यसकारण रोकिएन नेपालमा एटीएम ह्याकिङ, दुई वर्षमा १७ विदेशी पक्राउ

काठमाडौं, भदौ २२ । गत वर्ष केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले एटीएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्यो । पटक–पटक पक्राउ गरेपछि एटीएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटीएममार्फत पैसा चोर्ने देशका रुपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो ।

तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटीएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन् ।सी आईबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । पछिल्ला २ वर्षमा १७ विदेशी पक्राउ परेका छन् ।

बैंकहरुले सुरक्षामा लगानी गर्न हिच्किचाउँदा एटीएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । विश्वका धेरै देशमा फेजआउट भइसकेको मेग्नेटिभी स्ट्रिप प्रविधिको कार्ड नेपालमा प्रचलनमा छ । सुरक्षाका कारण विश्वभरि यूएमभी चिप प्रविधिको कार्डहरु प्रयोग भइरहेका छन् । तर, नेपालमा अझै यो प्रविधि भित्रिन सकेको छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आफ्नै मापदण्ड कुल्चेर गृहले गर्यो राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय

काठमाडौं,भदौं २२ । गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो ।

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णग गरेको नयाँ पत्रिका दैनिकमा खबर छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्रमा डिजाइन गरिएअनुसारको विवरण प्रयोग नगर्ने गृहको निर्णयले परिचयपत्र कमजोर बन्ने दाबी गरेको छ ।

डा. केसीको चेतावनीपछि विवादास्पद नेशनल मेडिकल कलेजको सम्वन्धन त्रिविद्वारा खारेज

काठमाडौं ।

भदौ २१ गतेसम्ममा त्रिभूवन विश्वविद्यालयले विवादास्पद काठमाण्डौ नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज नगरे आमरण अनसन थाल्ने सामाजिक अभियन्ता डा. गोविन्द केसीको चेतावनी पछि त्रिविले आफ्नो निर्णय सच्याएको छ ।

पूर्वाधार, भवन, अस्पताल लगायत सबै किसिमबाट अयोग्य हुँदाहुँदै सम्बन्धन दिइएको नेशनल मेडिकल कलेजको सम्वन्धन चौतर्फी बिरोध र संसदीय अनुसन्धानमा परेपछि त्रिविले आज निर्णय फिर्ता लिएको हो ।

आफ्नो निर्णयमा बिरोध हुन थालेपछि त्रिविले यसअघि सम्बन्धन स्थगन गर्ने निर्णय मात्र गरेको थियो । काठमाण्डौ नेशनलको राजधानीको घट्टेकुलोमा रहेको भवनमा अस्पताल सञ्चालन गर्ने समेत अनुमति नलिएको र उक्त भवन र पूर्वाधारहरु अस्पताल सञ्चालन गर्न योग्य नभएको भनी स्वास्थ्य मन्त्रालयद्वारा गठित समितिले प्रतिवेदन समेत दिएको थियो ।

तर त्रिविका विवादास्पद उपकुलपति तीर्थ खनियाँकै अग्रसरतामा अनुमति दिइएको थियो । चिकित्सा शिक्षा सुधारका लागि भन्दै विभिन्न मागसहित प्राडा गोविन्द केसी एघारौं चरणको अनशनमै रहेका बेला त्रिभूवन विश्वविद्यालयले सर्वोच्चको आदेश अनुसार भन्दै चोरबाटोबाट काठमाण्डौ नेशनललाई सम्बन्धन दिएको थियो ।

त्यसपछि उत्पन्न दवावले स्थगन भएको सम्बन्धन आज खारेज भएको हो । डा. केसीले उक्त सम्बन्धन खारेजीका साथै चिकित्सा शिक्षा ऐन नआउँदासम्म कुनै मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने अडान सहित आजसम्मको अल्टिमेटम दिएका थिए ।

आई सी सी विश्व क्रिकेट लिगका लागि टोली सार्वजनिक

काठमाडौं ।

आई सी सी विश्व क्रिकेट लिग प्रतियोगिता खेल्ने अन्तिम १४ जना नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको नामावली बुधबार सार्वजनिक भएको छ ।

लिग प्रतियोगिता अन्तर्गत नेपालले हङकङसँग आउँदो अक्टोबर महिनाको १३ र १५ तारिखमा दुई वटा खेल खेल्ने छ ।

बन्द प्रशिक्षणमा राखिएका २५ जना खेलाडीहरु मध्यबाट बुधबार १८ जना खेलाडी छनोट गरिएको हो ।

नेपाली टोलीको कप्तानी पारस खड्काले सम्हाल्ने छन् । बाँकी ४ जना खेलाडीको चाँडै छनोट गरिने क्रिकेट संघ नेपाल क्रिकेट संघका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्ले अन्तिम टोलीको छनोट गरेका हुन् ।

नेपाल र हङकङबिचको दुवै खेल हङकङ मै हुनेछ ।

नेपाल प्रतियोगितामा १० खेलबाट ८ अङ्क प्राप्त गरी छैठौँ स्थानमा रहेको छ भने हङकङ ११ अङ्क सहित चौथो स्थानमा रहेको छ ।

