भारतमा सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु, तीनको पहिचान खुल्यो

बुटवल ।

नेपाल भारत सीमा क्षेत्र सुनौलीदेखि करिव ३५ किलोमिटर टाढा भारतको महाराजगञ्जको देवपुरमा हिजो भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जना नेपाली मध्ये ३ जनाको मात्रै सनाखद  भएको छ ।

गोरखपुरबाट सुनौली तर्फ आउदै गरेको भारतमा काम गरेर घर फर्कदै गरेका नेपाली सवार जीप र नौतन्नवाबाट गोरखपुर तर्फ जादै गरेको ट्यांकर एक्कासी ठक्कर खाई भएको दुर्घटनामा ७ नेपाली र जीप चालक भारतीय नागरीकको मृत्यु भएको थियो ।

मृतक मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर १७ का ३० बर्षिय जुखई थारु र २४ बर्षिय उमेश चौधरी तथा ओखलढुगांको साबिकको उगु गाबिस वडा नम्वर ३ का अन्दाजी ६० बर्षिय जगत बहादुर अघिलिको मात्रै सनाखद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

अन्यको शव क्षत बिक्षत अवस्थामा रहेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

सिरहामा उम्मेद्धार मात्रै चार हजार बढी

सिरहा ।

परदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि सिरहामा चार हजार सात सय १९ जनाले उम्मेद्वारी मनोनयन दर्ता गाराएका छन् ।

सिरहाको ८ नगरपालिका र ९ गाउँपालिकामा एक हजार आठ सय ९६ महिला र दुई हजार आठ सय २३ पुरुषले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्य लय सिरहा ले जानकारी गराएका छन् ।

जिल्लाको १७ वटै स्थानीय तहमा मुख्य कुनै पनि दलले महिलाई प्रमुख पदमा उम्मेदवार नबनाएको जिल्ला निर्वाचन कार्यलय सिरहा का मुख्य निर्वाचन अधिकृत अमृत बस्नेत ले बताउनु भयो ।

आसन्न असोज २ गते हुन स्थानीय तह निर्वाचनको लागि २१ गते उम्मेद्वारी दर्ता  २२ गते नामावली सार्वजनिक गर्ने भनीएको भएपनि प्राविधिक कारणवस ९शुक्रवार० अवेरमात्र नामावली सार्वजनिक गरेको छ ।

प्रधानन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीहरूको भेट

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वमा आयोगका पदाधिकारीहरुबीच आगामी असोज २ गते प्रदेश नं. २ मा सञ्चालन हुने लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन र आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री देउवालाई प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी असोज २ गते प्रदेश नं. २ मा सञ्चालन हुने लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको थियो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारीका कार्यलाई आयोगले तदारुकताका साथ अगाडि बढाएको जानकारी दिनुभएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम तथा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको निर्वाचन कार्यक्रम तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो ।

भेटका क्रममा प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन तथा आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनको सन्दर्भमा आयोगबाट जारी भएका निर्वाचन आचारसंहिताको बारेमा समेत छलफल भएको थियो ।

छलफलका क्रममा आयोगबाट राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्ने विषय, राज्य पुनर्संरचनाका लागि गर्नुपर्ने व्यवस्थापकीय कार्य तथा प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत उद्धार तथा पुनर्निर्माण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन आवश्यक पर्ने स्रोत साधन जस्ता विषयमा  निर्वाचन आचारसंहिता बाधक नरहेको जानकारी गराइएको थियो ।

भेटघाटका अवसरमा उपप्रधान न्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा मन्त्रीहरू र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह उपस्थित हुनुहुन्थ्यो ।

