संरक्षक र माहिकालाई आईटीएफको ग्रान्ट

असार २८, २०७३ मा प्रकाशित | 726 views

काठमाडौं,असार २८ ।  नेपाली लनटेनिस खेलाडी संरक्षकभूषण वज्राचार्य र माहिका राणाले आईटीएफको ग्रान्ड स्ल्याम डेभलोप्मेन्ट फन्डबाट समान १–१ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

ट्राभल ग्रान्ट वापत प्राप्त उक्त रकम बराबरको चेक अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले उनीहरुलाई मंगलबार हस्तान्तरण गरे ।

ट्राभल ग्रान्ट वापत दुवै खेलाडीले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्ने हुन्छ । दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका दुवैले अब तेश्रो प्रतियोगिताका रुपमा आईटीएफ यू–१८ विश्व ¥याङकिङ प्रतियोगिता खेल्न बुधबार सिंगापुर जाँदैछन् । प्रतियोगिता जुलाई १६ देखि २३ तारिखसम्म सञ्चालन हुने छ । यसअघि संरक्षक र माहिका दुवैले थाइल्यान्डमा भएको दुई प्रतियोगिता खेलीसकेका छन् ।

सिंगापुरको प्रतियोगितामा संरक्षक र माहिका अलावा माहिकाकी जुम्ल्यहा दिदी मायांकाले पनि प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकका रुपमा सूर्यभूषण वज्राचार्य सिंगापुर जाँदैछन् ।

चेक हस्तान्तरण कार्यक्रमपछि टोलीलाई अध्यक्ष राणा र उपाध्यक्ष पाण्डेले मंगलबारै बिदाइ गरे । टोली बुधबार सिंगापुर प्रस्थान गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web