सहभागिता रहेको छ । सेमिनारमा सहभागि पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकार आचार संहिता, गोपाल बस्नेतले उद्घोषण कला, खेलकुद बिज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले खेलकुद बिज्ञान र पत्रकारिता, पि. खरेलले ईफेक्टिभ युज एन्ड सोर्स अफ स्पोर्टस् मेडिया, राजु सिल्वालले टेलिभिजन एज मास मेडिया, सुलोचना सिजख्वले फिटनेश म्यानेजमेन्ट, आरती चटौतले स्किल अफ कम्युनिकेशन र कार्यशाला तथा विकाश कार्कीले फोटाग्राफी र फोटो पत्रकारिताको बारेमा ज्ञान प्रदान गर्ने छन् । यस अघि सेमिनारको माननिय सुचना तथा संचार मन्त्री शेरधन राईले पानशमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web