उत्तरी गोरखाका नागरिक स्याउ बेचेर नून तेलको जोहो गर्दै

गोरखा ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका बिभिन्न स्याउ पकेट क्षेत्रका स्थानीय बासिन्दाहरु स्याउ टिपेर बिक्री गर्न ब्यस्त छन् । सिर्दिवास, बिही, ल्हो गाउँमा उत्पादन भएको स्याउ तिब्बतको रुइला नाका हुँदै कुम्दाङ बजारमा लगेर बिक्री गरिएको जानकारी बिहीका स्थानीय बासिन्दा जीवन गुरुङले दिनुभयो ।

गुरुङले भन्नुभयो, ‘बारीमा लठरम्म फलेका स्याउ टिप्न किसानहरु ब्यस्त छन् । अहिले नाका खुलेको छ । झोप्पा, खच्चडमा बोकाएर स्याउ कुम्दाङ पुर्याइएको छ ।’ प्रतिकेजी रु. ३० देखि ५० मा स्याउ बिक्री गरिएको बताइएको छ । स्याउ बिक्री गरेको पैसाबाट नून, तेल, करुलगायत दैनिक आवश्यक पर्ने खाद्यान्न खरिद गरिएको छ । प्रतिगोटा स्याउ पनि बिक्री हुने गरेको गुरुङले बताउनुभयो । एउटा स्याउ बिक्री गर्नुपर्दा तिब्बती एक फेवामा बिक्री गरिन्छ जुन नेपालीमा १५ रुपैंया हो ।

उत्तरी गोरखामा मनास्लु संरक्षण क्षेत्र आयोजना र जिल्ला कृषि बिकास कार्यालयले बर्षेनी स्याउका बिरुवा अनुदानमा उपलब्ध गराउने गरेका छन् । स्याउका बिरुवा लगाएको करिब पाँच बर्षमा राम्रो उत्पादन दिन थाल्छ । स्याउ फलेका क्षेत्रमा सडक पहुँच नहुँदा उत्पादित स्याउले बजार पाएको छैन । खच्चडमा ढुवानी गरी सदरमुकाम गोरखा बजार ल्याइपुर्याउन कम्तिमा चार दिन लाग्छ । भीरको बाटो स्याउ ढुवानी गर्नुपर्दा ठोक्किएर स्याउका दानाहरु कुहिने गर्छ । उत्तरी गोरखाबासीले उत्पादित सबै स्याउ बिक्री नहुँदा घरेलु मदिरा बनाउने गरेका छन् । स्याउ उत्पादन भएपनि सडक नहुँदा बजारीकरणमा समस्या रहेको प्रोकका वडाध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सिर्दिवास, बिहीलगायत गाउँमा स्याउ टिपिएको छ । प्रोक, ल्होमा अझै एक साता स्याउ टिपिँदैन । सडक नहुँदा स्याउ बजारसम्म झार्न सकिएन । हेलिकोप्टरबाट स्याउ ढुवानी गर्दा महंगो पर्छ, खच्चडबाट ढुवानी गर्दा बाटोमै कुहिन्छ ।’ खाद्यान्न, कपडा खच्चडबाट ढुवानी गरिन्छ । खच्चडबाट ढुवानी गर्दा प्रतिकेजी ९० रुपैंया हाराहारी पर्छ । ढुवानी महंगो हुँदा प्रतिकेजी नूनको मूल्य १२० रुपैंया पर्न आउँछ । उत्तरी गोरखाबासीले सदरमुकामबाट भन्दा तिब्बती नाका पार गरी कुम्दाङ सहरबाट लत्ताकपडा र खाद्यान्न खरिद गरी ल्याउने गरेका छन् ।

एनआरएनए जर्मनीमा सुवेदीको बलियो संभावना (विशेष अन्र्तवार्ता/भिडियो सहित)

संसार भरी छरिएर रहेका नेपालीहरुको साँझा र छाता संस्था गैर आवासीय नेपाली संघको ७६ देशहरुमा अहिले अधिबेशनको रौनकले नेपाली जमातलाई तताई रहेको छ । कतिपय देशहरुमा नयाँ कार्य समिति चयन भैसकेका छन । यसैगरी गैर आवसीय नेपाली संघ (एनआरएन) जर्मनीको सेप्टेम्बर १० मा हुन गईरहेको नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनको माहौल पनि तात्दै गएको छ ।

