काठमाडौं,भदौं २० –एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानसँग घरेलु मैदानमै पराजित भएको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा नेपाल ताजिकिस्तानसँग २-१ ले पाराजित भएको हो । खेलमा ताजिकिस्तानले पहिलो हाफमै २ गोल गरेको थियो ।
दोस्रो हाफमा नेपालका विमल घर्ती मगरले एक गोल फर्काए पनि थप गोल गर्ने नेपालका थुप्रै प्रयास विफल भए । अञ्जन विष्टको पासमा बिमलले गोल गरेका थिए । बिमल नवयुग श्रेष्ठलाई प्रतिस्थापन गर्दै ३९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा मैदान छिरेका जर्ज प्रिन्स कार्कीले पनि चमत्कार देखाउन सकेनन् ।
एसियन कप छनौटको यसअघिका दुई खेलमा नेपाल जितबिहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको नेपालले काठमाडौंमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो ।
फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । छनौट चरणको समूह ‘ई’ मा रहेको नेपालले अहिलेसम्म दुई खेलबाट एक अंक मात्र जोडेको हो । नेपालसँग जितसँगै ताजकिस्तानले तीन अंक जोडेको छ । नेपालले अहिलेसम्म एक अंक मात्र जोडेको छ । ताजकिस्तानले यसअघिका दुई खेल हारेको थियो । यो समूहबाट फिलिपिन्सले ६ तथा यमनले ४ अंक जोडेका छन् ।
टोकियो ।
राजनीतिक दलको सम्पर्क संस्थाका रुपमा संगठन बनाउँदै दलिय रेखाको बिभाजन बढ्दै गइरहेका बेला विवेकशील साझा जापानले भने राजनीति नभई सामाजिक कामको लागि आफुहरु संगठित भएको बताएको छ ।
विवेकशील साझा जापानको सिजुओका शहरमा भएको भेटघाट तथा छलफल कार्यक्रममा विवेकशिलमा आवद्ध व्यक्तिहरुले यस्तो धारणा राखेका हुन् ।
सेप्टेम्वर २ तारिखका दिनमा भएको कार्यक्रममा चिबा, टोक्यो, खानागावा, सिजुओका र नागोयाका विवेकशील साझा सदस्यहरु र विवेकशील साझाको मूल्य–मान्यताहरुलाइ आत्मसात गर्दै सदस्य बन्न इच्छुक व्यक्तिहरु स्वस्फुर्त रुपमा उपस्थित भएका थिए ।
भेटघाट तथा छलफल कार्यक्रममा विवेकशील साझा जापानका संयोवक जीवन ढकालले जापानमा राजनीति गर्नको लागि नभई विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्नका लागि विवेकशिल साझा जापान गठन गरिएको बताउनुभयो ।
सो कार्यक्रममा विवेकशील साझाका हरेक सदस्यहरुले विवेकशील साझाको मुल्य र मान्यताहरुलाई पालना गर्दै जापानमा सुसंस्कृत समाज निर्माणमा ध्यान दिन सबै सदस्यहरुदलाई आग्रह समेत गरेको छ ।
निकट भविष्यमा टोकियोमा पनि बृहत भेटघाट तथा छलफल आयोजना गर्न लागिएको भन्दै विवेकशिल साझा जापानका प्रवत्ता रवि न्यौपानेले सदस्य तथा ईच्छुक सबैलाई सम्पर्कमा रहन अनुरोध गनुभयो ।
काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले अवैध रूपमा कामदार ओसारपसार गर्ने ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ। दूतावासले उनीहरूलाई कारबाही गर्न पनि सिफारिस गरेको छ। सार्वजनिक सूचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने व्यक्तिसमेत छन्। अवैध रूपमा घरेलु कामदारका रूपमा र काम खोज्दै भिजिट भिसाका लागि लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमादलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो पीडित कामदारमा ३३ महिला र ३८ पुरुष छन्। भिजिट भिसामा जाने कामदारले दलाललाई तीन लाख रुपैयाँसम्म बुझाएका थिए।
