काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई यही भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेश गर्न सूचीत गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकै साथ गर्ने सरकारले निर्णय गरिसकेको छ ।

निर्वाचन आयोगमा दर्ता रहेका उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन पेश गर्न अनुरोध गर्ने सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ ।

प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खासखास प्रदेशमा मात्र भाग लिने हो सोसमेत स्पष्टरुपमा खुलाएर सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन आयोगले सूचना प्रकाशित गरेको हो ।

तोकिएको म्याद भदौ २५ देखि २७ गतेभित्र निवेदन पेश नगर्ने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन नपाउनेतर्फ पनि आयोगले राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ ।

निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गरी निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्था, समुदाय र व्यक्तिलाई यही भदौ २९ गतेदेखि आगामी असोज १४ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यमा योगदान पु¥याउन आयोगले अन्तर्राष्ट्रिय संस्था तथा समुदायलाई पर्यवेक्षणमा सहभागी हुनका लागि आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

निर्वाचनमा अन्तर्राष्ट्रिय संस्था तथा समुदायको पर्यवेक्षणबाट निर्वाचन आयोग र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्ध विस्तार हुनका साथै आयोगको विश्वसनीयता कायम राख्नमा यसले मद्दत पुग्ने आयोगले विश्वास लिएको छ ।

पर्यवेक्षण गर्ने इच्छुक संघसंस्था वा व्यक्तिले निर्वाचन आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षकका लागि पारित गरेको आचारसंहिताको परिधिभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

आयोगका अनुसार इच्छुक संघसंस्था वा व्यक्ति आफ्नो मुलुकको आधिकारिक निकायमा दर्ता भएको र विगतमा निर्वाचनको पर्यवेक्षण गरेको अनुभवसमेत हुनुपर्ने आयोगले मापदण्ड तोकेको छ ।

विश्वका कतिपय मुलुकले राष्ट्रिय, संसदीय वा आमनिर्वाचनमा अन्तर्राष्ट्रिय संस्था र समुदायलाई पर्यवेक्षण गर्न दिने अभ्यास रहेको छ । यसबाट निर्वाचनप्रति विश्वसनीयता बढाउन योगदान पुग्ने विश्वास गरिन्छ ।

२४ भदौ, नुवाकोट । काठमाडौबाट नुवाकोटको खरानीटार आउदै गरको बस आज बिहान साढे ११ बजे शिवपुरी गाउपालिका वडा नम्बर ७ सुनखानीको ठानाभञ्याङमा दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाईते भएका छन् । घाइते अधिकांशको अबस्था गम्भीर रहेको छ ।
काठमाडौबाट बिहान साढे ९ बजे खरानीटारको लागी छुटेको बा. १ ख ६३४८ नम्बरको यात्रुबाहक बस ठानाभञ्याङको “लो टोल”मा दुर्घटना हुँदा विदुर नगरपालिका वडा नं. ९ जफतीका २१ वर्षका शशी बोगटी, तादी गाँउपालिका वडा नं ५ नर्जामण्डपका ४५ वर्षका लक्ष्मी न्यौपाने र ६७ वर्षका ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभएको छ ।
यस्तै, गम्भीर घाइते भएर उपचारको क्रममा ग्रिनसिटी अस्पताल काठमाडौमा लालबहादुर तामाङ र उजेली मिजार, विपीस्मृति अस्पतालमा सबिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको ठेगाना खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका ३० जनाको काठमाडौको ग्रिनसिटी, ग्राण्डी, विपीस्मृती लगायतको अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभएको छ ।
ठानाभञ्याङ स्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको बस सडकबाट ३ सय ५० मिटर तल पुगेको थियो । बस दुर्घटना पछि स्थानीयबासीले सुरक्षानिकायलाई खबर गरी उद्धारमा जुृटेका थिए ।
घटना लगत्तै पुगेको शिवपुरी राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना,श्रीनाथ गण देवीघाटको गणपति रोहित गुरुङ, मेजर सुरेन्द्रबहादुर देउवा, जिल्ला प्रहरी कार्यालय नुवाकोकटा प्रहरी नायव उपरीक्षक विष्ट सहितको सुरक्षाकर्मी र स्थानीयले शवको व्यबस्थापन, घाइतेलाई उद्धार गरी उपचारको लागी काठमाडौ पठाएको हो । बसका चालक को थिए एकीन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा घाईते हुनेहरुमा ३२ बर्षिय शेरबहादुर तमाङ, २० बर्षिय रामशरण खतिवडा, २२ बर्षिय रमेश केसी, ४७ बर्षिय अञ्जु तामाङ, १६ बर्षिय दिक्षा घिमिरे, १८ बर्षिय मनिष डंगोल, १९ बर्षिय सरस्वती थिङ्ग, ५० बर्षिय कान्छी मिजार, ७ बर्षिय बालकहरु करण तिवारी, विनारा पण्डित रहेका छन् । उनीहरुको काठमाडौ स्थित ग्रिनसिटि अस्पतालमा उपचार भैरहेको छ ।
यस्तै, घाईते हुनेमा २९ बर्षिय सिता पण्डित, ३५ बर्षिय गिता खनाल, ३१ बर्षिय सितामाया तामाङ, १४ बर्षिय रामेश्वर मुखिया, २४ बर्षिय शर्मिला राई, ३५ बर्षिय भोजबहादुर तामाङ, १७ बर्षिय कविता तामाङ, ४८ बर्षिय गोविन्द श्रेष्ठ, १४ बर्षिय सानोबाबु तामाङ र ११ महिने बालक खुर्पेन तामाङ, ४७ बर्षिय यमशोभा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै काठमाडौ ग्राण्डी अस्पतालमा ३६ बर्षिय नविन श्रेष्ठ, ३३ बर्षिय मेनुका मैनाली, १५ बर्षिय रुपकगिरी, ३६ बर्षिय सरस्वती गिरी, ६६ बर्षिय नन्दकुमारी अधिकारी, ३६ बर्षिय राज्यलक्ष्मी श्रेष्ठ, ४३ बर्षिय देवकी रिजाल, २० बर्षिय पार्वती मगरको उपचार भैरहेको छ ।