पिके हाइड्रोपावरका लागि ५ अर्ब १० करोड वैदेशिक लगानीको स्वीकृति

काठमाडौं ।

लगानी प्रर्वृद्धन बोर्डका बुधवारको बैठकले ५ अर्ब १० करोड बराबरको वैदेशिक लगानीका लागि स्वीकृति प्रदान गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बोर्डको बैठकले ३० मेघावाट क्षमताको पिके हाइड्रोपावरमा ५ अर्ब १० करोडको विदेशी लगानी गर्न स्वीकृति प्रदान गरेको एदोग विभागका महानिर्देशक शंकरप्रसाद अर्यालले जानकारी दिनुभयो ।

६० प्रतिशत विदेशी तथा ४० प्रतिशत नेपाली लगानीकर्ताहरुको लगानी रहेने पिके  हाइड्रोपावरमा रशियन लगानीकर्ताले ५ अर्ब १० करोड लगानी गर्न लागेका हुन ।

कम्पनीका नेपाली प्रर्वद्धक पिके हाइड्रोपावरका अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले आयोजनाको निर्माणको काम माघबाट शुरु हुने बताउनुभयो ।

योगमाया सम्मान मिठाईदेवीलाई

काठमाडौ ।

नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’’ विसं २०७३ मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य, पत्रकारिता, दलित महिला र समग्र दलित हकहितको लागि सक्रिय भई सामाजिक सेवामार्फत समाज रुपान्तरणमा पुर्याउँदै आउनु भएको योगदानका निमित्त विश्वकर्मालाई समाजले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बलात्कारका अभियुक्त सार्वजनिक

बनेपा ।

काभ्रेमा सामूहिक बलात्कारका कारण १ साताअघि एक महिलाको मृत्यु भएको घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गरी फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका सबै अभियुक्तले प्रहरीलाई बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।

प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो ।

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै १ साताअघि मकैबारीमा मृत अस्थामा फेला परेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको थियो ।

आजबाट सोह्र श्राद्ध, बडादशैँको टिकाको साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं ।

आजदेखि सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्रश्रद्ध मनाइने गरिन्छ ।

प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ ।

ठूला पर्व दशैं, तिहार मनाउनुअघि पतिृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक परम्पराअनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीविद् बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको टिका ११ बजेर ५५ मिनेटपछि लगाउनु उत्तम रहेको जनाएको छ ।

विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको र सोही दिन मध्यान्न ११ बजेर ५५ मिनेटपछि टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो ।

पञ्चांग निर्णायक समितिले असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको जनाएको छ ।

२ नम्वर प्रदेशको स्थानीय चुनावमा उम्मेदवारी दर्ता

काठमाडौं ।

असोज २ गते तेश्रो चरणमा हुने प्रदेश नम्बर दुईका १३६ स्थानीय निकायमा आज उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको तेश्रो चरणको निर्वाचनअन्गर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको थियो  ।

निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

11:55 AM of Ashoj 14 auspicious hour of tika this Dashain

Nepal Calendar Determination Committee has made public the auspicious hour of tika for the coming Dashain festival.

As per the Committee, the auspicious hour of this Dashain tika is 11:45 am on Ashoj 14 (September 30, Saturday).

Committee Chairman Prof Dr Ramchandra Gautam said the navaratra begins on Ashoj 5 (September 21).

It is the first day of the Dashain, which is called the Ghatasthapana. The auspicious hour of the observing Ghatasthapana is 9:41 am.

Lawmakers demand use of Nepali script and digits in auto number plates

Lawmakers have called for using the Devanagari script in the electric (embossed) number plate system for automobiles launched by the Department of Transport in Bagmati Zone since August 21.

In a meeting of the Legislature-Parliament's Development Committee today, lawmakers said vehicles' number plates should be in the Nepali language so that general people can easily read about it particularly at time of accident.

The use of English language in such number plates has provided chance for vehicles responsible for accidents to escape arrests as eye witness and victim failed to notice/ read the number plate properly.

In replies to lawmakers' concerns, Minister for Physical Infrastructure and Transport Bir Bahadur Balayar pledged to make initiations for using the Devanagiri script in it.

Accused in death of woman from gang rape made public

The accused in the murder of a woman due to gang rape a week ago were presented before media by the police today.

At a press meet, Superintendent of Police, Sahadev Thapa, said preliminary investigations into the case showed the woman went into coma during the brutal rape and died before gaining consciousness.

The accused were arrested from different locations with the help of CCTV footages from Banepa area.  All the accused have admitted to committing the crime, the District Police Office, Kavrepalanchowk stated.

The half-naked dead body of Nanu Alemagar, 57, was found in a maize field near a brick kiln in Banepa Municipality-8. Police believed that she had sexual relations with the accused in the past.

The accused will be tried under a murder case and a post-mortem report of the body is awaited.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web