पछिल्लो समय युएईमा रहेका दलालले नेपालका ट्राभल एजेन्सीसँग मिलेर आकर्षक जागिर दिलाउने नाममा भिजिट भिसामा कामदार ल्याउने र अलपत्र पार्ने प्रवृत्ति बढेकाले दलाललाईकारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको दूतावासका प्रवक्ता कृष्ण अर्यालले बताए। दूतावासले अवैध रूपमा मानव तस्करी गर्ने भनेर नाम तोकेकामध्ये २६ जना युएईमा र बाँकी भारत तथा नेपालमा कार्यरत छन्। प्रवक्ता अर्यालले उनीहरूलाई कारबाहीका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए। अवैध रूपमा कामदार ओसारपसार गर्ने व्यक्तिलाई कारबाही नहुँदा आफूहरू ठगिएको पीडितहरूले बताएका छन्। झण्डै डेढ महिनाको अवधिका ३३ महिला दूतावासमा आश्रय लिन पुगेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।
काठमाडौं,भदौं २० । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन्। ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए। कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो। उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए।
सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो। महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो। सुन तस्करीका मुख्य नाइके क्विङ भने फरार भएका छन्। एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ। महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन्।
संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ। समूहबीच विवादले खुल्यो राज आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए। स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्को समूहले प्रहरीलाई सो सुराकी दिएको थियो। सोही आधारमा प्रहरी टोली खटिएको थियो। महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो। टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो।
‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने। सयपटक तस्करी हुन्छ, एकपटक समातिन्छ सिआइबीले गत बुधबार २१ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो। सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पासहित सातजनाले केरुङ नाकाबाटै २१ किलो सुन ल्याएका थिए। जसमध्ये सात केजी बिक्री गरिसकेका थिए। त्यसअघि पनि आफूले एकपटक रसुवागढी नाकाबाट सुन ल्याएको उनले बताएका छन्। तीन साताअघि नुवाकोटमा आठ किलो सुन बरामद भएको थियो। तीन सातामै एक सय २० किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानबाट प्रस्ट हु्न्छ। तस्करहरूबीच नै विवाद हु“दा मात्र प्रहरीले सुराकी पाएर सुन बरामद गर्ने गरेको छ। ‘प्रहरीले बरामद गर्ने भनेको बढीमा १० प्रतिशत हो,’
एक प्रहरी अधिकारी भन्छन्, ‘अहिलेको ट्रेन्ड हेर्दा दैनिक ठूलो परिमाणमा रसुवागढी नाकाबाट सुन भित्रिएको अनुमान लगाउँदा गाह्रो हुँदैन। यसका साथै विमानस्थलबाट समेत पटक–पटक सुन तस्करी हुँदै आएको छ। एक किलो सुन तस्करीबाट ल्याउँदा करिब पाँच लाख नाफा हुन्छ। एक किलो सुनमा भन्सार शुल्क चार लाख ५० हजार रुपैयाँ छ। त्यसबाहेक हुन्डी र डलरको कारोबार पनि त्यसैबाट मिलाइने भएकाले थप नाफा हुने गरेको हो। नयाँपत्रिक दैनिकमा समाचार छ ।
काठमाडौं, भदौ २० । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि यातायात व्यवसायीले चासो दिएका छैनन्। सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। महासङ्घले गत असारबाट भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिंदै आएको छ।
यातायात व्यवस्था विभाग र महासङ्घबीच भदौ २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो। उक्त सहमतिसँगै विभागले भाडा समायोजन गर्ने सहमति पनि भएको महासङ्घले जनाएको छ। विभागले भाडा समायोजनको निर्णय नगर्दासम्म टिकट खुला नगरिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए।