यस्तै २७ बर्षिय देवकी ठकुरीको विपि स्मृति अस्पतालमा उपचार भैरहेको छ । यस्तै ६१ बर्षिय निर्मला पाठकका चिरायु अस्पतालमा उपचार भैरहेका प्रहरीले जानकारी दिएको छ ।
काठमाडौको माछापोखरीबाट बिहान ९.३० बजे तादी गाँउपालिकाको खरानीटारको लागी छुटेको बस शिवपुरी गाँउपालिकाको वडा नम्बर ७ सुनखानीको थानाभञ्ज्याङमा बिहान ११ बजे दुर्घटना भएको प्रतक्ष्यदर्शी स्थानिय शिव गुणीले जानकारी दिनुभएको छ ।
क्षमता भन्दा बढी यात्रु बोकेर आएको बस लो टोल स्थित घुम्तीमा मोड्ने क्रममा गाडीको पत्ता भाचिएर दुर्घटना भएको पासाङल्यामु यातायात व्यवसायी समितिका ईञ्चार्ज हरीप्रसाद न्यौपानले जानकारी दिनुभएको छ ।
बस दुर्घटना हुदाँ झिल्के भनिने अलिन तामाङको दुईतले घर पूर्ण रुपमा क्षति हुदाँ उहाको श्रीमति सिता तामाङ समेत घाइते भएर उपचारको लागी काठमाडौमा लगिएको छ ।
बस दुर्घघटना लगत्तै उद्धारमा खटिनुभएका स्थानीय कृष्णबहादुर तामाङले दुर्घटना लगत्तै प्रहरी लगायतको सहयोगमा उद्धार गरी उपचारको लागी काठमाडौ पठाएको र घटना निकै बिभत्स रहेको बताउनुभयो ।

सडकभन्दा साढे ३ सय मिटर माथीबाट आएको बसको आवाज भूकम्प गएको जस्तो डरलाग्दो रहेको प्रमिला तामाङले बताउनुभएको छ । बसले क्षति पु-याएको घरधनी सिता तामाङको जेठानीदिदी समेत रहनुभएका प्रमिलाले ठूलो आवाज सहितको बस आएर बज्रिएपछि अतालिएकाले उद्धार गर्न आफुहरुलाई कठिनाई भएको बताउनुभएको ।
नुवाकोट–काठमाडौ आवत जावतको लागी सबैभन्दा छोटो दुरीको रुपमा सञ्चालनमा आएको सडक खण्ड पहिरोको त्रास सगै सडक दुर्घटनाको लागी समेत उत्तिकै जेखिम देखिएको छ । काठमाडौबाट नुवाकोट प्रवेश गरेलगत्तै बस दुर्घघटना हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रमिला सुनार-बिदुर/नुवाकोट ।
नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् ।

