Discussions on amendment to Employees Adjustment Bill begins

The Legislature-Parliament's State Affairs Committee has begun discussions on the amendment to the 'Employees Adjustment Bill- 2074 BS'.

The then Minister for General Administration Keshab Kumar Budathoki had presented the bill in the parliament before this. The bill seeks to make necessary provisions for the adjustment of employees  serving in the government services at federal, state and local-levels in accordance with the Article 302 of Nepal's Constitution.

Some lawmakers from the Nepali Congress, CPN (UML) and CPN (Maoist Center) had registered the proposals seeking amendments to the bill.

In the meeting, Public Service Commission's Chair Umesh Mainali said the Constitution has increased the Commission's jurisdictions and role in the federal Nepal, however,  the lack of timely formulation of laws  as per so has  restricted it to do its duties and role.

Passengers’ help desk at 12 places of Valley in view of Dashain festival

Metropolitan Traffic Police Division is to lunch a help desk for convenience of passengers in view of the upcoming festivals.

The help desk is to be set up with the joint participation of Nepal Police, transport entrepreneurs and civil society representatives.

The division is setting up such desk at 12 places of the Kathmandu Valley with the opening of ticket bookings in advance for long and medium routes for the Dashain festival.

The passengers' help desk, meant for convenience of passengers heading home for the Dashain festival, will be operated at Nagdhunga, Kalanki, Swoyambhu, New Bus Park, Old  Bus Park, Chabahil, Tilganga, Koteshwor, Jagati, Lagankhel,  and Balkhu, according to division Deputy   Inspector General of Police Sarbendra Khanal.

Transport entrepreneurs will face music if they are found carrying passengers more than capacity, forced dropping of passengers on midway, overcharging and selling tickets in black.

Candidacy nomination underway in enthusiastic manner in Province 2

Nomination of candidature for the third round local level elections is underway for the 136 local levels of eight districts in Province No 2.

As per the information received from the Election Commission's Joint Election Operation Centre, candidates of the various political parties and independent candidates have enthusiastically been participating in the registration of their candidacies from offices of the chief election officers and the returning officers.

The Election Commission had set the time from 10 am till 5 pm  today for the registration of candidacy for the election to be held for various posts of the 136 local levels including one metropolitan city, three sub-metropolitan cities, 73 municipalities and 59 Rural Municipalities in Province 2.

DPM Mahara off to China on six-day trip

Deputy Prime Minister and Minister for Foreign Affairs, Krishna Bahadur Mahara, has left for Beijing, China today, leading a four-member delegation on a six-day official visit at the invitation of his Chinese counterpart Wang Yi.

During the visit, the Deputy Prime Minister will hold a meeting with the Chinese Foreign Minister and his delegation, with Chinese senior  leaders   and attend a discussion programme to be held at the Beijing-based China Foreign Affairs University.

Senior officials of the foreign affairs ministries of both countries and Beijing-based Nepalese Embassy will be present in the bilateral meetings.

The Deputy Prime Minister is scheduled to inaugurate the Nepal's Consulate General's office established in Guangzhou, address a gathering of business community there and meet provincial leaders. He is returning home on September 11.

२८ वर्ष पछि थिमिमा महाकाली नाच सुरु

भक्तपुर ।

मध्यपुरथिमिमा २८ वर्षपछि आजबाट महाकाली नाच सुरु भएको छ । हरेकवर्ष संचालन हुदै आएको यो नाच आर्थिक अभावका कारण २८ वर्षदेखि बन्द भएको थियो ।

मध्यपुरथिमि नगरपालिका वडा नं. ५ र ६ का युवा मिलन केन्द्रका युवाहरुको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर आजबाट सुरु भएको हो ।

समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले आजबाट चारदिनसम्म टोलटोलमा नचाएर मनाईने बताउँदै उहाँले नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै टोलटोलमा नचाईने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार मध्यपुरथिमि ५ भुँलाखेल स्थित नित्यनाथ मन्दिरमा पूजा गरेर नाचलाई समर्पित गरी सुरु हुनेछ र नाच्दै बालकुमारी मन्दिर अगाडि पुगेपछि नाचिन्छ ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि  नै देवासुर संग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा यो नाच सातदेखि नौ तालमा नाचिने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरको मौलिक परम्परा, ऐतिहासिक एवं साँस्कृतिक परम्परा, पर्व एवं नाच लगायतका धरोहरको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो ।

११ः५५ बजे बडादशैंको टीकाको साइत

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ ।

विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ । असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।

असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए।

‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ,’ उनले भने ।

विजया दशीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ ।

रसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचारको फल पत्ता लगाए..

संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले विभिन्न प्रकारका प्राणघातक क्यान्सर रोगबाट बचाउन सन्छ ।

औषधी तयार बनाउन चाहिने सामग्री

४०० ग्राम ताजा ओखर
४०० ग्राम क्वाँटी (अंकुरित गेडागुडी एवम् अन्न)
१ किलो प्राकृतिक मह
१२ पोटी ताजा लसुन
१५ वटा ताजा कागती
क्वाँटी तयार पार्ने तरिका

काँचको भाँडामा केही गेडागुडी राख्नुहोस् र डुब्नेगरी पानी राख्नुहोस् । यसलाई एक रात यत्तिकै छाडिदिनुहोस् र अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस् र त्यसलाई राम्रोसँग पखाल्नुहोस् । उक्त सफा गेडागुडीलाई काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस् । यसपछि टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ ।

औषधी तयार पार्ने तरिका

लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस् ।
५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस् ।
बाँकी १० वटा कागतीलाई निचोरेर रस उक्त मिश्रणमा राख्नुहोस् र सबै कुरालाई राम्रोसँग मिक्स गर्नुहोस् ।
उक्त मिश्रणलाई महमा काठको चम्चा प्रयोग गर्दै राख्नुहोस् ।
उक्त मिश्रणलाई एउटा काँचको भाँडामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसलाई तीन दिनको लागि फ्रिजमा राखेपछि औषधीको रुपमा सेवन गर्नुहोस् ।
डा. मेर्मेर्सकीका अनुसार तयार भएको औषधीलाई सुत्नुभन्दा आधा घण्ठा पहिला खानुहोस् र हरेकपटक खाना खानुभन्दा आधा घण्टा अगाडि खानुहोस् । क्यान्सरको उपचारको लागि खाँदै हुनुहुन्छ भने हरेक २ घन्टामा एक–दुई चम्चा सेवन गर्नुहोस् ।
हेल्थीटिप्सवर्ल्ड्स नेटका अनुसार डा. मेर्मेर्सकीका अनुसार यो औषधी दीर्घायू र स्वस्थ जीवनको लागि पनि सहयोगी हुनेछ । यो क्यान्सरको उपचारमा एकदमै लाभदायक हुनेछ । जवान देखिन र तागतका लागि पनि यो उपयोगी हुनेछ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ र मृगौला र कलेजो सफा राख्न पनि यसले सहयोग गर्दछ । यसले शरीरमा रोगको विरुद्ध लड्ने क्षमता पनि बचाउँछ ।

सामूहिक ‘बलात्कार’गरी महिलाको हत्या

बनेपा, भदौ २१ । सामूहिक बलात्कारका कारण एक साताअघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ ।

फरक–फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारकाक्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘अझै विस्तृत् अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौं’–प्रहरी उपरीक्षक थापाले भने ।

बनेपामा जडान भएको सीसी टीभी क्यामेराको सहयोगमा खोजी गर्दा अभियुक्तहरुलाई फरक–फरक मितिमा फरक–फरक स्थानबाट एक साताको अवधिमा पक्राउ गरिएको थियो ।

पक्राउ परेका सबै अभियुक्तले प्रहरीलाई बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।

पक्राउ पर्नेमा रिक्सा चलाउने, प्लम्बर कार्यमा संलग्न भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टानजिकै एक साताअघि मकैबारीमा मृत अस्थामा फेलापरेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको थियो ।

