गायक पूर्ण गुरुङको उपचारलाई तमु धीं जापानको साँडे तीनलाख सहयोग
अशोज २०, २०७४ 2017-10-06 मा प्रकाशित Published at 2017-10-06
802 views

टोकियो ।

दुवै मृगौलाले काम नगरेपछि अस्पतालमा उपचाररत गायक तथा संगीतकार पूर्ण गुरुङलाई उपचारको लागि तमु धीं जापानले ३ लाख ७८ हजार ९ सय ५ येन आर्थिक सहयोग पठाएको छ ।

तमु धीं जापानको नेतृत्वमा थालिएको आर्थिक संकलनमा घान्द्रुक समाज जापान, जिफान, र पञ्चासे समाज जापानको संयुक्त प्रयासमा यो रकम संकलन भएको थियो ।

‘पूर्ण बचाउ अभियान’ नाम दिएर थालिएको आर्थिक संकलन उपचारत गायक गुरुङलाई पठाइएको तमु धींका अध्यक्ष श्री गुरुङले जानकारी दिएका छन् ।

एबिसि टेलिभिजनका प्रतिनीधि डण्ड गुरुङ र लाला गुरुङमार्फत गायक तथा संगीतकार गुरुङलाई सहयोग रकम पठाइएको हो ।