प्रधानन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीहरूको भेट

भदौ २४, २०७४ मा प्रकाशित | 641 views

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वमा आयोगका पदाधिकारीहरुबीच आगामी असोज २ गते प्रदेश नं. २ मा सञ्चालन हुने लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन र आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री देउवालाई प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी असोज २ गते प्रदेश नं. २ मा सञ्चालन हुने लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको थियो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारीका कार्यलाई आयोगले तदारुकताका साथ अगाडि बढाएको जानकारी दिनुभएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम तथा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको निर्वाचन कार्यक्रम तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो ।

भेटका क्रममा प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन तथा आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनको सन्दर्भमा आयोगबाट जारी भएका निर्वाचन आचारसंहिताको बारेमा समेत छलफल भएको थियो ।

छलफलका क्रममा आयोगबाट राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्ने विषय, राज्य पुनर्संरचनाका लागि गर्नुपर्ने व्यवस्थापकीय कार्य तथा प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत उद्धार तथा पुनर्निर्माण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन आवश्यक पर्ने स्रोत साधन जस्ता विषयमा  निर्वाचन आचारसंहिता बाधक नरहेको जानकारी गराइएको थियो ।

भेटघाटका अवसरमा उपप्रधान न्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा मन्त्रीहरू र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web