हतारमा कर्मचारी समायोजनसहित ३ विधेयक पारित

काठमाडौं । व्यवस्थापिका संसदको आजको बैठकले विभिन्न ३ वटा विधेयकहरु पारित गरेको छ ।

बैठकले कर्मचारी समायोजन विधेयक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग  विधेयक र अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक पारित गरेको हो ।

सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको कर्मचारी समायोजन विधेयक २०७४ लाई बहुमतले पारित गरेको हो ।

छलफलका क्रममा उठेका विषयमा जवाफ दिदै सामान्य प्रशासन मन्त्री वस्नेतले विधेयकले निजामती सेवाको संरचना नबिग्रने गरी संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने र कर्मचारी समायोजन गर्दा पद अनुसार समुह, तह, वतन र बसोबासको स्थानलाई प्राथमिकता दिने व्यवस्था गरिएको बताउनुभयो  ।

बैठकले अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक लाई बहुमतले पारित गरेको छ ।

अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमाथि छलफलका क्रममा उठेका विषयमा जवाफ दिनुहुँदै संविधान र संघीयता कार्यान्वयनका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आवश्यक रहेको र विधेयकले आयोग गठन गर्ने बताउनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक पारित गर्ने क्रममा गणपुरक संख्या नपुगेको भनी सांसद प्रेम सुवालले नियमापत्ती गरेपछी ३ मिनेट घण्टी बजाएर सांसदहरुको गणना गरिएको थियो ।

गणपुरक संख्या एक चौथाई १४८ हुनुपर्नेमा ११० जना  मात्रै उपस्थित भएपछि सभामुख ओनसरी घर्तीले बैठक आगामी आइतबार १ बजेसम्मका लागि स्थगित गर्नुभयो ।

प्रधान न्यायाधिश तथा सर्वोच्च अदालतका न्यायाधिशको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धी विधेयक, उच्च अदालत र जिल्ला अदालतका न्यायाधिशको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धी विधेयक र राष्ट्रिय महिला आयोग विधेयक समेत आजै पारित गर्ने कार्यसूची रहेको थियो ।

काँग्रसेले भन्यो-‘कम्युनिष्ट मिल्दा विचलित भएको छैनौं तर माओवादीले सम्झौता तोड्यो’

काठमाडौं ।

नेपाली काँग्रेसले वाम एकता र ध्रुवीकरणले अगामी लोकतन्त्र र संविधानमाथी प्रहार भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय समिति वैठकले नेकपा एमाले र नेकपा 'माओवादी' को निर्वाचन तालमेलले संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएको अवस्थामा विगतको समझदारी विपरित मुलुकलाई वैचारिक ध्रुविकरणतर्फ लगेको ठहर गरेको हो ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै बैठकले दलीय सहमति अनुरुप प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सबै जुट्नुपर्ने बेला मुलुकलाई आवश्यक नै नभएको वाम एकताले लोकतन्त्रमाथीकै संकटको रुपमा लिएको जनाएको छ ।

संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ कांग्रेस र मोओवादी केन्द्र लगायतका राजनीतिक दलहरुवीचको सहकार्यलाई अगाडि वढाइ संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भइरहेको अवस्थामा हठात माओवादी केन्द्रको एमालेसँग चुनावीतालमेल गर्ने निर्णयलाई काँग्रेसले अस्वभाविक रुपमा लिएको जनाएको छ ।

साथै, एमाले र माओवादी वीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको पनि वैठक ठहर गरेको छ ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदाय वीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको छ ।’

जापानमा जाटा मेलामा १ लाख बढी विदेशीलाई नेपालको प्रचार सामग्री वितरण

काठमाडौं ।

जापानमा नेपालको पर्यटन प्रर्वद्धनका लागि ‘जाटा मेला २०१७’ आयोजना गरि १ लाखभन्दा बढी विदेशी नागरिकलाई नेपाल बारेको प्रचारप्रसार सामग्री वितरण गरिएको छ ।

अंग्रेजी, जापानी तथा नेपाली भाषाका फोटोसहितका सामग्री देखेर चासो लिँदै जापानी नागरिकले नेपालबारे जिज्ञासा लिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

