करेन्ट लागेर दुई बालिकाको मृत्यु

असार २७, २०७३ मा प्रकाशित | 891 views

दीपायल–सिलगढी नगरपालिका–१४ पादरीमा आज बिहान करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ । यस घटनामा अन्य चार विद्यार्थी घाइते भएका छन् ।

विद्यालय जाने क्रममा चुँडिएर भुइँमा खसेको बिजुलीको तार छुँदा  गणेश आउजीका १० वर्षीया छोरी रोजी र ८ वर्षीया रेश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो ।

स्थानीयवासी दुर्गा निमावि खाडीलेकमा अध्ययनरत कक्षा २ की छात्रा रोजी र कक्षा १ की छात्रा रेश्माको घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर १० वर्षीया कालु आउजी, ८ वर्षीया इश्वरा आउजी, १० वर्षीया सन्तु आउजी र ८ वर्षीया सीता आउजी घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web