करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ?

भदौ २२, २०७४ मा प्रकाशित | 1177 views

करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ?

काठमाडौं, भदौ २२ । महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुनको मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा ४४ करोड रुपैयाँ छ। नेपालको भन्सार दर १० ग्रामबराबर ४ हजार २ सय रुपैयाँ हो। यसका आधारमा भन्सार छलेर सुन नेपाल भित्र्याउँदा किलोमा करिब ४ लाख रुपैयाँ फाइदा हुन्छ।

८८ किलो बजारमा फैलाउँदा करिब ४ करोड रुपैयाँ फाइदा निकाल्छन् तस्करले। यही सुन भारत पुग्दा दोब्बर फाइदा हुन्छ। प्रहरीले ८८ किलो बरामद गर्दा तस्करीमा लगानी गर्नेको ४४ करोड रुपैयाँ डुबेको छ। मुद्दा प्रक्रिया टुंगिएपछि यो सुन राज्यकोषमा दाखिला हुनेछ। तर, रोचक पक्ष के हो भने प्रहरीले पटकपटक करोडौं मूल्यबराबरको सुन बरामद गर्दै आए पनि सुनका मुख्य लगानीकर्ता कहिल्यै खुल्दैनन्। व्यापारी वृत्तमै तस्करीको सुन बरामद हुँदा लगानीकर्ता टाट पल्टेको चर्चा हुँदैन। आखिर किन

सुन तस्करीबारे जानकार स्रोतका अनुसार एकै व्यक्तिले लगानी गर्दा उच्च जोखिम हुने भएकाले तस्करीको सुनमा सामूहिक लगानी हुने गरेको छ। जसका कारण प्रहरीले ठूलो परिमाणको सुन बरामद गर्दासमेत तस्करीमा लगानी गर्नेले ठूलो क्षति बेहोर्दैनन्।

नेपालमा भइरहेको सुन तस्करीबारे अध्ययन गरिरहेको स्रोतका अनुसार तस्करीको सुनका लागि न्यूनतम ५ समूहको लगानी हुन्छ। जसले गर्दा सुरक्षा निकायले सुन बरामद गर्दासमेत उनीहरुलाई ठूलो आर्थिक भार बेहोर्न नपरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web