उनीसँग अभियुक्तहरुको विगतमा पनि यौनसम्बन्ध कायम रहेको प्रहरीले जनाएको छ ।

एनआरएनए जापान निर्वाचन बिबाद ! ‘साँडे जुधेपनि मिलेपनि मासिने बाली नै’

समाचार टिप्पणी-

गैर आवासीय नेपाली संघ जापानको २०१७-०१९ को नेतृत्व चयन सहमती र सहमती नजुटेका बिषयमा निर्वाचन मार्फत सम्पन्न भएको छ ।

निर्वाचन हुने मितिभन्दा तीन साता अघि अध्यक्षमा टासी वाङदी लामा चयन हुँदा प्रतिस्पर्धी अनुज थापाले दाबेदारी छाड्दै सहमती निर्माणमा साथ दिएका थिए । अध्यक्ष दावेदारी छाडेका थापा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा सिफारिस भए ।

परिषदको ६ सदस्य मध्ये पाँचमा यसअघि नै उम्मेद्धारी दिएका कपिलदेव थापा, दिनेश गुरुगं, डिलाराम खरेल, टंक गैरे र केशर गिरीको मात्र उम्मेद्धारी परेपछि निर्विरोध भएका थिए ।

यसैगरि अध्यक्षमा दावेदारी देखाएपनि देविलाल भण्डारी बरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका थिए भने सह कोषाध्यक्षमा राम थापा चयन भएका थिए ।

कोषाध्यक्षका उम्मेद्धार प्रल्हाद सिंह महत र महेन्द्र कुमार अधिकारी उम्मेद्धारी फिर्ता लिन सहमत भएपछि कालिका थापा कोषाध्यक्षमा निर्विरोध चयन भइसकेकी थिइन् ।

अन्तिम समयमा महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेद्धारी फिर्ता लिएर अनिता गुरुगंलाई बाटो खुलाइदिएपछि बाँकी पदहरु दुई उपाध्यक्ष, सचिव, महिला सदस्य र ५ सदस्यमा मात्र मतदान भयो ।

पहिलो पटक अनलाईन मार्फत गरिएको मतदानको नतिजा निर्वाचन सम्पन्न भएको एक घण्टा भित्रनै सार्वजनिक भयो । सार्वजनिक आधिकारीक नतिजा अनुसार उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर शिव प्रसाद पौडेल बिजयी भए भने सरोज कुमार खत्रीले तीन प्रतिस्पर्धी द्रोण बहादुर सिलवाल, जीवन न्यौपाने र छत्र बहादुर दाहाललाई पराजित गरे ।

सचिवमा जनक विक्रम शाही बिजयी हुँदा बासुदेव लामीछाने हार्न पुगे । एक मात्र महिला सदस्यमा सृजना पाण्डेले बाजी मार्दा गीता आचार्य स्मृति र कमला गैरे हार व्यहोर्न बाध्य भए ।

२१ सदस्यको दौडमा भने राजन कुमार पौडेल, नारायण खड्का, लालबहादुर रावल, हस्त लामा र बालकृष्ण कंडेल केन्द्रिय सदस्य बन्न सफल भए ।

नेतृत्व चयन सकिएसँगै निर्वाचीतहरुको सपथ यही सेप्टेम्बर १० तारिखमा तोकिएको छ । तर शपथ अघिनै पराजित भएका भनिएकाहरुबाट सामुहिक बिरोध हुँदा बिजयी भएकाहरुले खुशीको स्वाद मज्जाले लिन पाएका छैनन् ।

सदस्य बनाउने क्रममा भएको कमजोरी, सदस्यता वितरण हुँदै मतदानसम्म जारी रह्यो र यसले नतिजामाथि प्रश्न उठाइदिएको छ । तर निर्वाचन कमिटि, निवर्तमान अध्यक्ष र सबै बिजयी उम्मेद्धारहरुको एक स्वर छ ऐतिहाँसिक सफल र निस्पक्ष निर्वाचन भएको छ ।