व्यवसायीहरूका मागहरूप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष खनालले भने, ‘चार वर्षदेखि भाडा समायोजन भएको छैन हामीले असारदेखि भाडा समायोजन गर्न भनिरहेको छौँ, वैज्ञानिक भाडादर बनाउ भनेका छौँ, विभागले भाडा निर्धारण समिति बनाएर काम गरिसकेको पनि छ तर किन निर्णय गर्दैन रु’ विभागले जति छिटो भाडा समायोजन गर्छ त्यतिनै छिटो अग्रिम बुकिङ खुला गरिने खनालको भनाइ छ।
विभागले भने भाडा समायोजनको काम भइरहेको तर तत्काल वृद्धि गर्न नसकिने जनाएको छ। यातायात महासङ्घका दुई वटा मागहरू छन्, जुन भाडा समायोजन र छत राख्न पाउनुपर्ने हो। यी दुवै मागउपर काम भइरहेको विभागले जनाएको छ तर तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला नगरिए सम्बन्धित सवारीलाई कारबाही गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराई बताए।
उनले भने, ‘भाडा समायोजनको काम भइरहेको छ, क्यारियर राख्ने कामको लागि नियमावली नै संशोधन गर्नुपर्छ त्यसका लागि विभागले पहल गर्ने हो संशोधन गर्न सक्दैन, अग्रिम टिकट बुकिङ खुला गरिनुपर्छ नगरिए हामी कारबाही गर्छौं। ’’
तर भाडा समायोजन नगरिंदा तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायीहरू तयार छैनन्। यदि आफूहरूका मागहरू सरकारले बेवास्ता गरे स्वतः अग्रिम टिकट बुकिङ खुला गर्न ढिला हुने महासङ्घले जनाएको छ।
महासङ्घका अध्यक्ष खनाल भन्छन्, ‘यदि भाडा समायोजन भएन र क्यारियर राख्न पाइँदैन भने सरकारले भनेअनुसार अग्रिम टिकट बुकिङ खुला गर्न सकिंदैन, नैतिकताका आधारमा हामीले खुलाउनु आफ्नो ठाउँमा छँदैछ। ’ विभाग भदौ १५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारीको थियो तर महासङ्घले अस्वीकार गरेपछि दसैँका लागि अग्रिम टिकट बुकिङ हुने दिन अन्योलमै छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं,भदौं २० । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनका अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपनि उनी सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।
साझामा अनियमितताबारे समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मालाई दोषी ठहर गर्दै हटाउन सिफारिस गरे पनि मन्त्री श्रेष्ठले भने कारबाही गर्नुको सट्ठा उल्टै संरक्षण गरेका छन् । शर्मासहित सञ्चालक समितिका मनोनीत चारजना सदस्यले राजीनामा दिएका थिए ।
राजीनामा दिएका शर्मा एक्कासि कार्यालयमा देखेपछि उनीसँग जिज्ञासा राख्दा मन्त्रीले राजीनामा अस्वीकृत गरेकाले कार्यालय नआएर कहाँ जाने भन्दै उल्टै प्रश्न गरेको एक कर्मचारीले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं,भदौं २० । नेपालमा उडान गरिररहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका छन् । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट उडान भर्दै आएको फ्लाई दुबई, सारजहाबाट उडान भर्दै आएको एयर अरेबिया, अबुधाबीबाट उडान भर्दै आएको इतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।
इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) बाट प्रमाणित तथा ती अन्तर्राष्ट्रिय वायुसेवामा आवद्ध अनुगमन निरीक्षकले नेपाल आएर निगमबाट बिक्री गरिने हवाई इन्धनको गुणस्तर नपुगेको प्रतिवेदन निगममा बुझाएका हुन् । प्रतिवेदन प्राप्त गरे पनि निगम व्यवस्थापनले समस्या समाधान गर्नुको सट्टा त्यसलाई पूर्ण रुपमा वेवास्ता गरेको आजको नागरिक दैनिकमा खबर छ ।
