काठमाडौं,असार २८ । भारतले दुई वर्षअघि नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकोप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न ताकेता गरेको छ। सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए।

मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुँडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई 'एयर टु मिसाइल– एएलएच ध्रुव मार्क थ्री' हेलिकोप्टर हस्तान्तरण गरेका थिए। नेपाली सेनाका लागि दिइएको उक्त हेलिकोप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबरालाई हस्तान्तरण गरेका थिए ।

उक्त हेलिकोप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुई पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्चसमेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार हेलिकोप्टर लिएर आएका र पछि दुईपटक मर्मतका लागि आएका प्राविधिकको भत्ता र होटल खर्चसमेत बिलमा जोडिएको छ।

रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले भारतले सुरक्षासम्बन्धी परामर्श समूहको १२ औं बैठकमा समेत नेपाली सेनाका लागि उपलब्ध गराइएका विविध सुरक्षा सामग्रीको रकम भुक्तानबारे कुरा उठाएको जानकारी दिए।

उनका अनुसार समूहको बैठकमा भारतले 'युनिफर्म बेनिफिट मेथड' (एकीकृत लाभदायक तरिका) अन्तर्गत नेपालले २ अर्ब ४६ करोडभन्दा बढी रकम भुक्तान गर्न बाँकी रहेको जनाएको हो। सिम्खडाले उक्त रकममा हेलिकप्टरको मूल्य पनि जोडिएको छ।

'हेलिकोप्टरसहित अन्य उपकरण, हातहतियार र सवारीसाधनसमेत एकमुष्ट भुक्तानीका लागि पत्र आएको छ, मन्त्रालयमा भुक्तानका सम्बन्धमा छलफल भइरहेको छ,' सिम्खडाले नागरिकसँग भने।

दुई देशीय बैठकमा नेपालका तर्फबाट सहभागी टोलीले भारतले अनुदान भन्दै मूल्यको ६० प्रतिशत मिनाहा गर्ने सम्झौतालाई पुनर्विचारका लागि कुरा उठाएपछि भारतीय पक्षले पुरानो रकम भुक्तानीका लागि पहल सुरु गरेको स्रोत बताउँछ। नेपाली पक्षले उपहार भनिएको हेलिकप्टरको किन भुक्तानी भनी कुरा उठाउँदा भारतीय पक्षले 'प्रधानमन्त्री मोदीलाई कसले के भनेको हो थाहा भएन, भुक्तान गर्नुपर्ने रकम यो हो' भन्ने जवाफ दिएको बैठकमा सहभागी एक उच्च सैनिक अधिकारीले नागरिकलाई जानकारी दिए।

गत वर्ष नेपालमा सम्पन्न हुनुपर्ने उक्त बैठक एक वर्षपछि भारतको नयाँदिल्लीमा जेठ २७ र २८ गते बसेको थियो। नेपाल र भारतबीच सुरक्षा सम्बन्धमा छलफल गर्न दुवै देशका रक्षा र परराष्ट्र मन्त्रालयका सहसचिवसहित सेनाका अधिकारी बीच सन् २००३ देखि यो बैठक हुँदै आएको छ।

बैठक पालैपालो नेपाल र भारतमा बस्दै आएको छ।

भारतीय पक्षबाट समेत नेपाललाई प्रधानमन्त्री मोदीको उपहारका रुपमा व्याख्या गरिएको उक्त हेलिकप्टर सेनाले पाएको एक महिनामै बिग्रिएको थियो।

सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले दुई देशका सरकारप्रमुख बीच भएको कार्यक्रमका विषयमा सेनालाई जानकारी नहुने बताए। उनले सेनालाई प्रदान गरेपछि उसले प्रयोग गर्ने वस्तुका विषयमा पनि सेनाले बोल्न नमिल्ने बताए। 'सेना सरकार मातहत रहेको निकाय हो, सरकारप्रमुख बीच भएका लेनदेनका विषय हामीलाई जानकारी हुँदैन,' उनले भने।