काठमाण्डौंबाट नुवाकोटको तादी गाउपालिकाको खरानीटारतर्फ आउदै गरेको बा १ ख ६३४८ नम्बरको यात्रुबाहक बस शिवपुरी गाउपालिका वडा नम्बर ७ सुनखानीको थानाभञ्याङ भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमा ३ जना, काठमाडौको ग्रिनसिटि अस्पतालमा ३ जना र विपी स्मृति अस्पतालमा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा मृत्यु हुनेमा तादी गाँउपालिका वडा नम्बर ५ का ४५ बर्षिय लक्ष्मी न्यौपाने, ६७ बर्षिय ठुलीमाया तामाङ र विदुर नगरपालिका वडा नम्बर ९ जफतिका २१ बर्षिय शशि बोगटी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकर जंग बिष्टले जानकारी दिनुभएको छ ।

यसैगरी, उपचारको क्रममा काठमाडौको ग्रिनसिटि अस्पतालमा लालबहादुर तामाङ र उजेली मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौकै विपि स्मृति अस्पतालमा सविना तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईते हुनेमा ३२ बर्षिय शेरबहादुर तमाङ, २० बर्षिय रामशरण खतिवडा, २२ बर्षिय रमेश केसी, ४७ बर्षिय अञ्जु तामाङ, १६ बर्षिय दिक्षा घिमिरे, १८ बर्षिय मनिष डंगोल, १९ बर्षिय सरस्वती थिङ, ५० बर्षिय कान्छी मिजार, ७ बर्षिय बालकहरु करण तिवारी, विनारा पण्डित रहेका छन् । उनीहरुको काठमाडौ स्थित ग्रिनसिटि अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै घाईते हुनेमा २९ बर्षिय सिता पण्डित, ३५ बर्षिय गिता खनाल, ३१ बर्षिय सितामाया तामाङ, १४ बर्षिय रामेश्वर मुखिया, २४ बर्षिय शर्मिला राई, ३५ बर्षिय भोजबहादुर तामाङ, १७ बर्षिय कविता तामाङ, ४८ बर्षिय गोविन्द श्रेष्ठ, १४ बर्षिय सानोबाबु तामाङ र ११ महिने बालक खुर्पेन तामाङ, ४७ बर्षिय यमशोभा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौको माछापोखरीबाट बिहान ९.३० बजे तादी गाँउपालिकाको खरानीटारको लागी छुटेको बस शिवपुरी गाँउपालिकाको वडा नम्बर ७ सुनखानीको थानाभञ्ज्याङमा बिहान ११ बजे दुर्घटना भएको प्रतक्ष्यदर्शी स्थानिय शिव गुणीले जानकारी दिनुभएको छ ।

थानाभञ्ज्याङको घुम्तीमा भएको दुर्घटनामा बस सडकबाट ४ सय मिटर तल खस्न पुगि झिल्के भनिने अनिल तामाङको घरको माथी अड्किएको थियो । दुर्घटना भएको बसको ठक्करले घर भत्किदा अनिल तामाङको श्रीमती डम्फी भनिने सिता तामाङको काठमाडौमा उपचार भैरहेको छ ।

बैकल्पिक तथा नयाँ रुटका रुपमा हालै संञ्चालनमा ल्याईएको त्रिशुली-काठमाण्डौं मार्गको त्रिशुली-छहरे-टोखा सडकमार्ग अन्तर्गत नुवाकोट-काठमाण्डौं सीमानजिकै थानाभञ्ज्याङमा उक्त बस दुर्घटना भएको थियो ।

साथै दुर्घटनामा घाईते भएकाहरुलाई स्थानीयबासी र शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेना, श्रीनाथ गण देविघाटबाट खटिएको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीद्धारा उद्धारगरी उपचारका लागि काठमाडौ लगिएको थियो ।

घटनास्थलमा मृत्यु भएका तादी गाँउपालिका वडा नम्बर ५ का ४५ बर्षिय लक्ष्मी न्यौपाने, ६७ बर्षिय ठुलीमाया तामाङ र विदुर नगरपालिका वडा नम्बर ९ जफतिका २१ बर्षिय शशि बोगटीको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल त्रिशुलिमा लगिएको प्रहरी नायव उपरिक्षक डिएसपि मधुकर जंग बिष्टले जानकारी दिनुभएको छ ।

काठमाडौं ।

नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ ।

गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंकको अभिलेखले देखाउँछ ।

आर्थिक वर्ष २०७३/७४ मा १२ करोड ५४ लाख २० हजार अमेरिकी डलर बराबरको विभिन्न देशका मुद्रा कार्गोमार्फत नेपालबाट सिंगापुर पठाइएको छ ।