टोकियो ।
जापानको भूमि नघाएर समुन्द्रमा मिसाइल हानेको चार दिनमै ६.३ रेक्टरको कम्पन ल्याउनेगरि परमाणु परिक्षण गरेको उत्तर कोरिया थप घातक मिसाईल परिक्षणको तयारीमा जुटेको छ ।
आइतबार बिहान भूकम्पको मापनमा ६.३ रेक्टरको कम्पनले जापान, दक्षिण कोरिया, चिन र रुसमा समेत अनुभव गरिएको बिनासकारी आणविक बम परिक्षण सफल भएको उत्तर कोरियाले दाबी गरेको छ । हाईड्रोजन बम परिक्षण भएको बताइएको उक्त दाबीलाई अमेरिका सहित जापान, दक्षिण कोरियाले समेत स्विकारेको छ । यद्यपी उनिहरुले यसको बारेमा जानकारीहरु बटुलीरहेको बताएका छन् ।
यसैबिच पछिल्लो घटनाक्रमहरुमा कोरियाली प्रायद्धिपमा रहेको बिवाद घट्नुको साटो बढ्ने संकेत देखिएको छ । उत्तर कोरियाले अणुबम परिक्षण गरेको तस्विरहरु सार्वजनिक गरेपछि दक्षिण कोरियाले उत्तरले अणुबम परिक्षण गरेको उसको भूभागलाई ध्वस्त बनाउन सक्ने शक्ति रहेको देखाउने गरि जमिनबाट क्षेप्यास्त्र र युद्धबिमानबाट रकेट प्रहार गरेको अध्यास गरेको छ । उसनले यसको तस्विर र भिडियो समेत सार्वजनिक गर्दै उत्तर कोरियालाई शक्ति प्रदर्शन गर्दै सचेत पारेको छ ।
उता अमेरिकाले भने उत्तर कोरियाले बिसाल सैन्य सामना गर्नुपर्ने र नसोचेको क्षति व्यहोर्नुपर्ने भन्दै उसमाथि घातक हतियारको आक्रमणको चेतावनी दिएको छ ।
के के भएत आजसम्म उत्तर कोरियाले आणविक बम परिक्षण गरेपछि बिबिसी नेपालीमा प्रकाशित केही समाचार यहाँ प्रस्तुत छ
दक्षिण कोरियाद्वारा 'लाइभ-फायर' अभ्यास
दक्षिण कोरियाले आफ्नो सेनाले पूर्वी तटीय क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको तस्वीर सार्वजनिक गरेको छ।
दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु अस्त्र क्षेत्रमा आक्रमण गरेको प्रतीत हुने गरी 'मिसाइल ड्रिल' अर्थात् क्षेप्यास्त्र अभ्यास गरेको छ।
प्योङयाङले छैठौं पटक परमाणु अस्त्र परीक्षण गरे लगत्तै दक्षिण कोरियाले त्यस्तो अभ्यास गरेको हो।
'लाइभ-फायर' अभ्यासको क्रममा लडाकू विमानबाट रकेट र जमिनबाट बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो।
चिन्ता
उत्तर कोरियाली कदमलाई लिएर चीन र रुसमा गम्भीर चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले पछिल्लो सैनिक अभ्यास गरेको हो।
चीनका राष्ट्रपति सि जिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली प्रायद्वीपमा तनाव कम गर्नु पर्नेमा जोड दिएका छन्।
जापानले चाहिँ पछिल्लो परीक्षण क्षमा गर्नै नसकिने काम भएको बताएको छ।
उत्तर कोरियाको पछिल्लो परीक्षण यो दशकको छैठौं यस्तो खाले परीक्षण हो।
वासिङ्टनमा ट्रम्प प्रशासनले जे जस्ता प्रतिक्रिया दिने गरेको भएपनि प्योङयाङले निकै तीव्र गतिका परमाणु अस्त्रको विकास गरिरहेको छ। त्यो धेरैले अपेक्षा गरेभन्दा फरक परिस्थिति हो
जोनाथन मार्कस, प्रतिरक्षा तथा कुटनैतिक संवाददाता, बीबीसी
प्रभाव
पछिल्लो परिक्षणका बेला ६ म्याग्नीच्युड भन्दा ठूलो भूकम्पको धक्का महसुस् गरिएको थियो।
त्यो कम्पनको असर उत्तर कोरियासँग जोडिएको चिनियाँ भूभागमा समेत परेको बताइएको छ।
बीबीसीका प्रतिरक्षा तथा कुटनीतिक संवाददाता जोनाथम मार्कस भन्छन्, "वासिङ्टनमा ट्रम्प प्रशासनले जे जस्ता प्रतिक्रिया दिने गरेको भएपनि प्योङयाङले निकै तीव्र गतिका परमाणु अस्त्रको विकास गरिरहेको छ। त्यो धेरैले अपेक्षा गरेभन्दा फरक परिस्थिति हो।"
कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?