भारतीय पक्षका तर्फबाट नेपालस्थित भारतीय दूतावासले हेलिकप्टर हस्तान्तरणपछि नेपाली सेनालाई 'एयर टु मिसाइल' हेलिकप्टरको विशेषता मात्र उल्लेख गरेर विज्ञप्ति प्रेषित गरेको थियो।

मौखिक रुपमा भने नेपाली र भारतीय दुवै पक्षले हेलिकप्टर मोदीको उपहार भएको बताएका थिए। विगतमा नेपाल र भारतबीच भएका सहमतिअनुसार उक्त हेलिकप्टर नेपाललाई सहयोगस्वरुप उपलब्ध गराइएको सरकारी अधिकारीले बताएका थिए।

भुक्तानीको तयारीमा रक्षा

रक्षा मन्त्रालय भारतसँग हातहतियारसहित सैन्य सामग्री खरिदमा पुरानो नियम फेर्नुपर्ने मनसायमा पुगेसँगै पुरानो भुक्तानीका लागि पहल भइरहेको रक्षा मन्त्रालयले जनाएको छ।

रक्षामन्त्री भीम रावल अनुदान भन्दै भारतले दिने अधिकांश सैन्यसामग्री कमसल र गुणस्तरहीन भएकाले पुरानो भुक्तानी गरेर नयाँ नियम बनाउने पक्षमा उभिएका छन्।

सहसचिव सिम्खडाले धेरै ठूलो रकम नभएकाले भुक्तानीका लागि मन्त्रालयमा सकारात्मक पहल भइरहेको बताए। नेपालले हतियार खरिदका सम्बन्धमा भारतीय पक्षसँग अनुदान, सहयोग र उपहारमा स्पष्ट हुन आग्रह गरेपछि भारतीय पक्षले पुरानो भुक्तानीका लागि ताकेता गर्न थालेको हो। भारतले नेपाली सेनाका लागि अनुदान सहयोगका रुपमा इन्सास राइफल, गोली, सवारीसाधनसहित सैन्यउपकरण उपलब्ध गराउने गरेको छ। सेनाले इन्सास राइफलका सम्बन्धमा यसपटक भने खुलेर नै आपत्ति जनाएको हो।

रक्षाका अधिकारीसमेत दियो भन्दैमा सोच्दै नसोची लिनैपर्ने बाध्यकारी नियमका विपक्षमा छन्। भारतले दिने वस्तुका विषयमा स्पष्ट हुने र भुक्तानी, उपहार, अनुदान, सहयोग के हो, त्यो विषयमा स्पष्ट हुन मन्त्रालयका अधिकारीले मन्त्री रावलसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीको आग्रह मानेन भारतले

यता, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एउटा एजेन्डाका रुपमा भारतले दिएका सैन्य सामग्रीको मूल्य मिनाहाको आग्रह गर्ने थियो।

रक्षामार्फत प्रधानमन्त्री ओलीको एजेन्डामा समावेश गरिएको अनुदान रकम मिनाहामा भारतीय पक्षले स्पष्ट जवाफ नदिएको भए पनि मिनाहा हुने सम्भावना धेरै रहेको अनुमान रक्षा मन्त्रालयले गरेको थियो तर विपरीत अहिले भुक्तानीका लागि भारतीय पक्षको पत्रले ओलीको बोली खेर गएको स्पष्ट भएको छ।

नेपाललाई सन् २००३ मा भारतीय पक्षले एएलएच धु्रव दुइटा हेलिकप्टर अनुदान सहयोगमा उपलब्ध गराएको थियो। भारतीय पक्षले कुल मूल्यको ६० प्रतिशत रकम मिनाहा र ४० प्रतिशत भुक्तानीमा दिएका दुवै हेलिकप्टरको रकम तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेला मिनाहा गरेको भारतले यसपटक सम्बन्धमा आएको उतारचढाबका कारण मिनाहा गर्न नमानेको रक्षा मन्त्रालयको बुझाइ छ।

