ओलीको हातबाट टिका लगाएर पूर्वडीआईजी सिलवाल एमाले प्रवेश गर्दै

काठमाडौं ।

महानिरिक्षक बढुवामा बरियता मिच्दा आफु पाखा परेको भन्दै डीआईजी पदबाट राजीनामा दिएका नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

प्रहरी सेवाबाट राजीनामा दिएका पूर्वडीआईजी सिलवालले आईजिपी नपाउने भएपछि समाजसेवामा लाग्ने बताएपनि एक महिनामा निर्णय फेर्दै राजनीतिमा होमिन लागेका हुन् ।

सिलवाललाई काठमाडौंको बुद्धनगरमा एमाले अध्यक्ष केपीशर्मा ओलीको हातबाट टिका लगाएर एमाले छिर्ने कार्यक्रम रहेको एमाले काठमाडौं जिल्ला कमिटीले बताएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले वरिष्ठता क्रममा अगाडी रहेका सिलवाललाई राजनीतिक दाउपेचका आधारमा लत्याउँदै जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने घोषणा गरेको थियो । तर अदालतले चन्दलाई आईजिपी नबनाउने आदेश दिएपछि प्रकाश अर्याल आईजीपी बनेका छन् ।

आईजिपीबाट फ्याँकिएपनि एआईजीमा बढुवा हुनुपर्ने सिलवाललाई शेरबहादुर देउवाकै दबावमा बढुवा समेत नगरिएपछि उनले प्रहरी सेवाबाट राजीनामा दिएका थिए ।

गायक पूर्ण गुरुङको उपचारलाई तमु धीं जापानको साँडे तीनलाख सहयोग

टोकियो ।

दुवै मृगौलाले काम नगरेपछि अस्पतालमा उपचाररत गायक तथा संगीतकार पूर्ण गुरुङलाई उपचारको लागि तमु धीं जापानले ३ लाख ७८ हजार ९ सय ५ येन आर्थिक सहयोग पठाएको छ ।

तमु धीं जापानको नेतृत्वमा थालिएको आर्थिक संकलनमा घान्द्रुक समाज जापान, जिफान, र पञ्चासे समाज जापानको संयुक्त प्रयासमा यो रकम संकलन भएको थियो ।

‘पूर्ण बचाउ अभियान’ नाम दिएर थालिएको आर्थिक संकलन उपचारत गायक गुरुङलाई पठाइएको तमु धींका अध्यक्ष श्री गुरुङले जानकारी दिएका छन् ।

एबिसि टेलिभिजनका प्रतिनीधि डण्ड गुरुङ र लाला गुरुङमार्फत गायक तथा संगीतकार गुरुङलाई सहयोग रकम पठाइएको हो ।

दाङमा करेन्ट लगाएर माछा मार्न खोज्ने एकको आफ्नै ज्यान गयो

तुलसीपुर ।

करेण्ट लाग्दा दाङमा एक जनाको मृत्यु भएो छ ।

तुलसीपुर १८ ग्वारखोलामा करेण्ट लगाई माछा मार्न खोज्दा सोहि गाउँ निवासि बर्ष ५३ का चित्र बहादुर नेपालीका मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

गएराती करेण्ट लगाएर ग्वार खोलामा माछा मार्ने क्रममा नेपालीलाई करेन्ट लागेको थियो ।

सुन तोलामा ४ सय घट्यो

काठमाडौं ।

शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

बिहीबार र बुधबार स्थिर रहेको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ सय रुपैयाँ घटेपछि बजारमा सुन तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यभने तोलाको ७ सय ५० रुपैयाँमा हिजोकै दरमा खरिदविक्रि भइरहेको छ ।

अर्घाखाँचीमा बस दुर्घटना,२ जनाको निधन, ३३ जना घाईते

अर्घाखाँची ।

अर्घाखाँची मालारानी गाउपालिका वडा नम्वर २ सातडाडामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन ।

अर्घाखाँची डाडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्वरको बस बिहान ८: २० मा दुर्घटना भएको अर्धाखाचीका प्रहरी प्रमुख एक नारायण कोइरालाले जानकारीि दिनुभयो ।

बस सडकबाट एक सय मिटर तल खसेको छ । दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानियले बताएका छन ।