मतदान जारी रहँदा ६ बजे तोकिएको समय अकस्मात बढाइयो । सिमित मत मात्र एक डिभाइसबाट राख्न पाउने भनिएको प्रविधि अकस्मात खुल्ला गरियो । गुमनाम व्यक्तिहरुको उदय, चर्चीत अनुहारहरुको पराजय । उम्मेद्धार देखी कयौं मतदाताले मत खसाल्न नपाएको गुनासो । सदस्यता बनाउने नाममा मतदानको दुरुपयोगको आरोप र प्रत्यारोप मुख्य त निर्वाचनको बैधतामाथि उठेका मुल प्रश्नहरु छन् ।

टपनेपालन्युजडटकमले प्राप्त गरेको दुई विश्वस्त श्रोतको सुचना र हाम्रो दाबी स्पष्ट छ कि ६ बजेसम्मको नतिजामा उत्तम कुमार श्रेष्ठ केन्द्रिय सदस्य ५ मध्येको भित्र थिए । र ६ बजे टपनेपालन्युजले त्यही आधारमा उनी बिजयी भएको समाचार राख्यो । तर यही समाचारले बिवाद निम्त्याइको तर्क स्वयं उम्मेद्धार श्रेष्ठले अस्विकार गरेका छन् तर नेतृत्वले यसमा असहमती अझ भनौं गम्भिर आरोपका साथ यसको अप्रासंगिक प्रतिवाद गरेको छ । जसको प्रमाण हामीले सुरक्षित राखेका छौं ।

बढाइएको समयमा भएको मत परिणामको नतिजा हामीले अपडेट श्रोतबाट लिएनौं र अन्तिममा सार्वजनिक मतपरिणाम प्रकाशित गर्यौं यसमा टपनेपालन्युजको कुनै न कमजोरी रहेको छ न त त्रुटी । यसका असहमत भएका जो कोही व्यक्तिले खण्डन, प्रतिक्रिया वा विज्ञप्ति आधिकारीक उपलब्ध गराएका छैनन् शिवाय मौखिक बिरोध । यस आधारमा यो विवाद यत्तिमै सिमित छ अहिलेसम्म ।

कुरा रह्यो उम्मेद्धारहरुकै बिरोध । सामुहिक रुपमा निर्वाचन धाँधली रहेको भन्दै उम्मेद्धारहरुबाट विज्ञप्ती आइसकेको छ । हस्ताक्षरित विज्ञप्तीमा हस्ताक्षर फिर्ताको अनुरोध र केही दबावका बिच आधा दर्जन उम्मेद्धारहरुले टपनेपालन्युजडटकमलाई आफ्नो हस्ताक्षर फिर्ता नलिएको सूचना दिएका छन् । र यो समाचार प्रकाशित हुँदा सम्म कुनै एकमात्र सदस्यले हस्ताक्षर दुरुपयोगको कुनै जानकारी बाहिर ल्याएका छैनन् ।

निवर्तमान अध्यक्ष सुदन थापा र निर्वाचन कमिटिका संयोजक ओम गुरुगंले निर्वाचन सबै हिसाबले निष्पक्ष भएको जनाइसकेका छन् । अध्यक्ष थापाले विज्ञप्ति र संयोजक गुरुगंले एक अन्र्तवार्ता मार्फत लागेका आरोपहरुको खण्डन समेत गरिसकेका छन् ।

तर पनि अझै बिरोधका स्वरहरु जारी रहेका छन् र यो बिरोध आईसिसि नेतृत्व शेष घलेसम्म पुगिसकेको छ ।

सदस्यता जुनसुकै संस्थाले जो कोहीको बनाउन सक्ने बनाईंदा मौन रहनुमा अहिले बिरोध गरिरहेकाहरुको समेत स्वार्थ गांसिएको थियो ।

सदस्यता शुल्क अनलाईन भएपनि एकमुष्ट रकम भुक्तानीले उब्जाएको प्रश्नमा पनि सबैको स्वार्थ जोडिएको थियो ।