तीनवटै थन्किए बराबर

भारत सरकारले नेपाली सेनाका लागि नेपाली भूगोलअनुसार निर्माण गरिएको दाबी गरेका एएलएच धु्रव हेलिकप्टर सेनाको हवाई निर्देशनालयमा थन्किएबराबर छन्।

भारतबाट सन् २००३ मा दुइटा र सन् २०१४ मा एउटा हेलिकप्टर नेपाली सेनाले प्राप्त गरे पनि तिनको प्रयोग 'यदाकदा' बाहेक हुन सकेको छैन। पछिल्लोपटक प्राप्त हेलिकप्टरसमेत दुईपटक मर्मत गर्नुपरेको र सोको खर्च ३ करोड भारतीय पक्षले दाबी गरेको हो।

'उडाउनै नसकिने, उडे जहाँ गयो त्यहीँ थन्किने र बिग्रिए महँगो शुल्कमा प्राविधिक उतैबाट ल्याउनुपर्ने, चर्चा गरेजस्तो केही छैन, घाँडो भएको छ,' हवाई निर्देशनालयका एक अधिकारीले भने।

भारतीय पक्षले हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले निर्माण गरेको १४ सिटे 'एएलएच „ुव मार्क थ्री' हेलिकप्टर उत्कृष्ट रहेको दाबी गर्दै प्रचार गरेको थियो। पछिल्लोपटक नेपाली सेनालाई प्राप्त हेलिकप्टर सन् २०१२ मा निर्माण भई ग्राउन्ड टेस्टपछि नेपाली भूमिमा फिल्ड टेस्टका लागि पठाएको थियो।

भारतीय सेनासहित विश्वका अन्य देशलाई सैन्य प्रयोजनका हेलिकप्टर बेच्दै आएको कम्पनीले भारतीय सेनाले आक्रमणका लागि प्रयोग गर्ने गरेको दाबी गर्दै आएको छ। चालकदलका दुई जनासहित कुल १६ सिट क्षमताको उक्त हेलिकप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा सहजै उडान भर्न सक्ने भारतीय पक्षको दाबी गरे पनि यसअघि प्राप्त दुई हेलिकप्टरका विषयमा जानकारी हुँदाहुँदै नेपाली पक्षले उपहारका रुपमा स्विकारेको थियो।

उत्पादक कम्पनीका अनुसार एक हजार ५ सय किलोग्राम बराबरको तौलको सरसामान भारबहन गर्न सक्ने यो हेलिकप्टरले समु› सतहदेखि २२ हजार ९ सय ६० फिटसम्म उडान लिन सक्छ। यसमा चार स्ट्रेचर र दुई चिकित्साकर्मी रहन सक्छन्।

प्रतिघन्टा ३२० लिटर इन्धन उपभोग गर्ने यो हेलिकप्टर हिन्दुस्तान एरोनोटिकल लिमिटेडले निर्माण गरेको हो।

-नागरिक दैनिक

काठमाडौं,असार २८ । नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मटि्टतेल १५ सय र हवाईइन्ध १० हजार किलोलिटर खपत हुन्छ ।

यस्तै खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुने गरेको छ । पेट्रोलमा प्रतिलिटर ६.६१ रुपैयाँ नाफा छ भने डिजेलमा ०.६७, मट्टीतेलमा १६.७२, हवाईइन्धनमा १६.६४ र अन्तर्राष्ट्रियमा हवाईइन्धनमा २२.७७ रुपैया नाफा छ । यस्तै ग्यासका प्रतिसिलिन्डर ४५.०७ रुपैयाँ नाफा रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

यही आधारमा निगमलाई मासिक १ अर्ब रुपैयाँ नाफा हुने देखिन्छ । नाफाको शीर्षकमा जम्मा हुन्छ । निगममा कार्यरत ५ सय कर्मचारीबीच यो रकम जनही बाँडफँट गर्दा प्रतिकर्मचारी १ लाख २० हजार रुपैयाँ पर्दछ ।

