काठमाडौं ।

दोस्रो स्थानिय तह निर्वाचन बहिस्कार गरेका साना ३३ दलले बाम गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

एक विज्ञप्ति मार्फत उक्त ३३ दलीय मोर्चामा आवद्ध नेताहरुले माओवादी केन्द्र, एमाले र नयाँ शक्तिबिच भएको समझदारीको स्वागत गर्दै उक्त मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।

विज्ञप्तिमा विगत दोस्रो संविधान सभाको निर्वाचनमा केही सैद्धान्तिक ,राजनीतिक ,कानुनी र विशेष गरी शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम सोे निर्वाचन नहुने र यस्तो निर्वाचनले राष्ट्रवादी तथा जनपक्षीय राजनीतिक पार्टीहरुलाई निषेध गर्छ भन्दै निर्वाचन बहिष्कार गरेका ३३ दलीय मोर्चामा उपस्थित राजनीतिक दल र केही थप दलहरु समेत बसी हाल बन्न लागेको जनवादी तथा बाम गठबन्धनलाई साथ ,सहयोग र समर्थन गर्ने दृढ संकल्प प्रस्ताव पारित गरेको उल्लख गरिएको छ ।

साथै ३३ दलीय मोर्चाले मोर्चा संयोजक युवराज सफल र प्रवक्ता श्री हेम बहादुर श्रेष्ठ (श्याम) सहित हाललाई २ सदस्यीय बार्ता टोली गठन गरेको जनाएको छ ।

आजैबाट बाम गठबन्धनसँग चुनाबी तालमेल र पार्टी एकता समेतको विषयमा वार्ता थाल्ने निर्णय गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।

24.12¡ÆC