प्रचण्डले धोका दिएपनी सरकार ढाल्न नदिने एमाले र बाँकी सत्ताघटकको निर्णय (विज्ञप्ति सहित)

असार २८, २०७३ मा प्रकाशित | 1914 views

२८ असार, काठमाडौं ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारमा रहेका बाँकी दलहरुले ओलीको साथ नछोड्ने निर्णय गरेका छन् ।

प्रचण्डले ओली सरकारलाई धोका दिएको निष्कर्ष निकाल्दै सत्ता घटक दलहरुको बैठक र एमालेको छुट्टै बैठकले सरकारको संवैधानिक बचाउ गर्ने निर्णय गरेको हो ।

यस्तो छ सत्तारुद्ध दल र नेकपा एमालेको बैठकपछि जारी छुट्टा छुट्टै विज्ञप्ति
सत्तारुढ दलको बैठक

सरकारले नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिपछी उत्पन्न परिस्थितीको दृढता पूर्वक सामना गर्ने निर्णय गरेको छ ।

वर्तमान  सरकारबाट बाहिरिने माओवादी निर्णयपछीको परिस्तथित र अवको रणनीतिका बिषयमा छलफल गर्न माओवादी वाहेकको सत्तारुढ दलको साँझ प्रधानमन्त्री निवास वालुवाटारमा वसेको बैठकले प्रधानमन्त्रीले राजिनामा नदिने र सवै परिस्थितीको प्रजातान्त्रिक रुपमा दृढता पूर्वक सामना गर्ने निर्णय गरेको उपप्रधानमन्त्री सि पी मैनालीले जानकारी दिनुभयो ।

सविधानको कार्यान्वयन, राष्ट्रहित र स्वाभिमानका लागि काम भै रहेको परिस्थितीमा माओवादी केन्द्र सरकारबाट बाहिरिनुले देशमा अस्थिरता चाहने तत्वलाई वल पुर्याउने ठहर बैठकले गरेको उपप्रधानमन्त्री मैनालीले जानकारी दिनुभयो ।

मितिः २०७३/०३/२८
प्रेश वक्तव्य

नेकपा एमाले स्थायी कमिटिको ४० औं  विशेष बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बस्यो । बैठकले देहायको विशेष निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ ।

वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको यथार्थ सर्वविधितै छ ।

सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ ।

वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा,आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ ।

नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक अगाडि बढ्नेछ । राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि काम कार्बाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई नेकपा (एमाले) आह्वान गर्दछ ।

नेकपा (एमाले) उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्नेजानकारी गराउदछौं ।

ईश्वर पोखरेल
महासचिव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web