निगमका तल्लो तहका कर्मचारीको पारिश्रमिक २० हजार रुपैयाँ छ । निगमले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएकाले तस्करीको सम्भावना रहेको भन्दै तत्काल मूल्य नघटाउने बताइसकेको छ । यस्तै पूर्वाधा निर्माणको कामका लागि प्रतिलिटर ४.८८ रुपैयाँ छुट्याएको छ ।

एजेन्सी,असार २८ । युरोकप फुटबलको आयोजक युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले युरोकप २०१६ को आधिकारिक टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ । घोषणा गरेको टिममा वेल्सलाई ऐतिहासिक रुपमा सेमिफाइनलसम्म पुर्याउने ग्यारेथ बेल भने आउट भएका छन् । यूईएफएले सार्वजनिक गरेको युरो टिम अफ दि टुर्नामेन्टमा टिममा च्याम्पियन पोर्चुगलका चार, जर्मनीका तीन तथा फ्रान्स र वेल्सका दुई खेलाडी परेका छन् । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोसहित चार खेलाडी टिममा परेका हुन् ।

यस्तै फ्रान्सका स्टार एन्टोनी ग्रिजम्यान र वेल्समा आरोन राम्सी पनि छन् । जर्मनीका टोनी क्रुज, बोटेङ र किमिच छन् । पोर्चुगलका गोलकिपर प्याट्रिसिओ, पेपे र गिरेरो पनि युरो २०१६ को टिम अफ दि टुर्नामेन्टमा परे । युइएफएका प्रमुख प्राविधिक अधिकृत लोएन लुपेस्कुको नेतृत्वमा रहेको १३ सदस्यीय अनुगमन कमिटिले टिमका लागि खेलाडी चयन गरेको हो, जुन कमिटिमा सर एलेक्स फरग्युसन पनि थिए ।

टिम अफ द टुर्नामेन्ट

१) रुइ पाट्रिसियो (पोर्चुगल)

२) जोशुए किमिच (जर्मनी)

३) जेरोम बोटेङ (जर्मनी)

४) पेपे (पोर्चुगल)

५) राफेइल गेरिरो (पोर्चुगल)

६) टोनी क्रोस (जर्मनी)

७) जो एलन (वेल्स)

८) एन्टोनी ग्रिजम्यान (फ्रान्स)

९) आरोन रामसी (वेल्स)

१०) दिमित्री पेयट (फ्रान्स)

११) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)

काठमाडौं,असार २८ । कांग्रेसलाई १२ र माओवादीलाई आठ मन्त्रालय’ कांग्रेस–माओवादीका नेताहरूबीच मन्त्रिपरिषद्को भागबन्डाका विषयमा समेत समझदारी बनेको छ । तर, माओवादीले ओलीको निर्णय पर्खने भनेकाले हस्ताक्षर भएको छैन ।अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल बाँकी रहेकाले त्यस्तो मस्यौदाको विषयवस्तु सार्वजनिक नगरिएको नेताहरूको भनाइ छ । तर, प्रारम्भिक सहमतिअनुसार कांग्रेसले १२, माओवादीले ८, विजय गच्छदारको फोरम लोकतान्त्रिकले २ र राप्रपाले २ मन्त्रालय पाउनेछन् ।

बाँकी ८ मन्त्रालय अन्य दलका लागि छुट्याइएको छ । कांग्रेससँगको सो छलफलपछि बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई बाटो छाडिदिन आग्रह गरेका थिए ।

देउवा र प्रचण्डबीच सिंहदरबारमा आधा घन्टा वार्ता

ओलीलाई भेट्नुअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगी झन्डै आधा घन्टा भेटवार्ता गरेका थिए । यी दुई नेताबीचको भेटमा पछि विमलेन्द्र निधि र कृष्णबहादुर महरा पनि थपिएका थिए ।

कांग्रेस नेता निधिसँग सोमबार नै माओवादी केन्द्रका नेता महराले छुट्टै भेट गरेको र पछि शीर्ष नतोहरूसँग दुवै नेता छलफलमा मिसिएको कांग्रेसनिकट स्रोतको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतीय सरकार गठनको सम्भावना नरहेको प्रस्ट्याएका छन् ।