नेपाली बजारमा खपत नहनुे विदेशी नोटलाई साताको दुईपटक कार्गो गरेर सिंगापुर पठाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले बताए ।

उनले भने, ‘एक पटकमा बढीमा ५० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा विदेशी बैंकमा निक्षेप गर्न पठाउँदै आएका छौं ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

काठमाडौं ।

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला रजाधानीमा तस्करीको सुन बरामद हुने क्रम बढेको छ । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो ।

गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरु भयो ।

यसैबीच राजधानीमा तस्करीका सुन भटाभट बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ मा थानकोटमा ७ किलो सुन फेला पर्यो ।

सो सुनको अनुसन्धान सकिएकै थिएन पुस २१ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्यो । जसले राम्रै तरंग ल्यायो ।

जानकारहरुका अनुसार निर्वाचनका बेला तस्करीका घटना बढ्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षका उम्मेदवारले ५ करोड खर्च भएको सार्वजनिक गरेका थिए । यस्तो बेलामा दललाई उम्मेदवारको खर्च जुटाउन हम्मेहम्मे पर्ने नै भयो ।

यही बेला सुन तस्करी किन बढेको होला रु सुनचाँदी व्यवसायी मणिकरत्न शाक्य पञ्चायत कालदेखि नै सुन तस्करी हुने गरेपछि यसबारे धेरै चर्चा हुने गरेको बताउँछन् । सुन तस्करी राजनीतिक गतिविधिसँग जोडिएको उनको विश्लेषण छ । आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं ।

नेपालबाट वार्षिक रूपमा झन्डै दश करोड रुपैयाँको रौँ निर्यात हुँदै आएको छ । विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ ।

विभागको गत वर्षको तथ्यांकअनुसार नेपालबाट बेल्जियम, भुटान, चीन, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा नौ करोड ८६ लाख ८८ हजारको रौँ निर्यात भएको छ ।

नेपालले आर्थिक वर्ष ०७३–७४ मा मान्छेको कपाल भुटानमा आठ लाख ८४ हजार, बेल्जियम चार लाख ६१ हजार, चीनमा एक करोड ५६ लाख ६७ हजार, जापानमा दुई करोड ८४ लाख ८९ हजार, दक्षिण कोरियामा चार करोड नौ लाख चार हजार र नेदरल्यान्डमा एक करोड २२ लाख ८३ हजार रुपैयाँको निर्यात गरेको छ ।

यस्तै, आर्थिक वर्ष ०७२–७३ मा तीन करोड ४९ लाख ३० हजार मूल्य बराबरको निर्यात गरेको भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले बताए । सो आवमा जापानमा १२ लाख ७३ हजार, कोरियामा ४१ लाख ९७ हजार, नेदरल्यान्डमा १८ लाख ३१ हजार र चीनमा एक करोड एक लाख ६४ हजार रुपैयाँको रौँ निर्यात भएको थियो ।

नेपालबाट निर्यात हुने रौँ नक्कली कपाल, दाह्रीजुंगा, परेली, आँखीभौँ बनाउन प्रयोग गर्ने गरेको वाग्लेले बताए । नेपालबाट रौँ कच्चा पदार्थका रूपमा निर्यात हुने गरेको रसुवा भन्सार कार्यालयका प्रमुख केदार पनेरूले बताए ।

मान्छेले काटेर फालेका कपाल, दाह्रीलगायतका रौँलाई प्रशोधन नगरी कच्चा पदार्थको रूपमा निर्यात हुने गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं ।

भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ ।

चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्यो र त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए । यसका कारण नेपालको अन्तर्राष्ट्रिय जगतमै बदनाम हुँदै जाँदा सरकारले हस्तक्षेप गर्न थाल्यो र तस्कर हच्कन थाले ।

त्यो अवस्थामा रक्तचन्दनका लागि जति पनि पैसा तिर्न तयार चिनियाँ तस्कर अन्य लाभकारी धन्दातर्फ मोडिए । जसमा डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीलगायत थुप्रै बस्तु पर्छन् ।

जानकारका अनुसार पछिल्ला वर्षमा नेपालमा चिनियाँ तस्करले जरो गाडेका छन् । आवरणमा होटल, रेस्टुराँ र अन्य व्यापार देखिए पनि विभिन्न अवैध धन्दाका कारण चिनियाँ व्यापारी सन्देहको घेरामा छन् ।८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याएका चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी हुन् ।

पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका ठानिएका सुन नेपालका सुन पसलमा पनि प्रशस्तै बिक्री हुन्छ । जबकि त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारतको विशालबजार हो । गत वर्ष पुसमा प्रहरीले ८ किलो सुनसहित भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्यो । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आएका थिए ।

चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन बुझेर काठमाडौंका केही सुन पसललाई सप्लाई गर्दै आएका थिए । चिनियाँ तस्करले ल्याएको सुन नेपाली सुन व्यवसायीले खरिद गर्ने यो एउटा चोटिलो उदाहरण बन्यो । उक्त घटनाको अनुसन्धानले चिनियाँ तस्करले भारत मात्रै नभएर नेपालमा समेत आफ्नो जालो विस्तार गर्न खोजेको पुष्टि गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

काठमाडौं ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि छ ।

यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए ।

एक सय ३० वटा रुग्ण आयोजनामध्ये ३० वटा आयोजनाका ठेकेदार भागेका हुन् । विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन् । तर, ती कार्यालयको नेतृत्व गरेका कर्मचारीको फितलो अनुगमन र व्यवस्थापनले कुनै पनि आयोजना समयमै सकिएका छैनन् ।

एक वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने यी भवन निर्माणको काम अहिलेसम्म सकिएको छैन । १३० कम्पनीले ०६५ देखि ०६९ को बीचमा एक वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का लिएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं ।

सांगितिक रियालीटि शो ‘नेपाल आइडल’को फाइनल छनौटका क्रममा सागर आले बाहिरिएका छन् ।

अन्तिम चारको प्रतिस्पर्धाबाट दर्शकहरुले दिएको भोटको आधारमा सागर आले आउट भएका हुन् ।

टप चारको मत परिणाम सार्वजनिक गत हप्ता नगरेको भन्दै अदालतमा समेत मुद्दा परेको विषय शुक्रबार फैसला भएपछि मतपरिणाम सार्वजनिक हुँदा आले बाहिरिएका हुन् ।

शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार बुद्ध लामाले सबैभन्दा धेरै भोट पाएका छन् ।

भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये बुद्धले ११ लाख ४५ हजार ५३८ भोट पाएको नेपाल आइडलले अदालतमा बुझाएको जानकारीमा उल्लेख छ ।

यस्तै प्रतियोगिताबाट बाहिरिने हल्ला चल्दै आएका र डेन्जर जोनमा पर्दै आएका प्रताप दासले यस पटक दोस्रो बढी मत पाएका छन् । तेस्रोमा भने निशान भट्टराई देखिएका छन् ।

मत संख्याका आधारमा बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् ।

दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् ।

उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

थप थ्रि छनौटबाट बाहिरिएका चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।

नेपाल आइडलको फाइनल प्रस्तुती भने आगामी साता हुने बताइएको छ । एकहप्ता भोटिगं खुल्ला गरेर नेपाल आइडलको फाइनल शो भने दोहाको कतारमा गरिंदैछ ।

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले विभिन्न मुलुकमा नेपाली नाबालकलाई ललाइ फकाइ विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालकसमेत मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो ।

जबर्जस्ती करणी अन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफीको क्षतिपूर्ति भराउने कानूनी व्यवस्था रहेको छ ।

काठमाडौं ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी 'राष्ट्रवादी' का अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले मुलुकमा धर्म निरपेक्षताको नाममा पाँच हजार वर्ष पुरानो हिन्दू संस्कृति माथि प्रहार भइरहेको बताउनुभएको छ ।

पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि यही भदौ २१ गतेदेखि शुक्रबारसम्म आयोजना गरेको अभियानको समापन कार्यक्रममा अध्यक्ष लोहनीले हिन्दू सभ्यता नेपाल राष्ट्रको पहिचान भएको बताउँनुहुदै राष्ट्रिय एकताका प्रतीकका रुपमा आलङ्कारिक राजसंस्थाको खाँचो औँल्याउँदै उहाँले राजसंस्थाले राष्ट्रलाई जोड्ने तर विखण्डन नगर्ने बताउनुभयो ।

अध्यक्ष डा लोहनीले रोजगारीको अभावमा ४० लाख युवा विदेशिन बाध्य रहेको बताउँदै धनी र गरिब बीचको खाडल फराकिलो भएको अहिलेको अवस्थामा सम्पन्न राष्ट्र निर्माणमा लागि चुनौती थपिएकामा चिन्ता व्यक्त गर्नुभयो ।