एजेन्सी,असार २८ । युरोकप फुटबलको आयोजक युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले युरोकप २०१६ को आधिकारिक टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ । घोषणा गरेको टिममा वेल्सलाई ऐतिहासिक रुपमा सेमिफाइनलसम्म पुर्याउने ग्यारेथ बेल भने आउट भएका छन् । यूईएफएले सार्वजनिक गरेको युरो टिम अफ दि टुर्नामेन्टमा टिममा च्याम्पियन पोर्चुगलका चार, जर्मनीका तीन तथा फ्रान्स र वेल्सका दुई खेलाडी परेका छन् । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोसहित चार खेलाडी टिममा परेका हुन् ।

यस्तै फ्रान्सका स्टार एन्टोनी ग्रिजम्यान र वेल्समा आरोन राम्सी पनि छन् । जर्मनीका टोनी क्रुज, बोटेङ र किमिच छन् । पोर्चुगलका गोलकिपर प्याट्रिसिओ, पेपे र गिरेरो पनि युरो २०१६ को टिम अफ दि टुर्नामेन्टमा परे । युइएफएका प्रमुख प्राविधिक अधिकृत लोएन लुपेस्कुको नेतृत्वमा रहेको १३ सदस्यीय अनुगमन कमिटिले टिमका लागि खेलाडी चयन गरेको हो, जुन कमिटिमा सर एलेक्स फरग्युसन पनि थिए ।

टिम अफ द टुर्नामेन्ट

१) रुइ पाट्रिसियो (पोर्चुगल)

२) जोशुए किमिच (जर्मनी)

३) जेरोम बोटेङ (जर्मनी)

४) पेपे (पोर्चुगल)

५) राफेइल गेरिरो (पोर्चुगल)

६) टोनी क्रोस (जर्मनी)

७) जो एलन (वेल्स)

८) एन्टोनी ग्रिजम्यान (फ्रान्स)

९) आरोन रामसी (वेल्स)

१०) दिमित्री पेयट (फ्रान्स)

११) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)

22.12¡ÆC