सहमतीय सरकार गठनका लागि आफूलाई भेट्न आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको आफ्नै नेतृत्वमा सहमतीय सरकारको प्रस्तावलाई देउवाले अस्वीकार गरेका हुन् ।

देउवालाई भेट्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेका प्रचण्ड २२ मिनेट भेट गरेर बाहिरिएका थिए । दुई दलको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा र केन्द्रीय सदस्य विमलेन्द्र निधि तथा माओवादीबाट प्रचण्ड र कृष्णबहादुर महरा सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियम विपरीत सञ्चालित राजधानीका दुई खानेपानी उद्योगमा सिलबन्दी गरेको छ ।

विभाग नेतृत्वको सरकारी टोलीले आज स्थलगत अनुगमनका क्रममा उद्योगमा फोहर र नियम विपरीत सञ्चालन भइआएको फेला पारेपछि ‘मातातीर्थ स्प्रिङ मिनरल वाटर एण्ड बेभरेज प्रालि’ र ‘स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ प्रालि’ मा सिलबन्दी गरेको हो ।

दुवै उद्योगमा फोहर देखिनाका साथै खानेपानी बोतलको बिर्कोमा हुनुपर्ने सिल नराखेको र दर्ताको आवश्यक कागजात राखिएको नभेटिएपछि सिल गरिएको विभागका अधिकृत दीपक पोखरेलले जानकारी दिनुभयो ।

आपूर्ति मन्त्रालय, आपूर्ति विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नेपाल प्रहरीका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले राजधानीका विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गरेको हो ।

शिक्षा विभागले तोकेकोभन्दा बढी शुल्क लिने विभिन्न निजी 'संस्थागत' विद्यालयलाई कारबाही गर्न सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ ।

शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिको निर्णयानुसार शिक्षा मन्त्रालयअन्तर्गतका सहसचिवको नेतृत्वमा उपत्यकाका १८ संस्थागत विद्यालयको शुल्क, छात्रवृत्ति पाठ्यपुस्तक र जनशक्ति व्यवस्थापनमा केन्द्रित भई अनुगमन गरिएको प्रतिवेदनले अनियमितता देखाएका विषयका आधारमा कारबाही गरिने भएको हो ।

विभागका महानिर्देशक खगराज बरालका अनुसार सम्बन्धित विद्यालयलाई कारबाहीका लागि सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई निर्देशन गरिएको छ ।

अनुगमनमा काठमाडौँका बृहस्पति, ग्यालेक्सी, अक्सिडेन्टल, त्रियोग, सिद्धार्थ बनस्थली, ह्वाइट फिल्ड, काष्ठमाण्डप र होली भिजन, ललितपुरका रातो बङ्गला, आइडिएल मोडल, डिएभी सुशील केडिया, शुभतारा, जेम्स स्कुल, लिटल एञ्जल, युनाइटेड र प्रिमियर तथा भक्तपुरका मातृभूिम र राजर्षि गुरूकुल छन् ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवी पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताउनुभएको छ ।

पछिल्लोपटक न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०७२ असारमा दिएको सुझावका आधारमा झन्डै १० महिनापछि २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुने गरी निर्णय गरेको थियो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा काठमाडौमा आयोजित ‘मिडियामा न्यूनतम पारिश्रमिक कार्यान्वयन’ विषयक अन्तक्र्रियामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले भन्नुभयो– “पत्रकारको न्यूनतम पारिश्रमिक लागू हुन्छ, त्यसका लागि मिडिया सञ्चालकले राखेका ११ बुँदे मागका बारेमा समेत छलफल भैरहेको बताउनु भयो ।

बझाङका दुई गाविसका ४५ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाको रायल गाविस–५ र ७ का २३ परिवार तथा मटेला गाविस–८ का २२ परिवार पहिरोको उच्च जोखिममा परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