मेलाको क्रममा सहभागीहरुले नेपालबारे जानकारी लिँदै भविष्यमा नेपाल–जापान पर्यटनमा एक भएर काम गर्न सक्ने भनाइ राखेको जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापाले बताउनुभयो ।

जापानसहित ३० राष्ट्रका नागरिकलाई सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका दूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोटसहित विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रको जानकारी गराइएको थियो ।

नेपालको यो प्रचारप्रसारलाई आयोजक जापान एशोसिएसन अफ ट्राभल एजेन्ट जाटाले नमूनायोग्य भन्दै विदेशी नागरिकलाई बुझाउन अबलम्बन गरिएको उपाय साँच्चिकै सराहनीय रहेको जनाएको छ ।

जापानका ४७ प्रान्तका पर्यटन सम्बद्ध पदाधिकारी र ३० राष्ट्रका अधिकारीलाई नेपाली कला संस्कृतिबारे जानकारी दिन नेपाली गीत र नृत्य समेत प्रदर्शन गरिएको थियो । मेला  १ लाख ९१ हजार ५७७ जनाले अवलोकन गरेको जाटाले जनाएको छ ।

अर्गेलीबाट उत्पादित कागजद्वारा सय बढीले पाए रोजगारी र राम्रो आम्दानी

तेह्रथुम ।

तेह्रथुमका किसानहरुले अर्गेलीबाट उत्पादित कागज जापान निर्यात गरी राम्रो आम्दानी गर्न थालेका छन । अर्गेलीबाट उच्च गुणस्तरको जापानी कागज उत्पादन हुन थालेपछि अर्गेली र लोक्ताको पाटको मूल्यसमेत आकाशिएको छ ।

अर्गेलीको रेशाबाट उच्च गुणस्तरको नेपाली हाते कागज उत्पादन गर्दै आएको तीनजुरे गैरकाष्ठ वन पैदावार उत्पादन तथा प्रशोधन प्रालिले गत वर्षदेखि जापानी गुणस्तरको कागज उत्पादन गर्न थालेको हो ।

उत्पादित कागज अहिले जापानतर्फ निर्यात भइरहेको प्रालिका अध्यक्ष बलमान गुरुङले बताउनुभयो । जंगलमा प्राकृतिक रूपमा उम्रिएको अर्गेलीको पाटबाट जापानी यान९पैसा० आउन थालेपछि यस क्षेत्रका लेकाली गाउँका किसान अर्गेलीको व्यावसायिक खेतीमा लागेका हुन् ।

हाल तेह्रथुमबाट मात्र वार्षिक २५ हजार केजीभन्दा बढी लोक्ताको पाट उत्पादन हुने गरेको छ । अर्गेलीको व्यावसायिक खेतीमा लागेका किसान मिलेर देउरालीमा नेपाली हाते कागज उद्योगसमेत समेत सञ्चालन गरेका छन् ।

लोक्ताको पाट स्थानीय स्तरमा प्रशोधन भएर कागज उत्पादन हुन थालेपछि यस क्षेत्रमा त्यसै खेर गएको लोक्ता र अर्गेलीले अन्तर्राष्ट्रिय बजार पाएको हो ।

तेह्रथुम र संखुवासभाका सामुदायिक तथा निजी वन क्षेत्रमा १ हजार ५०० भन्दा बढी किसानले अर्गेलीको व्यावसायिक खेती गरिरहेको जिल्ला वन कार्यालयले जनाएको छ ।

जिल्लामा निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा गरी ८९१ हेक्टरमा अर्गेलीको व्यावसायिक खेती हुने गरेको छ ।

कागज बनाउने लगायतका काममा १०० भन्दा बढी स्थानीयवासीले रोजगार पाएका छन ।

एसिया कप छनौट खेल्न नेपाली टोली ताजकिस्तान प्रस्थान

काठमाडौं । एसिया कप छनौट फुटबल खेल्न नेपाली टोली ताजकिस्तान प्रस्थान गरेको छ ।

टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा एक कार्यक्रम गरी विदाई गरेको थियो ।

