सामूहिक ‘बलात्कार’गरी महिलाको हत्या

भदौ २१, २०७४ मा प्रकाशित | 1223 views

बनेपा, भदौ २१ । सामूहिक बलात्कारका कारण एक साताअघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ ।

फरक–फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारकाक्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘अझै विस्तृत् अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौं’–प्रहरी उपरीक्षक थापाले भने ।

बनेपामा जडान भएको सीसी टीभी क्यामेराको सहयोगमा खोजी गर्दा अभियुक्तहरुलाई फरक–फरक मितिमा फरक–फरक स्थानबाट एक साताको अवधिमा पक्राउ गरिएको थियो ।

पक्राउ परेका सबै अभियुक्तले प्रहरीलाई बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।

पक्राउ पर्नेमा रिक्सा चलाउने, प्लम्बर कार्यमा संलग्न भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टानजिकै एक साताअघि मकैबारीमा मृत अस्थामा फेलापरेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको थियो ।

उनीसँग अभियुक्तहरुको विगतमा पनि यौनसम्बन्ध कायम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web