“रायलको ५ र ७ वडाका काटीखेती, तलुबाडी र मैतोली गाउँ र मटेला–८ को गाउँ पहिरोको जोखिममा परेका छन्,” ।

दीपायल–सिलगढी नगरपालिका–१४ पादरीमा आज बिहान करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ । यस घटनामा अन्य चार विद्यार्थी घाइते भएका छन् ।

विद्यालय जाने क्रममा चुँडिएर भुइँमा खसेको बिजुलीको तार छुँदा गणेश आउजीका १० वर्षीया छोरी रोजी र ८ वर्षीया रेश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो ।

स्थानीयवासी दुर्गा निमावि खाडीलेकमा अध्ययनरत कक्षा २ की छात्रा रोजी र कक्षा १ की छात्रा रेश्माको घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर १० वर्षीया कालु आउजी, ८ वर्षीया इश्वरा आउजी, १० वर्षीया सन्तु आउजी र ८ वर्षीया सीता आउजी घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आज प्रमुख निर्वाचन आयुक्तको पद वहाली गनु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेपछि प्रमुख निर्वाचन आयुक्त डा.यादवले आयोगमा पद बहाली गर्नु भएको हो ।

पद बहालीपछि पत्रकारहरुसंग कुराकानी गर्दै प्रमुख आयुक्त डा. यादवले आयोग सामु २०७४ माघ सम्ममा तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको र राजनीतिक दल एवं सरोकारवालाको सहयोगमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताउनु भयो ।

प्रमुख आयुक्त डा.यादवले स्थानीय निकाय निर्वाचनका लागि आयोगले आन्तरिक तयारी अगाडि बढाइरहेको र निर्वाचनका लागि आवश्यक ऐन, कानून छिट्टै प्राप्तहुने अपेक्षा गर्नु भयो ।

यसअघि संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले आज उहाँलाई प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्त गर्नु भएको थियो ।

नियुक्तिपछि राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपतिको समुपस्थितिमा प्रधान न्यायाधीश सुशीला कार्कीले डा. यादवलाई आजै पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।

निर्वाचन आयोगको १३ औं प्रमुख निर्वाचन आयुक्तमा नियुक्त डा. यादवको जन्न २०११ साल जेठ ४ गते सप्तरीको प्रशवनीमा भएको हो ।

उहाँले अर्थशास्त्रमा त्रिभुव विश्वविद्यालयबाट स्वर्ण पदक र अर्थशास्त्रमै भारतबाट विद्यावारिधी एजम उपाधि प्राप्त गर्नुभएको छ ।

२०६३ साल पुस २७ गते निर्वाचन आयुक्तमा नियुक्त डा. यादव गत भदौदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको रुपमा कार्य गर्दै आउनुभएको थियो ।

नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथलगत्तै सोमबार पदभार ग्रहण गर्नुभएको छ ।

सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश सुशीला कार्कीले धनी र हुनेखाने वर्गका लागि मात्र नभएर सीमान्तकृत र पछाडि परेका निमुखा जनतासम्म न्याय पु¥याउन उल्लेख गर्नुभयो ।

आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन लैजाने र अदालतमा तिर्नुपर्ने रकम पनि बैंकमार्फत तिर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । उहाँ ११ महिना पदमा रहनुहुनेछ ।

Newly appointed Chief Election Commissioner Dr Ayodhi Prasad Yadav has assumed his office today. Dr Yadav, who holds PhD in economics, is the 13th CEC of the country.

Dr Yadav had been serving as Acting Chief Election Commissioner since 28 August 2015. He is the first CEC from the Madhesi origin.

He took the oath of office and secrecy from Chief Justice Sushila Karki in the presence of President Bidya Devi Bhandari at the Rastrapati Bhawan.

Assuming the office, CEC Dr Yadav said, his first priority is to help in implementing the constitution.

According to him, the Election Commission has prepared work plan on how election in local level, provincial level and federal level could be held effectively in stipulated time as mentioned in the new constitution.