<h4 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि बुधबार परेको उम्मेदवारीमाथि दाबी विरोध गर्न आजको समय दिएको छ ।
<h4 style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">आयोगले आज १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको हो । त्यसपछि उजुरीमाथि छानबिन गरी शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहे शुक्रबार साँझ ५ बजेसम्मको समय तोकिदिएको छ । शनिबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ । शनिबार नै चुनाव चिह्नसमेत वितरण गरिने भएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि हिजो १८ हजार २ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए ।
16.42¡ÆC