आगामी कार्यकालको नेतृत्व हाक्ने एनआरएनहरुका नेताले उम्मेद्वारी घोषणा गरेका छन । यसैक्रममा एक शशक्त उम्मेदवारको रुपमा उदाएका छन, समाजसेवी यज्ञराज सुवेदी । बिगत पच्चीस बर्षदेखी जर्मनीमा बस्दै आएका सुवेदी धेरै सामाजिक काममा संलग्न रहे र रहिरहेका छन ।  दुई वर्ष पहिले गएको भूकम्पका बेला पनि आफ्नै रेस्टुरेन्टमा नेपाल प्रेमी जर्मन नागरिकहरु बोलाएर नेपाललाई सहयोग गर्ने बाताबरण बनाए उनको योजना र आग्रहबाट धेरै जर्मनहरु नेपाल आएर सहयोग गरे ।  उनले करिब २० लाख एक्लो प्रयासमा उठाएका थिए । चितवन र नवलपरासिको सिमामा पर्ने कविलासमा भूकम्प पिडितका लागि घर पनी बनाइदिए ।

पिडीतहरुलाई राहत बाँडे । तर यसको प्रशंसा खोज्दै मिडयिामा आएनन् र ल्याउन पर्नेले ल्याएनन् । प्रत्येक बर्ष नेपाली पर्व र सस्कृती जोगाउन आफू र परिवार मिलेर कार्यक्रम आयोजना गर्छन । हो उनै सुवेदी आज एनआरएनए जर्मनीको अध्यक्षका दावेदारको रुपमा आएका छन । कुनै राजनीतिक किचलोमा नपरेर विशुद्ध समाजसेवामा विश्वास राख्दै आएका सुवेदीलाई विगतमा पटक पटक नेतृत्वमा आउन चाहेपनी दिएनन केवल राजनीतिक भागबण्डाको आधारमा स्वार्थपूर्ती गर्नेहरुनै नेतृत्वमा हावी हुन पुगेका चर्चा अहिले चलिरहेका छन ।

सधैंभरि राजनितिक खिचातानी र सहमतिकै आधारमा एनआरएनएमा बिजयी गराउने प्रथा चल्दै आएकोमा उनको गुनासो रहेको छ । लोकतन्त्रको सुन्दर पक्ष मतदानमा जान आफू तयार रहेको उनले बताए । राजनिति प्रमुख कुरा भएको तर राजनितिक ब्यक्क्तित्वभन्दा बाहिर रहेरपनि राजनितिलाई आदर र सम्मान गर्दै देश र सामाजलाई सेवा गर्नेहरुको सेवाभाव, मनोकांक्षा, सिप, जाँगर र अनुभवलाई समेटेर एउटा नमुना कार्यकाल बनाउने उनको योजना रहेको छ ।

“नेपालीका लागि नेपाली”भन्ने मूल उद्देश्यका साथ स्थापित गैह्र आवासीय नेपाली संघको स्थापनाकालदेखि नै प्रत्यक्ष रुपमा यस संस्थाको राष्ट्रिय समन्वय परिषद, जर्मनीसँग आवद्द रहेर एक कार्यकाल सन् २००९  देखी २०११ को कार्य समितिमा उपाध्यक्ष भए उनी । अध्यक्ष कार्य गर्न असफल भएपछि कार्यवाहक अध्यक्ष समेतको जिम्मेवारी पूरा गरका थिए । त्यसबाहेक जर्मनीका विभिन्न सामाजिक संघ संस्थाहरुका कार्यसमिति भित्र रहेर निरन्तर रुपमा सामाजिक क्रियाकलापमा सहभागिता जनाईरहेको उनले उल्लेख गरेका छन् । अब १० सेप्टेम्बरमा मतदान हुँदैछ ।

