
एजेन्सी ।
जापानी मुलका ब्रिटिश लेखक काजुओ इसिगुरोले यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार जितेका छन् ।
जापानमा जन्मिएका लेखक इसिगुरोका 'द रिमेन्स अफ द डे' र 'नेभर लेट मि गो' सबैभन्दा चर्चित उपन्यासहरु हुन् । यसमा रहेर चलचित्र समेत बनाइएका छन् ।
६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा 'अचम्मित तुल्याउने खालको खुशी' भएको प्रतिक्रिया दिएका छन् ।
केवल ८ वटा मात्र पुस्तक लेखेका इसिगुरोका पुस्तक ४० भन्दा बढी भाषामा छापिएका छन् ।
आफु बिजेता भएको बारेमा प्रतिक्रिया दिंदै उनले 'आफु जापानमा नजन्मिएको भए यो स्तरको लेखक र साहित्यमा लाग्न मुश्किल रहेको भन्दै आफ्नो साहित्य लेखनी जापानमा उर्वर हुन पाएको बताएका छन् ।'
स्वीडीस एकेडेमीले सन् २०१७ को नोवेल साहित्य पुरस्कार घोषणा सहित इसिगुरोबारे बोल्दै उनी आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको बताएको छ ।