घटनास्थलमा रहनु भएका प्रहरी प्रमुख कोइरालाले ३० बढी घाइतेको उद्धार गरीएको र अहिले जिल्ला अस्पताल सन्धिखर्क र नजिकका अस्पतालहरुमा लैजाने प्रयास गरीरहेको बताउनु भयो ।

पाल्पाबाट काँग्रेस र एमालेका प्रदेश र प्रतिनिधि सभामा सिफारिस उम्मेद्धार यस्ता छन्

पाल्पा ।

मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस पाल्पा र नेकपा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाई केन्द्रमा सिफारिस गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेस पाल्पाको बैठकले उम्मेदवारको नाम सिफरिस गरी केन्द्रमा पठाएको हो । क्षेत्र नम्बर १ मा काँग्रेसले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी, विष्णुमाया ढकालको नाम सिफासि गरेको छ । समानुपातिक तर्फ भने एक मात्र उम्मेद्वार सन्दिप रानाको नाम सिफारिस भएको छ ।  क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ हरिप्रसाद नेपाल, राजनप्रसाद पन्त, वीरबहादुर राना र डा.रामप्रसाद ज्ञवालीको नाम सिफारिस गरेको छ ।

समानुपातिक तर्फ विधान श्रेष्ठ, बसन्ती घिमिरे, जमिला मिया, शोभा शाक्य, शान्ता बोहोरा, अम्बिका पौडेल, शारदा नेपालको नाम सिफारिस गरेको नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले जानकारी दिनुभयो । प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ को १ नम्बर क्षेत्रबाट एकजना मात्र देवराज ढकालको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भट्टराई र रुपा विकको नाम सिफारिस भएको छ । प्रदेश सभाको २ नम्बर क्षेत्रमा प्रत्यक्ष तर्फ दानबहादुर पछाई, शंकर खनाल र विजया भट्टराईको नाम सिफारिस भएको नेपाली काँग्रेस पाल्पाले जनाएको छ । त्यस्तै, समानुपातिक तर्फ विष्णु कुमार थापा, कृष्ण भट्टराई, डिल्लीराज रेग्मीको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ मा प्रत्यक्ष तर्फ सुनिता अधिकारी, यमलाल तिमिल्सेना, माधव नेपाल, रामेश्वर पन्थी, हिमालदत्त श्रेष्ठ, सरश्वती बस्याल, रमा पन्त र प्रदीप उदयको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ अजयमान कर्माचार्य, लालकुमारी राना, अम्बिका भट्टराई, गंगा पौड्याल, चकोरमान शाक्य, कष्णबहादुर राना, कोपिला कार्की, जनक गाहा, झपेन्द्र गहिरे, दलबहादुर राजपुत, दमबहादुर कार्की, पदम बस्याल, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, महेश्वरी कुवर, महेन्द्र खाती, माधव न्यौपाने, मुक्तिराम बस्याल, मोहन प्रसाद श्रेष्ठ, यादवसिंह कार्कीको नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश नम्बर २ मा प्रत्यक्षतर्फ विमल ढकाल, जुद्धबहादुर थापा, विनोद कार्की, लक्ष्मण रायमाझी, हिराधर आचार्य, शंकर रायमाझी, हरिलाल पोखरेल, ओमप्रसाद पोखरेल, खड्गबहादुर कुवर, पदम न्यौपाने, मदन आचार्य, रामचन्द्र पाण्डे, रामबहादुर कार्की, लक्ष्मण खनाल, लक्ष्मण हिताङ्ग, सीतादेवी पोखरेल, अमरबहादुर थापा, कान्ता अधिकारी, गिरिजा गैरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी, नलबहादुर राना, माया खनाल, लक्ष्मी गैरेको नाम पठाएको काँग्रेस पाल्पाने जनाएको छ ।

यता, नेकपा एमाले पाल्पाले प्रतिनीधी सभा निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर १ बाट दलबहादुर राना र पाल्पा क्षेत्र न. २ बाट सोमप्रसाद पाण्डेय, ठाकुर गैरे, धनेन्द्रराज घिमिरे, यादव बहादुर रायमाझी र गणेश बस्यालको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