सो निर्वाचनले आगामी दुई वर्षको कार्यकालका लागि नयाँ पदाधिकारीहरुको चयन गर्नेछ । जसमा जर्मनी निवाशी नेपालीको आवाज, ईच्छा, समस्या तथा एन आर एन ए को समग्र विकास, सांगठनिक सुदृढिकरण र पारदर्शिताका लागि हामी सबैका सकारात्मक भावना र बिचारहरुको प्रतिनिधित्व हुनु अति नै आवश्यक भएको महसुस सबैले गर्दै आएक छन् । सबै नेपालीको लागि केहि गरौं भन्ने स्वच्छ भावनाले उनी आफ्नो व्यक्तिगत, पारिवारिक एवं व्यवसायिक समय र स्रोतको व्यवस्थापन गर्न सक्षम पृष्ठभूमिमा आफू उभिएको जानकारि उनले गराएका छन् ।

स्थापनाकाल देखि वर्तमानसम्म एन आर एन ए जर्मनीको सांगठनिक स्वरूपका पानाहरु पल्टाएर हेर्दा हालसम्म एन आर एन ए जर्मनीमा ”दलिय सहमति” प्रचलित भाषामा भन्नु पर्दा ”राजनैतिक सिन्डिकेट” रहँदै आएको जगजाहेर नै छ । त्यसकै कारणव् आम जनमानसमा एन आर एन ए र यसको अभियानप्रति सबैको समान सहभागिता ईच्छा र संलग्नता हुन सकेको छैन । यो उनले जायज भनेका छन् ।

सबै भन्दा राम्रो पक्ष के छ भने उनले राजनितिक र गैह्र राजनितिक क्षेत्रका ब्यक्तिहरुलाई एकैमञ्चमा उभ्याउन, नेपालको हितमा लगाउन चाहेका छन् । एनआरएनए जर्मनीले विगतदेखि वर्तमानसम्म चालेका असल कामहरु मध्येपनि धेरै त राजनैतिक खिचातानीका कारण सँधै ओझेलमा पर्दै आएको उनको बुझाई छ । संस्थाको पारदर्शिता र संस्थागत प्रक्रियाप्रति कार्यसमिति भित्रै पनि भिन्न मतहरुका कारण असहज परिस्थिति उत्पन्न भएको हामी सबैलाई अवगत भएको पनि उनले उल्लेख गरेका छन् । तर उनले समग्रमा एनआरएनए प्रति सद्भाव, माया र आकर्षणनै बढाउने कोसिस गरेका छन् ।

सुवेदी भन्छन,

एनआरएनलाई राजनीति प्रभावबाट मुक्त पार्ने मेरो प्रयास रहनेछ ।

राजनीतिको नाममा विगतमा मैले धेरै त्याग गरेको हो, सहमतिको नाममा सधैं राम्रा मान्छेलाई पछाडी पारीयो ।

एनआरएनए जर्मनीलाई सबै वर्ग र समुदायको साझा संस्थाको रुपमा स्थापित गर्नेछु ।

“नेपालीका लागि नेपाली” भन्ने संस्थाको मूल उद्देश्यलाई ब्यवहारिक रुपमा गृहकार्य गर्नेछु ।

समाजका हरेक क्रियाकलापमा सद्भावसहितकोअभिभावकत्व प्रदान गर्दै एनआरएनए जर्मनीलाई सुख : दुखको साथी बनाउन।

सबैखालका संस्थागत पारदर्शितालाई पहिलो प्राथमिकता दिनेछु ।

हाम्रो संस्था एनआरएनएका सम्पूर्ण कार्यपद्दति विधानसंगत र सामुहिक जिम्मेवारी बहन गर्ने विधिको विकास गर्नेछु ।

पुराना र नयाँ पुस्ताबिच सम्पर्क र सहकार्य गर्दै नयाँपिंढीलाई अभिभावकत्व प्रदान गर्नेमा म लाग्नेछु ।

