काठमाडौं ।

असोज २ गते तेश्रो चरणमा हुने प्रदेश नम्बर दुईका १३६ स्थानीय निकायमा आज उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको तेश्रो चरणको निर्वाचनअन्गर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको थियो ।

निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

15.33¡ÆC