समानुपातिक तर्फ एकप्रसाद भण्डारी, टंक खनाल, कुबिजा अर्याल, इन्द्रा गहतराज र ठाकुर लोहागुन र मिन प्रसाद न्यौपानेको नाम सिफारिस गरेको एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फ प्रदेश नम्बर १ मा युवराज खनाल, २ मा नारायण आचार्य, झपेन्द्र बहादुर जिसी, राजेन्द्रलक्ष्मी गैरे, करुणा काफ्ले, जिवन आचार्य, प्रेम श्रेष्ठ र खेम सारुको नाम सिफारिस गरेको छ, त्यस्तै प्रदेश नम्बर ३ को लागि कृष्णराज अधिकारी, कमल पाण्डेय, तिर्थ गौतम, नुरराज बस्याल, मोहन थापा मगर, मोहनलाल गैरे, डा. पुरनमान ब्रजाचार्य, त्रिरत्नलाल शाक्य र सुनिता शर्माको नाम शिफारिस भएको छ भने ४ बाट कृष्ण जिसी, कृष्ण बहादुर थापा, गीता भट्टराई, चिरन्जीबी पोखरेल, झलक बहादुर रायमाझी, तुल बहादुर अधिकारी, धन बहादुर रायमाझी, बिन्दु आचार्य, रामजी पोखरेल, रामजी भट्टराई र रन्जना रायमाझीको नाम सिफारिस भएको एमाले पाल्पाले जनाएको छ । समानुपातिक तर्फ देवीलाल लामिछाने, उर्मिला शर्मा, कालीदास श्रेष्ठ, रमा घर्ती, मुक्तिराज कालिराज, पर्शुराम भट्टराई, रुक्मीणी देवकोटा, गिता पाण्डेय, दुर्गा प्रसाद खनाल, माधव आचार्यको नाम सिफारिस गरेको छ । जिल्लाका अन्य राजनीतिक दलले भने नाम सिफारिसको लागि छलफल चलिरहेकोे जनाएका छन् ।

Two CCTV cameras installed in CNP to study behaviour of man-eater tiger

Two CCTV cameras have been installed in Kumroj buffer zone community forest in Chitwan in a bid to study the behaviour of a tiger that killed a woman recently.

Whether the tiger is sick or injured will be known through this camera trapping method, and efforts to capture it will be initiated accordingly.

According to the assistant conservation officer at the Chitwan National Park (CNP) Abhinaya Pathak , the cameras have been set up by technical team of the CNP and the National Trust for Nature Conservation with the help of local people.

According to a latest study, a single tiger was found to have attacked at least 20 people few years ago and technology was used to capture it.  Of the total 120 tigers in the CNP, five percent are found to be suffering from various problems. A total of 13 people were killed in wild animal attacks in the last fiscal year.

special discussions for timely improvement and revision of Nepal’s foreign policy

Legislative – Parliament

Legislative-Parliament international relation and labour committee has started special discussions for timely improvement and revision of Nepal's foreign policy.

In the meeting held yesterday, Nepal's Ambassdor to India, Deep Kumar Upadhaya, Ambassador to China, Lila Mani Poudel and Ambassador to America, Dr. Arjun Kumari Karki briefed about the interest of their assigned countries and Nepal's interest.  They told the meeting that their respective countries wanted stability in Nepal and assurance that Nepal's land will not be used against them .

Taking part in the discussions, DPM and Minister for foreign affairs said that Nepal is no longer a yam between two boulders, but a diamond between two prosperous nation. DPM Mahara also said that economic grown should be country's top priority.

साना ३३ दलको बाम गठबन्धनलाई समर्थन

काठमाडौं ।

दोस्रो स्थानिय तह निर्वाचन बहिस्कार गरेका साना ३३ दलले बाम गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

एक विज्ञप्ति मार्फत उक्त ३३ दलीय मोर्चामा आवद्ध नेताहरुले माओवादी केन्द्र, एमाले र नयाँ शक्तिबिच भएको समझदारीको स्वागत गर्दै उक्त मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।