नेपाली सस्कृतीलाई युरोपमा पनी बढावा दिने कार्यमा म लागिरहनेछु । इुरोपमा हुर्कदै गरेका नेपाली बालबालिकाहरुलाई क्षेत्रिय, स्थानिय स्तरमा नेपाली भाषा, संस्कृतिसम्बन्धि सामाजिक शिक्षा संचालन गर्ने मेरो योजना छ ।

नेपाली कला र सांस्कृतिक पहिचानसहितको पर्यटन प्रवर्द्दनको लागि जर्मनीका विभिन्न शहरहरुमा नगरस्तरीय कार्यक्रमहरु आयोजना गर्नेछु ।

एनआरएनए जर्मनीलाई यहाँ रहेका सबै नेपालीको साथी हो भन्ने महसुस गराउनेछु ।

यहाँ बसोबार गर्ने दिदीबैनी, दाजुभाइहरुलाई समस्या परेका खण्डमा तत्काल सहयोग गर्ने र सम्पर्कको लागि आपतकालिन नम्बर सहितको व्यवस्था लागु गर्नेछु ।

आउपेयरमा आउने चेलीहरुलाई समस्या पर्न नदिने र परेको खण्डमा तत्काल समाधान गर्ने मेरो योजना छ ।

युरोपका अन्य देशमा मानवतस्करी भैरहेका घटनाहरु सुनिएका छन, त्यसलाई निरुत्साहित गर्नेमा मेरो पाइला अघि बढ्नेछ ।

देशबिदेशमा संघर्षशीलहरुमा थप उद्दमशीलताको लागि पहल गर्नेछु ।

जर्मनीमा रहेका राष्ट्रिय अन्तर्रा्ष्ट्रिय संघसंस्थाहरुसंग सहकार्य गर्दै नेपाल र नेपालीका हितका निम्ति कार्यक्रमहरु ल्याउनेछु ।

नेपाल र नेपालीहरुका विभिन्न विषयमा ज्ञान हासिल गरेका, नेपाललाई कार्यक्षेत्र र कर्मक्षेत्र बनाएका जर्मन नागरिकहरुको खोजि गरि तिनको सिप र अध्ययनलाई नेपालको हितमा सदुपयोग गर्ने अभियानमा अघी बढ्नेछु ।

एनआरएनए जर्मनीलाई समयअनुकूल परिचालन गरि प्रशासनिक ढंगलेपनि सबल बनाउनुपर्ने भएकाले यो संस्थालाई सबैका माझ स्थापित र सक्रिय बनाउन एनआरएनए जर्मनीको एकसचिवालय स्थापना गर्नेछु ।

नेपालमा घट्ने अप्रत्याशित घटना र बिपत्तीका बेला जर्मनीका प्रमुख शहरहरुमा तत्कालै समितिहरु निर्माण गरि सहयोगका अभियान सञ्चालन गर्छु ।

एनआरएनएको केन्द्रियस्तरमा हुनेछलफल, निति, योजना र संलग्नताका विषयमा राष्ट्रिय समन्यव परिषदका तर्फबाटपनि सक्रिय सहभागिता र संलग्नताको स्थानका लागि आवाज उठाउन, पहल हुनेछ ।

हरेक योजना, काम, कार्याविधीहरु तयार गर्दा बृहद छलफल, साझेदारी र सहमतिका आधारमा अगाडि बढ्नेछु ।

जर्मनीमा रहेका अन्य सामाजिक संस्थाहरुको काम र कर्तब्य र क्रियाकलापलाई सहर्ष स्विकार गर्दै तिनलाई पनि एनआरएनएको तर्फबाट सहयोग गरी तिनिहरुको संलग्नता जनाई सबै संघसंस्थाको साझा संस्थाकारुपमा एनआरएनए जर्मनीलाई अगाडि बढाउने छु ।

