कपाल, दाह्री र जुँगा बेचेरै बार्षिक १० करोड !

भदौ २४, २०७४ मा प्रकाशित | 1174 views

कपाल, दाह्री र जुँगा बेचेरै बार्षिक १० करोड !

काठमाडौं ।

नेपालबाट वार्षिक रूपमा झन्डै दश करोड रुपैयाँको रौँ निर्यात हुँदै आएको छ । विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ ।

विभागको गत वर्षको तथ्यांकअनुसार नेपालबाट बेल्जियम, भुटान, चीन, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा नौ करोड ८६ लाख ८८ हजारको रौँ निर्यात भएको छ ।

नेपालले आर्थिक वर्ष ०७३–७४ मा मान्छेको कपाल भुटानमा आठ लाख ८४ हजार, बेल्जियम चार लाख ६१ हजार, चीनमा एक करोड ५६ लाख ६७ हजार, जापानमा दुई करोड ८४ लाख ८९ हजार, दक्षिण कोरियामा चार करोड नौ लाख चार हजार र नेदरल्यान्डमा एक करोड २२ लाख ८३ हजार रुपैयाँको निर्यात गरेको छ ।

यस्तै, आर्थिक वर्ष ०७२–७३ मा तीन करोड ४९ लाख ३० हजार मूल्य बराबरको निर्यात गरेको भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले बताए । सो आवमा जापानमा १२ लाख ७३ हजार, कोरियामा ४१ लाख ९७ हजार, नेदरल्यान्डमा १८ लाख ३१ हजार र चीनमा एक करोड एक लाख ६४ हजार रुपैयाँको रौँ निर्यात भएको थियो ।

नेपालबाट निर्यात हुने रौँ नक्कली कपाल, दाह्रीजुंगा, परेली, आँखीभौँ बनाउन प्रयोग गर्ने गरेको वाग्लेले बताए । नेपालबाट रौँ कच्चा पदार्थका रूपमा निर्यात हुने गरेको रसुवा भन्सार कार्यालयका प्रमुख केदार पनेरूले बताए ।

मान्छेले काटेर फालेका कपाल, दाह्रीलगायतका रौँलाई प्रशोधन नगरी कच्चा पदार्थको रूपमा निर्यात हुने गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web