नेपालले आउँदो मंगलबार ताजकिस्तानसँग उसैको मैदानमा खेल्नेछ ।

नेपाल एक महिनाअघि काठमाडौंमा भएको खेलमा ताजकिस्तानसँग पराजित भएको थियो ।

छनौटको समूह एफमा रहेको नेपाल ३ खेलबाट १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ । यमनको ५ र ताजकिस्तानको ३ अंक छ ।

यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एसिया कप फुटबल खेल्न पाउनेछन् ।

एएफसी अध्यक्ष सलमान ३ दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं । एशियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान ३ दिने भ्रमणका लागि नेपाल आउने पक्का भएको छ ।

एएफसीका सदस्य राष्ट्रको नियमित भ्रमणका क्रममा सलमान नेपाल आउन लागेको अखिल नेपाल फुटबल संघ एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

३ दिने नेपाल बसाइमा सलमानले एन्फाका पदाधिकारी तथा नेपाली फुटबलका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम रहेको तुलाधरले बताउनुभयो ।

डेढ वर्षअघि सम्पन्न विश्व फुटबल महासंघ अध्यक्षको उम्मेदवारको रुपमा रहेका सलमानको पक्षमा नेपालले मतदान गरेको थियो । तर सलमान स्वीस नागरिक जियान्नी इन्फान्टिन्होसँग पराजित हुनुुभएको थियो ।

एएफसीको अध्यक्ष निर्वाचित भएपछि सलमानले भ्रमण गर्न बाँकी सदस्य मुलुकहरु नेपाल र भुटानमात्र हो ।

भारतमा शुक्रबार बाट शुरु भएको यू १७ विश्वकप फुटबलका लागि आउने क्रममा सलमानले २ छिमेकी मुलुकको भ्रमणको योजना बनाएको बताइएको छ ।

ID cards to 200 thousand senior citizens in two years

The government in a period of the past two years distributed identity cards to 200 thousand senior citizens.

As per the national census (latest) 2011, the population of the senior/older citizens makes up 2.2 million of the total population of the country.

According to Meera Sherchan, Chief of Senior Citizen Unit at the Ministry of Women, Children and Social Welfare, senior citizen identity card were distributed from the District Women and Children Offices to the people above 60 years of age in the last two years.

Older people have expressed their concerns over the lack of full implementation of the discount facility announced for them in hospitals and public transport.

Employee adjustment bill passed

A meeting of the Legislature-Parliament held today has passed the 'Employees Adjustment Bill, 2074 BS' by a majority.

Minister for General Administration Tek Bahadur Basnet, informing the parliament about the main features of the bill, urged the parliament to pass the bill as it provides for the adjustment of the employees in line with the federal set-up and the constitution.

In the meeting, lawmakers Jeevan Pariyar, Chudamani B.K. Jungalee, Dilli Prasad Kafle, Meena Pun, Prem Suwal, Ramhari Subedi, Ramhari Khatiwada, Rabindra Adhikari and Rukmini Chaudhary called for making provision in the bill requiring that all the government employees should go to the places where the government has assigned them to.

They also suggested incorporating a provision in the bill whereby the employees would be required to have only one trade union and not several unions on party line.##

Nepal’s ambassador to India resigns

Ambassador of Nepal to India, Deep Kumar Upadhyay has resigned from his post.

Upadhayay has said that he has put in his papers for 'returning to social life'.

He has submitted his resignation to Deputy Prime Minister and Minister for Foreign Affairs, Krishna Bahadur Mahara today.

His resignation will come into effect once it is accepted by the Council of Ministers.

NC fears threat to democracy and constitution implementation from leftist unity

A meeting of the Nepali Congress central committee today discussed the issues of candidate nomination process and its criteria for the upcoming House of Representatives and State Assemblies elections slated for late this year.

The first round of the meeting agreed in general not to give tickets to candidates who contested in the local level elections, the rebel candidates, those not supporting the party's official candidates and (previous) lawmakers under the proportional representation category.

The meeting chaired by Prime Minister and party president Sher Bahadur Deuba held at the PM's official residence, Baluwatar.

Most of central committee members putting their views in the meeting insisted on the need of finalising candidates for the both approaching elections.