यहाँहरुकै माया, स्नेह, समर्थन, साथ र संगतले यहाँसम्म आइपुगेको छु । नेत्रित्वकालागि तयार मेरो उर्जा भनेकोपनि यहाँहरुनै हुनुहुन्छ । तपाईहरुको त्यो सुझाव र साथबिना यो परदेशी भूमिमा समाजकालागि सामूहिक योगदान पुर्याउन मुस्किल पर्छ । त्यसैले फेरिपनि एनआरएनए जर्मनीमा उदाहरणीय रुपमा प्रस्तुत हुन आफ्नो क्षमता र दक्षताका साथ सबैको साझा नेतृत्व गर्ने बिश्वास दिलाउँछु ।

उनीसँग गरेको कुराकानीको भिडियो

विशिष्ट अधिकारीको सुविधा घटाउनुको साटो आफैंलाई सुविधा माग्न थाले सांसदहरुले

काठमाडौं ।

देशका पूर्व विशिष्ट पदाधिकारीहरुलाई दिइने सुविधा बढी भएको भन्दै सार्वजनिक आलोचना भइरहँदा यसको बारेमा छलफलमा सहभागी सांसदहरुले आफ्नै लागि सुविधा माग्न थालेका छन् ।

बिहिबार भएको व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुबिधा दिने सम्बन्धमा भएको छलफलमा सांसदहरुले पूर्व सांसदलाई पनि सुविधा दिनुपर्ने भन्दै भोलीको लागि आफ्नो सुविधा अहिलेनै तोक्ने बाटो खुलाउन खोजेका छन् ।

संशोधन प्रस्ताव गरेका सांसदहरुले पूर्व पदाधिकारीहरुलाई सुविधा दिदा उनीहरुको उपत्यका भित्र र बाहिर रहेको सम्पतीका विषयमा ध्यान दिनुपर्ने भन्दै पूर्व सांसदलाई पनि यथोचित सेवा सुविधा तोकिनुपर्ने माग गरेका हुन् ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्व विशिष्ट पदाधिकारीलाई सुबिधा दिने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफल शुरु भएको हो ।

संशोधन प्रस्ताव गरेका सांसदहरुले पूर्व पदाधिकारीहरुलाई सुविधा दिदा उनीहरुको उपत्यका भित्र र बाहिर रहेको सम्पतीका विषयमा ध्यान दिनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपति बाहेकका प्रधानमन्त्री, सभाुमख र मन्त्रीहरु फेरी राजनीतिमा आउने हुदा उनीहरुलाई सुुविधा दिन नहुने, पूर्व सांसदहरुलाई पनि सुविधा व्यवस्था गर्नु पर्ने लगायतका आ–आफ्ना धारणा राखे ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले राष्ट्रपतिलाई आवास वापत मासिक २ लाख र अन्यलाई ७५ हजार, राष्ट्रपतिलाई मन्त्री सरहको इन्धन सुुविधा र अन्यलाई राज्यमन्त्री सरहको इन्धन सुुविधा दिने लगायतका व्यवस्था विषय विधेयकमा रहेको जानकारी गराएका थिए ।

विमान उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु

नेपालगन्ज ।  नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ ।

नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै जुम्लाको हुमा गाउँपालिका–६ की ५६ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला विमानस्थलले भने विमान ल्याण्ड भइसके पछि मात्रै मृत्यु भएको थाहा भएको जनाएको छ ।

मृतकको शव आफन्तले बुझेर लगिसकेको जुम्ला विमानस्थलले जनाएको छ ।

दुर्घटनामा परी दुई जनाको मृत्यु, कारमा आगजनी…

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परी घाइते भएकी स्कुटरमा सवार सीता नेपालीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा भलुही मेडिकल कलेज, रुपन्देहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।

कारमा अज्ञात समूहद्वारा आगजनी

यसैबीच, नवलपरासीको कावासोती नगरपालिका–३ थकालीचोकमा बुधबार घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् ।

आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरिएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।