उत्तर कोरियाले आइतबार भूमिगत विष्फोट गराएको हाइड्रोजन बम निकै शक्तिशाली मानिएको छ।
कुनै कुनै अनुमानले त्यसको शक्ति एक सय किलोटन भएको उल्लेख गरेका छन्।
अर्थात अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको फ्याट बोय नामक अणु बम भन्दा यो पाँच गुणा शक्तिशाली हो।
नागासाकी विष्फोटले तत्काल ७० हजारको ज्यान गएको थियो।
तर अझ पनि मानव निर्मित सबभन्दा शक्तिशाली विष्फोटहरुको तुलना गर्ने हो भने चाहिं यो निकै सानो नै हो।
परमाणु दौड उत्कर्षमा पुगेको बेला सन् १९६१ मा सोभियत युनियनले बमहरुको राजा नाम दिएको बमको विष्फोट गराएको थियो।
उक्त हाइड्रोजन बमको शक्ति ५० हजार किलोटनको थियो।
प्रतिरोधको नीति
तर पनि उत्तर कोरियाको हालको शासन शैली अनि उसका छिमेकीहरुसंगको सम्बन्धका कारण उसको परीक्षणलाई अन्तर्राष्ट्रिय जगतले निकै गम्भीरताका साथ लिएको छ।
बीबीसीका विश्लेषक जनाथन मार्कस भन्छन् यसले कयौंले अपेक्षा गरेभन्दा तीव्र गतिमा सबै कित्तामा उत्तर कोरियाली परमाणु कार्यक्रमले प्रगति गरिरहेको छ भन्ने संदेश दिएको छ।
सैन्य चेतावनी, एक्ल्याउने प्रयास र प्रतिबन्ध जस्ता उत्तर कोरियामाथि दवाव दिने सबै उपाए प्योङ्याङलाई पछाडि धकेल्न विफल देखिएका छन्।
के यो भन्दा थप पनि गरिनसक्छ?
पक्कै पनि, तर कडा आर्थिक दवावले त्यहाँको सत्तालाई सम्भवत: निसहाय बनाइदिन र उसलाई वर्वादीतर्फ धकेल्न सक्छ जुन कुराको सामना गर्न चीन अनिच्छुक लाग्छ।
प्योङ्गयाङ्गको परमाणु कार्यक्रमलाई अब पछाडी फर्काउने भन्दा पनि परमाणु अस्त्रले सुसज्जित भइसकेको उत्तर कोरियासंग अब विश्व जगतले नियन्त्रण र प्रतिरोधको नीति प्रधान रुपमा अपनाउन सक्ने देखिन्छ।
अमेरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी
प्योङयाङले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरिएको बताएको छ।
अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिका वा उसका मित्र शक्तिविरुद्ध उत्तर कोरियाका सृजना गर्ने सुरक्षा खतराविरुद्ध "कडा सैन्य प्रतिक्रिया" दिइने बताएका छन्।
उत्तर कोरियाले गरेको पछिल्लो परमाणु अस्त्र परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षाका विषयमा जानकारी दिएलगत्तै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख म्याटिसले त्यस्तो प्रतिक्रिया दिएका हुन्।
ह्वाइट हाउसबाहिर संवाददाताहरुसँग बोल्लै रक्षा मन्त्री म्याटिसले अमेरिकासँग आफ्नो र दक्षिण कोरिया तथा जापान जस्ता आफ्ना मित्र देशको प्रतिरक्षा गर्ने सामर्थ्य रहेको बताए।
उनले भने, "अमेरिका र गुआम लगायतका भूभाग वा हाम्रा मित्र देशहरुविरुद्धका कुनै पनि खतरा उब्जिएमा त्यसविरुद्ध कडा सैन्य प्रतिक्रिया दिइनेछ। त्यो निकै प्रभावकारी र विनाशकारी हुनेछ।"
उसको त्यो कदमको अन्तर्राष्ट्रिय स्तरमा भर्त्सना भएको छ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको बेवास्ता गर्दै परमाणु अस्त्रको विकास गरेको छ। उसले आफ्ना परमाणु अस्त्र क्षेप्यास्त्रमा जडान गरेर अमेरिकी मुख्य भूभागसम्म पुर्याउन सकिने दाबी गरेको छ ।
उत्तर कोरियाद्वारा हाइड्रोजन बम परीक्षणको प्रशंसा
उत्तर कोरियाले भनेको छ उसले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न मिल्ने परमाणु अस्त्रको सफल परीक्षण गरेको छ।
भूगर्भविदहरुले भूकम्प मापन गरेको केही घण्टापश्चात उसले आफ्नो छैठौं परमाणु अस्त्र परीक्षण 'पूर्णरुपमा सफल' भएको बताएको छ।
प्योङ्गयाङ्गले भनेको छ उसले यसपाली अणु बम भन्दा कैयौं गुणा शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको छ।
'उत्तर कोरियाको छैठौं आणविक परीक्षण' हाइड्रोजन बम बनाएको उत्तर कोरियाको दावी
विश्लेषकहरुले उसको भनाइलाई सतर्कतापूर्वक लिनुपर्ने भनेका छन्। तर पछिल्ला समयमा उत्तर कोरियाको परमाणु क्षमता बढ्दै गएको प्रस्टैसंग देखिन्छ।
