युएईस्थित नेपाली दूतावासले गर्‍यो ५१ मानव तस्करको नाम सार्वजनिक

भदौ २०, २०७४ मा प्रकाशित | 1151 views

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले अवैध रूपमा कामदार ओसारपसार गर्ने ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ। दूतावासले उनीहरूलाई कारबाही गर्न पनि सिफारिस गरेको छ। सार्वजनिक सूचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने व्यक्तिसमेत छन्। अवैध रूपमा घरेलु कामदारका रूपमा र काम खोज्दै भिजिट भिसाका लागि लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमादलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो पीडित कामदारमा ३३ महिला र ३८ पुरुष छन्। भिजिट भिसामा जाने कामदारले दलाललाई तीन लाख रुपैयाँसम्म बुझाएका थिए।

पछिल्लो समय युएईमा रहेका दलालले नेपालका ट्राभल एजेन्सीसँग मिलेर आकर्षक जागिर दिलाउने नाममा भिजिट भिसामा कामदार ल्याउने र अलपत्र पार्ने प्रवृत्ति बढेकाले दलाललाईकारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको दूतावासका प्रवक्ता कृष्ण अर्यालले बताए। दूतावासले अवैध रूपमा मानव तस्करी गर्ने भनेर नाम तोकेकामध्ये २६ जना युएईमा र बाँकी भारत तथा नेपालमा कार्यरत छन्। प्रवक्ता अर्यालले उनीहरूलाई कारबाहीका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए। अवैध रूपमा कामदार ओसारपसार गर्ने व्यक्तिलाई कारबाही नहुँदा आफूहरू ठगिएको पीडितहरूले बताएका छन्। झण्डै डेढ महिनाको अवधिका ३३ महिला दूतावासमा आश्रय लिन पुगेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web