अझ सदस्यहरुको परिचय पत्र वितरणमा जसको शक्ति उसको भक्ति तरिकाले सामाजिक सञ्जालमै दर्जनौं परिचयपत्र सहितको फोटो राखिरहँदा समेत मौन रहनु अहिले बिरोध गरिरहेकाहरुको मुख्य कमजोरी हो ।

एक डिभाइसबाट ५ मत मात्र दिन पाउने भनिएपनि त्यो लागु हुन्न भन्ने भित्रि बुझाई बुझिसकेका बिरोधमा रहेकाहरु आफैं दर्जनौं मतपत्र एकसाथ बोकेर मतदानको समय कुरिरहेका थिए ।

मात्र यत्ति रह्यो कसले कति मत बटुलेर एकसाथ राख्यो र कसरी बटुल्यो त्यतिधेरै मतपत्र एकसाथ ।

केही संस्थागत संलग्नता केही राजनीतिक सम्वन्ध अनि केही स्वार्थ गाँसिएकाहरुको जोड घटाउनै निर्वाचनको अन्तिम मत परिणाम हो । फरक यत्ति हो अहिले निष्पक्ष निर्वाचनको दाबी गरिरहनेहरु र धाँधली निर्वाचनको लगाम भिराउनेहरु दुवै यसका मतियार हुन् । कसको संलग्नता कति प्रतिशत भन्ने मात्र यसमा मुल प्रश्न हो ।

मात्र यसमा बलिका बोका बनेका भनेका दुई थरि एक स्वतन्त्र रुपमा व्यक्तिगत योग्यता र त्यागले उम्मेद्धार बनेकाहरु हुन् भने अर्को एक नेपालीको रुपमा सदस्य बनेर स्वतन्त्र मतदान गर्ने एक करिव चौथाई मतदाता मात्र हुन् । भिडन्तमा उत्रने जति छन् सबै साडे जुधाईका रुप हुन् । बुझ्न के आवश्यक छ भने यो भिडन्तमा देखिएका अनुहारहरु मिले पनि र जुधेपनि मासिने भनेको बाली हो । बालि अर्थात् जापानमा रहेको एकतृत नेपाली समाज र जापान सरकारको आँगनमा हाम्रो नेपाली छवि ।

तेस्रो चरणमा कहाँ-कहाँ भयो कांग्रेस-माओवादी तालमेल?

काठमाडौं,भदौं २१ । सत्तारूढ प्रमुख दुइ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन्। उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार वटा नगरपालिकामा तालमेल करिब टुंगिएको छ। अन्य नगर र गाउँपालिकाको तालमेलबारे राति अबेरसम्म छलफल जारी छ। दुवै पार्टीभित्र आन्तरिक विवादका कारण अन्तिम समयमा फेरबदल नभए बुधबार हुने उम्मेदवारी दर्ताका क्रममा तालमेलबाट उम्मेदवार खडा हुनेछन्।

धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा कांग्रेसका प्रमुख, माओवादीका उप्रमुख तथा सर्लाहीको लालबन्दी र बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका प्रमुख, कांग्रेसका उपप्रमुख हुने गरी तालमेलको अन्तिम तयारी भएको स्रोतले बतायो। त्यसबाहेक गोलबजार, हरिऔन, मिर्चैया, कर्जन्नाहलगायतका नगरपालिकामा पनि तालमेल गर्नेबारे छलफल भइरहेको छ। माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहका अनुसार उम्मेवारी दर्ताको अन्तिम समयसम्म पनि तालमेलको पहल जारी रहनेछ। कांग्रेस र माओवादीका नेताहरू वडासम्मै पनि मिलाउनुपर्ने भएकाले तालमेलका लागि अझै कसरत गरिरहेका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदारसँग तालमेल गर्नेबारे स्पष्ट पारेका छन्।