स्थानीय तह निर्बाचनः दावी विरोध आज , अन्तिम नामावली प्रकाशन शनिबार

काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि बुधबार परेको उम्मेदवारीमाथि दाबी विरोध गर्न आजको समय दिएको छ ।

आयोगले आज १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको हो । त्यसपछि उजुरीमाथि छानबिन गरी शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहे शुक्रबार साँझ ५ बजेसम्मको समय तोकिदिएको छ । शनिबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ ।  शनिबार नै चुनाव चिह्नसमेत वितरण गरिने भएको छ ।

प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि हिजो १८ हजार २ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए ।

सर्पको डसार्इबाट किशोरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ की १७ वर्षीया राधिका जैशीको सर्पको डसार्इबाट मृत्यु भएको छ।  सर्पले डसेपछि उपचारका लागि कैलालीको धनगढीतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्तले जनाएको छ।

नगरपालिकास्थित स्वास्थ्य चौकीमा एन्टीस्नेक भेनम नहुँदा समयमै उपचार नभएको स्थानीय स्रातको भनाई छ ।

‘छक्का पन्जा २’को ट्रेलर रिलिज, यस्तो छ….

पहिलो श्रृखंलाका कारण पछिल्लो  चर्चामा रहेको ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । असोज ११ गते फूलपातिको दिनमा रिलिज हुने फिल्मको ३ मिनेट ३ सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो ।

अभिनेत्री दीपाश्री निरौलाको दोस्रो निर्देशकिय फिल्ममा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीको मुख्य भूमिका छ ।

फिल्ममा विकास आचार्य र सामिप्यराज तिमल्सेनाको कथा रहेको छ भने दीपकराज गिरीको पटकथाकार हुन् । फिल्ममा ‘छक्का पञ्जा’को भन्दा बिल्कुल फरक कथा हुने जानकारी निर्माण पक्षले दिएको छ ।

करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ?

काठमाडौं, भदौ २२ । महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुनको मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा ४४ करोड रुपैयाँ छ। नेपालको भन्सार दर १० ग्रामबराबर ४ हजार २ सय रुपैयाँ हो। यसका आधारमा भन्सार छलेर सुन नेपाल भित्र्याउँदा किलोमा करिब ४ लाख रुपैयाँ फाइदा हुन्छ।

८८ किलो बजारमा फैलाउँदा करिब ४ करोड रुपैयाँ फाइदा निकाल्छन् तस्करले। यही सुन भारत पुग्दा दोब्बर फाइदा हुन्छ। प्रहरीले ८८ किलो बरामद गर्दा तस्करीमा लगानी गर्नेको ४४ करोड रुपैयाँ डुबेको छ। मुद्दा प्रक्रिया टुंगिएपछि यो सुन राज्यकोषमा दाखिला हुनेछ। तर, रोचक पक्ष के हो भने प्रहरीले पटकपटक करोडौं मूल्यबराबरको सुन बरामद गर्दै आए पनि सुनका मुख्य लगानीकर्ता कहिल्यै खुल्दैनन्। व्यापारी वृत्तमै तस्करीको सुन बरामद हुँदा लगानीकर्ता टाट पल्टेको चर्चा हुँदैन। आखिर किन

सुन तस्करीबारे जानकार स्रोतका अनुसार एकै व्यक्तिले लगानी गर्दा उच्च जोखिम हुने भएकाले तस्करीको सुनमा सामूहिक लगानी हुने गरेको छ। जसका कारण प्रहरीले ठूलो परिमाणको सुन बरामद गर्दासमेत तस्करीमा लगानी गर्नेले ठूलो क्षति बेहोर्दैनन्।

नेपालमा भइरहेको सुन तस्करीबारे अध्ययन गरिरहेको स्रोतका अनुसार तस्करीको सुनका लागि न्यूनतम ५ समूहको लगानी हुन्छ। जसले गर्दा सुरक्षा निकायले सुन बरामद गर्दासमेत उनीहरुलाई ठूलो आर्थिक भार बेहोर्न नपरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web