क्षेप्यास्त्रमा जडान
यसभन्दा अगाडि उत्तर कोरियाले सन् २०१६ को सेप्टेम्बरमा परमाणु परीक्षण गरेको थियो।
संयुक्त राष्ट्रसंघको आर्थिक प्रतिबन्ध तथा अन्तर्राष्ट्रिय दबाब हुँदाहुँदै पनि उसले परमाणु अस्त्र तथा अमेरिकी मूल भूमिसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार पछिल्लो परीक्षण उत्तर कोरियाको पुंग्ये रि परमाणु परीक्षण स्थल रहेको किल्जु काउन्टीमा गरिएको छ।
सो परीक्षणका कारण उत्पन्न भएको कृत्रिम भूकम्पको शक्ति उसले यसअघि पाँचौं परीक्षण ताका गरेको बेलाको भन्दा ९.८ गुणा बढी रहेको बताइएको छ।
प्योङ्गयाङ्गले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने सानो आकारको हाइड्रोजन बम बनाएको बताएको केही घण्टापश्चात सो परीक्षण भएको छ ।
उदयपुर ।
पाँच बर्षीया बालिका बलात्कारको आरोपमा एक युवा उदयपुरमा पक्राउ परेकाछन् ।
पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–३ पश्चिमटोल चाँपका १८ बर्षीय धुर्व भनिने हेमबहादुर कार्की रहेकाछन् ।
उनलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
आमा घर धन्दामा ब्यस्त रहेको मौका पारेर कोठामा टिभी हेर्दै गरेको बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीको अनुसार पीडित पक्षको उजुरीको आधारमा उनलाई पक्राउ पछि हाल प्रहरी हिरासतमा राखि अनुसन्धान प्रकृया सुरु गरिएको छ ।
पीडितको आईतबार स्वास्थ्य परीक्षण गरिएको छ आफ्न्तले बताएकाछन् । आफन्तहरुको अनुसार आरोपित विगत २/३ बर्षअघि देखि नै विभिन्न घटनामा मुछिदै आएका व्यक्ति हुन् ।
१२ कक्षामा अध्ययन गर्दै आएका कार्की कहिले पैसा चोरी त कहिले लागुऔषध सेवनकर्ताको आरोपमा पक्राउ पर्दै आएको स्थानीयको भनाई छ ।
काठमाडौं ।
नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो परिमाणको करिव ४१ करोड रुपैयाँ बराबरको ८८ किलो अवैध सुन सहित एकजनालाई काठमाडौंबाट गाडी सहित पक्राउ गरेको छ ।
काठमाडौको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित सोमबार बिहान स्ट्रोम जीप सहित गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि दुई दिन अघिदेखीनै पिछा गरिरहेको प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीले सुनको बारेमा बताउन नमानेको र प्रहरी अनुसन्धानमा असहयोग गरिरहेको प्रहरीले बताएको छ ।
रसुवाको केरुगं नाकाहुँदै काठमाडौं आइपुगेको ठानिएको यो अवैध सुनमा ठूला व्यापारि देखी नेताहरुसम्मको संलग्नता र लगानी रहेको अनुमान गरिएको भएपनि यसबारेमा अनुसन्धान थालिएको भन्दै प्रहरीले छिट्टै यसमा संलग्न ठूला व्यक्तिहरु पक्रने दाबी गरेको छ ।
काठमाडौं ।
नेपाली काँग्रेसले भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्ने माग फिर्ता लिएपछि प्रतिनिधिसभामा उम्मेदवार हुनका लागि नौ वटा मुद्दा नलागेका व्यक्ति मात्र योग्य हुने प्रावधान सहितको बिधेयक दर्ता भएको छ ।
त्यस्तो प्रावधान राखिएको प्रतिनिधिसभा बिधेयक संसदमा पेश भएको हो । सो बिधेयक पारित भएपछि नौ वटा मध्ये कुनै पनि एउटा मुद्दा लागेका व्यक्तिले प्रतिनिधिसभामा उम्मेदवार बन्न पाउनेछैनन् ।
प्रतिनिधिसभा विधेयकको दफा १३ को 'ङ' मा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री९वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै पनि कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’, व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधान राखिएको छ ।
व्यवस्थापिका संसदमा प्रतिनिधिसभा र प्रदेशसभा सम्बन्धी बिधेयक पेश भएको छ । संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले सोमबार बसेको संसदको दोस्रो बैठकमा ती बिधेयक पेश गरेका हुन ।