उनले तालमेलको सम्भावनालाई ख्याल गरेर धेरै स्थानमा मिलाउने प्रयास भइरहेको जानकारी दिए। ‘तालमेलबारे छलफल भइरहेको छ, तर कसरी अघि बढ्छ भन्न सकिन्न,’ कान्तिपुर फाउन्डेसनद्वारा बाढीपीडितका लागि संकलित राहत रकम हस्तान्तरण कार्यक्रममा मंगलबार प्रधानमन्त्री देउवाले भने, ‘केही ठाउँमा तालमेल गर्ने विषयमा छलफल भइरहेको छ।’  केही स्थानमा उम्मेदवारी दर्ता भएपछि पनि फिर्ता लिने समयसम्म तालमेल मिलाउने प्रयास हुनेछ। नेताहरूले बुधबार मनोनयन परेर फिर्ता लिने समयभित्र तालमेलका विषयमा ठोस छलफल अघि बढ्ने बताएका छन्। कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच एमालेको प्रभाव क्षेत्र रहेका पूर्वपश्चिम राजमार्ग आसपासका करिब एक दर्जन स्थानीय तहमा तालमेल गर्नेबारे छलफल भइरहेको छ।

माओवादी केन्द्रले राजमार्ग क्षेत्रमा आफ्नो संगठन राम्रो रहेकाले सकेसम्म ती क्षेत्रमा आफूलाई छाडिदिन कांग्रेससँग आग्रह गर्दै आएको छ। राजमार्ग क्षेत्रका स्थानीय तहमा छोडे बाँकी धेरै स्थानमा सहयोग गर्ने वचन कांग्रेसलाई माओवादीले दिएको छ। कांग्रेसले राजपासँग पनि तालमेलको तयारी गरिरहेको छ। राजपासँग नै तालमेल भए ती ठाउँमा पनि सघाउने धारणा माओवादी नेताहरूले कांग्रेससँग राखेका छन्।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सुन तस्करीमा ६ गाडी, पहिचान गर्न विशेष चिह्न

काठमाडौं,भदौं २१ । ८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिर्आइपी।  विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनियाँ अक्षरसँगै सानो अक्षरमाा भिआईपी लेखिएको थियो। केरूङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआईपीको थिएन।

विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि लाई क्लियर गर्ने। केरूङबाट नुवाकोटसम्म पुग्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीसमेत गरेर १२ वटा नाका पार गर्नुपर्छ। त्यसपछि नुवाकोट र धादिङका विभिन्न ठाउँमा गरी दुई दर्जन बढी सुरक्षा पोष्ट छन्।

सेटिङ मिलेका नाकामा सुरक्षाकर्मीले सहजै पहिचान गरून् र सेटिङ नमिलेका प्रहरीले भिआईपी सवार गाडी भनेर चेक फितलो बनाउन् भन्ने उद्धेश्यले भिआइपी चिन्ह प्रयोग गरेको प्रहरीको निष्कर्ष छ।

स्रोतका अनुसार सुन तस्करीमा यस्तै प्रकृतिका ६ वटा गाडीसमेत रहेको प्रारम्भीक सूचना आएको छ। ती गाडी केरूङ काठमाडौं आवतजावत गरिरहन्छन्। ती गाडीका चार चालकमध्ये तीनलाई नियन्त्रणमा लिएको छ। यो खबर केपी ढुंगाना र हमनाथ देवकोटाले आजको नागरिकमा लेखेका छन्।

गोपाल खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

काठमाडौं,भदौं २१ । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी लुकाउन मन्त्री स सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् । खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् ।

निगमले मन्त्रालयलाई हस्तान्तरण गरेको वा २झ ३०९१ नम्बरको टोयोटा गाडी सचिवले चढ्दै आएका छन् । खड्काले आफ्ना निर्णय प्रभावित पार्न विभिन्न प्रयास गर्दै आएका छन् ।

न्धन भण्डारणका लागि जग्गा किन्ने निर्णय गराएका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरालाई गाडी उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ । नागरिक दैनिक खबरको अगाडि लेख्छ – सोही गाडी अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले पनि चढिरहेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web