विज्ञप्तिमा विगत दोस्रो संविधान सभाको निर्वाचनमा केही सैद्धान्तिक ,राजनीतिक ,कानुनी र विशेष गरी शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम सोे निर्वाचन  नहुने  र यस्तो निर्वाचनले  राष्ट्रवादी  तथा  जनपक्षीय राजनीतिक पार्टीहरुलाई  निषेध गर्छ भन्दै निर्वाचन बहिष्कार गरेका ३३ दलीय मोर्चामा उपस्थित राजनीतिक दल र केही थप दलहरु समेत बसी हाल बन्न लागेको जनवादी तथा बाम गठबन्धनलाई साथ ,सहयोग र समर्थन गर्ने दृढ संकल्प प्रस्ताव पारित गरेको उल्लख गरिएको छ ।

साथै ३३ दलीय मोर्चाले मोर्चा संयोजक युवराज सफल र प्रवक्ता श्री हेम बहादुर श्रेष्ठ (श्याम)   सहित हाललाई २ सदस्यीय बार्ता टोली गठन गरेको जनाएको छ ।

आजैबाट बाम गठबन्धनसँग चुनाबी तालमेल र पार्टी एकता समेतको विषयमा वार्ता थाल्ने निर्णय गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।

जापानी मुलका ब्रिटिश लेखक इसिगुरोले पाए नोबेल साहित्य पुरस्कार

एजेन्सी ।

जापानी मुलका ब्रिटिश लेखक काजुओ इसिगुरोले यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार जितेका छन् ।

जापानमा जन्मिएका लेखक इसिगुरोका 'द रिमेन्स अफ द डे' र 'नेभर लेट मि गो' सबैभन्दा चर्चित उपन्यासहरु हुन् । यसमा रहेर चलचित्र समेत बनाइएका छन् ।

६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा 'अचम्मित तुल्याउने खालको खुशी' भएको प्रतिक्रिया दिएका छन् ।

केवल ८ वटा मात्र पुस्तक लेखेका इसिगुरोका पुस्तक ४० भन्दा बढी भाषामा छापिएका छन् ।

आफु बिजेता भएको बारेमा प्रतिक्रिया दिंदै उनले 'आफु जापानमा नजन्मिएको भए यो स्तरको लेखक र साहित्यमा लाग्न मुश्किल रहेको भन्दै आफ्नो साहित्य लेखनी जापानमा उर्वर हुन पाएको बताएका छन् ।'

स्वीडीस एकेडेमीले सन् २०१७ को नोवेल साहित्य पुरस्कार घोषणा सहित इसिगुरोबारे बोल्दै उनी आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको बताएको छ ।

जापानमा ब्राजिलियन बक्सरलाई ढाल्दै अबिरलले जिते उपाधि

टोकियो ।

नेपाली युवा वक्सर खेलाडी अविरल घिमिरेले ब्राजिलियन बक्सरलाई पराजित गर्दै होस्ट कप किन्गंस् नागोया फाइट डागन उपाधि जितेका छन् ।

नागोयामा भएको खेलमा १८ बर्षीय बक्सर अविरल घिमिरेले ब्राजिलियन बक्सर एलेन सोर्सलाई पराजित गरेका हुन् ।

पाँच चरणको खेलमा पाँचै खेल जित्दै उपाधि जितेका युवा बक्सर अबिरल घिमिरे सपरिवार जापानमा बस्दै आएका छन् ।

घिमिरेका पिता देव घिमिरे अन्र्तराष्टिय स्तरको के वन बक्सर खेलाडी तथा प्रशिक्षक समेत हुन् । सन् २०१६ बाट बक्सिगं खेल थालेका बिजयी घिमिरेको खेल हेर्न ठूलो संख्यामा जापानी तथा नेपाली समर्थकहरुको उपस्थिति रहेको थियो ।

नारायणगढ–मुग्लिन सडकको विकल्प यस्तो छ

चितवन । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गर्न थालिएको छ ।

हाल विस्तार भइरहेको सडकले ५ वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएकोले विकल्पको रूपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पका रूपमा अघि सारिएको छ ।

दोश्रो विकल्पका रूपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोटसम्मलाई लिइएको छ ।

यी दुवै विकल्पका सडकको विस्तृत डिजाइनका लागि परामर्शदाता छनोट गरिसकिएको सडक विभागको एशियाली विकास बैंक आयोजनाका निर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web