Talking to media following the meeting, party central members Dilendra Badu said the meeting suggested the party leadership for the need of finalising the matter of nomination of candidates by October 11.

Following the meeting Nepali Congress central committee member Arjun Narsingh KC, terming the leftist unity against the democratic norms, values and ideologies, claimed that such unity was just for reaching to power.

Two killed, 10 critically injured in bus accident

Two people were killed and 30 others injured when a bus they were travelling in fell some 100 meters from the road at Sapdanda, Malarani rural municipality-2 in Arghakhanchi district this morning.

Eight persons injured critically in a bus accident have been taken to Kathmandu while 37 persons are receiving treatment in Butwal.

The critically injured are undergoing treatment at Tribhuvan University, Teaching Hospital Maharajgunj, Kathmandu.

The bus was going towards Butwal from Arghatos, Dandakateri at the time of the accident.

दोक्लममा सेना लगाएर सडक खन्न थाल्दै चीनले भन्यो-‘नेपाल जानु तर झुक्किएर नी भारत नजानु’

एजेन्सी ।

दुई महिना अघि दोक्लम क्षेत्रमा चीन र भारतीय सेना आमने सामने हुँदा युद्ध भड्कने खतरा पैदा भएर साम्य हुन नपाउँदै यो विवाद फेरी बढ्ने देखिएको छ ।

चीन र भूटानको सिमा दोक्लममा आफ्नो सेना घुसाएर विवाद निम्त्याएको भारतले रातारात सेना फिर्ता बोलाएर आफुले झिकेको विवाद आफैं हटेर समाधान गरेपनि विवादको तुसभने बाँकी नै रहेको देखिएको छ ।

चीनले दुई देशीय सिमामा रहेका भारतीय सेना नहटाए नचिताएको अवस्था भोग्नुपर्ने चेतावनी जारि गर्दै दबाव दिएपछि भारतीय सेना हटेको सो क्षेत्रमा अहिले चीनले सेना लगाएर सडक खन्न थालेको छ ।

चीनले दोक्लम पठार क्षेत्रको उसको भूभागमा भूटानले समेत दाबी गरेको भनिएको भूभागमा फेरि सडक बनाउन थालेको भारतीय अधिकारीहरूले दाबी गरेका छन् ।

अहिले सडक बनाउनमा संलग्न कामदारलाई ५ सय बढी चिनियाँ सैनिक जवानले सुरक्षा दिएको बताइएको छ । चीनले दोक्लममा बिस्तारै सैनिकहरूको संख्या बढाउँदै लगेको र सैनिक बख्तरबन्धगाडीहरु समेत तैनाथी यथावत राखेको भारतीय दाबी छ ।

विवादीत भनिएको सो क्षेत्रमा चीनले १२ किलोमिटर सडक बनाइसकेको र उच्च पहाडी क्षेत्रमा थप सडक विस्तार गरिरहेको भारतीय सेनाको हवालादिंदै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसैबिच दोक्लम विवादका क्रममा भारतजान चाहने चीनियाँलाई असुरक्षित भएको भन्दै भ्रमणमा नजान

‘ट्राभल एड्भाजरी’ जारी गरेको चीनले यसलाई कायम राख्दै थप सुरक्षा सतर्कता थपेको छ ।

‘ट्राभल एड्भाजरी’ जारी गर्दै चीनले आफ्ना नागरिकलाई नेपाल र भारतको सीमा क्षेत्रको यात्रा जोखिमपूर्ण हुनसक्ने भन्दै भारतीय सुरक्षाकर्मीबाट टाढा रहन भनेको छ । उसले भारतीय सुरक्षा निकायको भौतिक पूर्वाधार र सवारीको फोटो नखिच्न पनि भनेको छ ।

‘सीमा क्षेत्रका बजार भ्रमण नगर्नु र भुक्किएर एक देशबाट अर्को देशमा प्रवेश नगर्नू ।’ भन्दै चीनले नेपाल घुम्न जाने आफ्ना नागरिकलाई रातको समयमा बाहिर नजान, प्राकृतिक विपत्ति, चोरी, यात्रामा विवाद लगायतका समस्या भएमा नेपाल प्रहरी र काठमाडौंस्थित चिनियाँ दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web